१२ श्रावण २०८१, शनिबार
औद्योगिक मजदुरको प्रदेश सम्मेलन हुने


अखिल नेपाल औद्योगिक मजदुर संघ लुम्बिनी प्रदेश समिति प्रथम सम्मेलन दांगमा हुने भएको छ । शनिवार कोहलपुरमा बसेको समितिको बैठकले भाद्र ४ गते दांगको भालुवाङमा सम्मेलन गर्ने निर्णय गरेको छ ।
बैठकले सम्मेलनको तयारीको लागी हजरथ अलि शाईको संयोजकत्वमा ५१ सदस्य सम्मेलन आयोजक समिती समेत गठन गरेको छ ।
शनिवार सम्पन्न बैठकमा अखिल नेपाल औद्योगिक मजदुर सघ केन्द्रिय अध्यक्ष कमरेड भुम बहादुर रेग्मीले प्रदेश सम्मेलन अघि संगठन बिस्तारको काममा लाग्न निर्देशन दिएका थिए ।

बैठकले डेढ महिने संगठन सगठन सुदृढीकरण , तथा बिस्तार ) अभियान संचालन गर्ने निर्णय गरेको अखिल नेपाल ट्रेड युनियन महासघ लुम्बिनी प्रदेश अध्यक्ष तथा नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र) लुम्बिनी प्रदेश सदस्य दान बहादुर ओलि( निर्माण ) ले जानकारी दिए ।
बैठकमा अखिल नेपाट ट्रेड युनियन महासघ बाके अध्यक्ष वसन्त माल्ल, उपाध्यक्ष कमरेड गगन पुन लगायतको उपश्थिती रहेको थियो ।

Nabintech