१६ बैशाख २०८१, आईतवार
भारतीयले चलाएको गोली लागेर बर्दियामा एक नेपालीको मृत्यु


बर्दिया । बर्दियाको नेपाल भारत सीमामा रहेको जंगलमा गोली प्रहारबाट एक जनाको नेपाली नागरिकको मृत्यु भएको छ ।

बर्दियाको भारतसँग जोडिएको सीमामा रहेको मुर्तीहाको जंगलमा अज्ञात भारतीयले चलाएको गोली लागेर गुलरिया नगरपालिका(३ का ५४ वर्षीय हेमराज गोडियाको मृत्यु भएको हो । सीमावर्ती जङ्लमा न्युरोको साग टिप्न गएका गोडीयामाथी घारतीय अज्ञात समुहले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

गोली प्रहर बाट घाइते भएका गोडियाको उपचारका क्रममा जिल्ला अस्पताल बर्दियामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वीरेन्द्र बहादुर शाहीले जानकारी दिए ।

बिहिबार राती घटेको घटनामा घरपरिवारले नै उपचारका लागि जिल्ला अस्पताल लगेकोमा अस्पतालले मृत घोषणा गरिदिएको एसपी शाहीले बताए । गोली लागेर घाइते भएका गोडीयालाई उनकै घरपरिवारले अस्पताल पु¥याएका थिए । जंगलमामा निहुरो साग टिप्न एक्लै गएका कारण घटना कसरी घटेको हो भन्ने एकिन हुन नसकेको एसपी शाहीले बताए । उनले घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिए ।

गोली कसले चलाएको हो भन्ने एकिन हुन नसके पनि भारतीय वन रक्षकले गोली हानेको स्थानीयको भनाइ छ ।

Nabintech