२२ मंसिर २०७९, बिहीबार
कम्युनिस्ट’ बन्नुपर्नेका दुःख 


दुःखका कारण खोज्न मान्छे सदियौँदेखि भौँरिरहेका छन् । कोही योगी बने, कोही बने क्रान्तिकारी र कोही भोगी । अत्यन्तै थोरै मान्छे आफूले रोजेका बाटोमा टिके । धेरैजसो आए, गए र सिद्धिए तर सन्तुष्टि पाउन भने सकेनन् । सभ्यता विकासमा असन्तुष्टि नै विकासको उपहार बन्यो । स्वभाव, चेतनास्तर, ज्ञानका क्षेत्रफलको फैलावट, जिज्ञासाका कारण सन्तुष्टिको अर्थ नै फरकफरक हुन्छ ।

हरेक क्षेत्रका महामनीषिहरूको असन्तुष्टिको अभ्यासमा नै सभ्यताले विकास ग¥यो । सन्तुष्टिले मस्तिष्क निष्क्रिय बनाउँछ, जिज्ञासा सकिदिन्छ, सिर्जनाका मुहान थुन्दिन्छ । असन्तुष्टिले भने अवरोधको पर्खाल फोरेर नयाँ जीवनका रहस्य खोज्न हौँस्याउँछ । आखिर सन्तुष्टि के हो रु उदारवादको सङ्क्रमणसँगै भने खुसी बेचेर सुख खोज्न जानेका खुसी हराएपछि अझ असन्तुष्टि जिज्ञासा बनेर नवीनपथ छान्नुको बदला छटपटाएर डिप्रेसमा पु(याउन थाल्यो ।

सनातनी जिन्दगी र फरक बाटो

विश्व धनाढ्य मध्येका एक रिलायन्स कम्पनीका उपाध्यक्ष प्रकाश शाह वार्षिक ९० करोड तलब त्यागेर हालै जैन मुनी बने । विश्व प्रसिद्ध सुटिङ सर्टिङ रेमन्ड कम्पनीलाई शिखरमा पु¥याउने विजयपत सिहानियालाई भने आफ्नै छोराले घरबाट निकालिदिए । घर र महल फरक हुने रहेछ । भारतका ती दुई घटनाले मान्छेलाई जीवन, सुख र खुसीलाई सोच्न फेरि प्रोत्साहित गरायो । संसारमा धनाढ्यका दुखान्त र लहडी कथा धेरै छन् । सांसारिक जीवनदेखि प्रकाश शाह किन वैरागिए १ आफैँले बनाएको व्यवसायको साम्राज्यलाई सडकबाट टुलुटुलु हेर्न सिंहानिया किन बाध्य भए रु दुवै अहिले के सोच्दा हुन् १

युवराजबाट बुद्ध बनेका लोकायतवादी बुद्धलाई लोकले भगवान् नै बनाइदियो । शक्तिले मैमत्त सम्राट अशोक ९देवानप्रिय अशोक मौर्य ईपू २६९ देखि २३२० कलिंगको युद्धबाट नविरक्तिएको भए न तक्षशीला, नालन्दा, बिक्रमशीला, कन्धारजस्ता २३ विश्वविद्यालय बन्थे, न ८४ हजार बौद्धस्तूपा । सत्य भएर मात्रै पुग्दैन, उत्खनन भइरहनुपर्छ । जर्मन पुरातìवविद्‍ डा। ए। फूहरर सन् १८६६ मा लुम्बिनी नपुगेको भए लुम्बिनीका अशोक स्तम्भ र शिलालेख धरतीका गर्भमै रहन्थे । मिथकलाई इतिहास बनाउने रेडियो कार्बन डेटिङ विधिले समय कालखण्ड खुट्याउन अब भने समस्या परेन । बुद्ध र अशोकको वैराग्यले मान्छेलाई नयाँ सोच्न विवश गरायो ।

कुरा अद्भूत मस्तिष्कका मस्तिष्क चन्चल छ । छिनछिनमै अनेकौँ कुरा सोचिदिन्छ । फुत्तफुत्त अनेकौँ सोच आइदिन्छन् । सोच आदर्शमा फेरिन तितो यथार्थसँग पौँठाजोरी खेल्न थाल्छ । हामीसँग अद्भूत र आश्चर्यजनक क्षमताले भरिएको मस्तिष्क छ । मन त अझ अराजक छ, तर मस्तिष्कले बाँध्छ । मन बाँध्ने कडा साङ्लो भनेको अरूले के भन्लान् १ भन्ने सामाजिक भय नै सबैभन्दा ठूलो कारागार बनिदिन्छ । दोस्रो विश्वयुद्धका तीन नायक ९ स्टालिन, चर्चिल र रुजबेल्ट ० मध्य एक अमेरिकन राष्ट्रपति रुजबेल्टको भनाइमा मानवीय अन्तरनिहित क्षमतालाई १० प्रतिशत पनि आफूले प्रयोग गर्न नसकेको भन्थे । आजसम्म सबभन्दा ज्यादा मस्तिष्कको उपयोग आइन्सटाइनले गरेको भनाइ छ । वैदिककालदेखिका ज्ञानीजनको ब्रेन म्यापिङ त हुन सकेको छैन । यस्ता अद्भूत महाकाव्य लेखिदिए जसलाई कालान्तरमा मान्छेले ईश्वरीय आदेश÷उपहार धर्मग्रन्थ नै भन्न थाले ।

हाम्रा अवचेतन मस्तिष्कमा विचारको घन बज्रिएपछि परिस्थितिले अक्करमा ठक्कर दिएर नयाँ सोच्न, नयाँ बाटो रोज्न हौँस्याउँछ मात्रै होइन बाध्य पनि गराउँछ, । तब नयाँ सत्य र सम्भावना खोज्न बुद्धिको थप खर्च गर्न मान्छे चाहन्छ । मान्छेभित्रको अवचेतन मस्तिष्कमा मानव सवार भएपछि निजी विषयमा मात्र केन्द्रित हुँदैन । चेतना र यथार्थबीचको घनघोर भिडन्तको महाघुम्तीमा पुगेपछि मान्छे जीवनको नयाँ गोरेटो समातेर त्यही उसको जीवन सत्य बन्न पुग्छ ।

‘कम्युनिस्ट’ का महादुःख

म यस लेखमा भने धनाढ्य र शक्तिका वैराग्यका कुरा कहन गइरहेको नभई भौतिकवादी नेपाली ‘कम्युनिस्ट’ का दुःखको बेलीविस्तार लगाउन जाँदैछु । लहडमा लालसलामे ‘कम्युनिस्ट’ त बने, हुलमूलमा माओवादी पनि बने, समय घर्किएर राजनीति व्यवसाय फस्टाउन नसकेपछि भने उनीहरूका दुःखका कथा कही नसक्नु भए । समय फेरिएपछि भूमिका पुरानै हुन सक्दैनथ्यो । नयाँ भूमिकामा सामन्त, पुँजीपतिजस्तो जीवन अभ्यस्त भएकाले ट्रेडमार्कमा ‘कम्युनिस्ट’ नबने व्यवसाय चल्दैनथे । सत्तामा पुगिँदैनथ्यो । दर्शनअनुसार जीवन चलाउन खोजे अहिलेको हैसियत पाइँदैनथ्यो । आदर्श भावनाले धकेलेर कम्युनिस्ट बनेकाहरू हिजोका आआफ्नै भूमिका देखेर र गमेर नोस्टाल्जियाले सताएपछि भने दुःखका दिन सुरु भए ।

सुनेको थिएँ –२५ वर्षसम्म कम्युनिस्ट नहुने मान्छेको हृदय हुँदैन र २५ वर्षपछि पनि कम्युनिस्ट रहिरहनेको बुद्धि हुँदैन’ भन्ने भनाइ । त्यसका मर्म र मनोविज्ञानको अर्थ लगाउन सकेको थिइनँ । त्यो शीतयुद्धको चरम काल थियो । सोचले भूमिका तय गर्छ, विश्वासले भावनालाई अगुवाइ गर्छ, आँखामा दृष्टिकोण भरिएपछि नै सुन्दरता र कुरूपता छुटिन्छन् ।

नेपाली जनमत त्यसै वामढल्को भएको होइन

मेरो समयको किशोर÷किशोरीको अहिले वात मार्दैछु । किशोर अवस्था जिज्ञासाले भरिएको, खतरासँग खेल्ने, नयाँ सोचअनुसार हाँकिने उमेर हो । किन र कसरी भन्ने हरेक जिज्ञासाका उत्तर खोज्न ऊ भौँतारिरहेको हुन्छ । यसैक्रममा जीवनका गोरेटो कोरिइन्छन् । एकातर्फ मानवतावाद, अर्कातर्फ निजी मामलाका द्वन्द्व । पारिवारिक जिम्मेवारी कम भएको उमेरलाई गधापच्चीसी उमेर भनिन्थ्यो । दुनियाँ तीव्र परिवर्तन भइरहेको छाप यहाँ पनि पर्दै गए ।

पञ्चायती हुकुमको जगजगी, भारतको नक्सल आन्दोलनको प्रभाव, फ्रान्सको विद्यार्थी आन्दोलनको अवस्था, भियतनाम युद्धको असरले मनमस्तिष्कमा हलचल ल्याएको थियो । निम्न मध्यमवर्गका युवामा क्रान्ति, परिवर्तन, त्याग, मानवतावादले उद्वेलित पार्दै गयो । यो भयो भने किन भयो रु भएन भने किन भएन रु अन्यत्र भएका घटनाले यहाँ पार्ने प्रभाव के हुन रु जस्ता जिज्ञासाका उत्तर युवाले खोज्न थाल्दा नयाँ विषय भेटिँदै गए ।

जब एउटाले सोचेजस्तै धेरै मान्छेले एकै पटक सोच्न थाल्दा रहेछन् तब त्यो भीड नभई आन्दोलन बन्दोरहेछ, शक्तिमा फेरिँदोरहेछ । उज्यालो खोज्नेले आफैँ पहिला जल्नु पर्दोरहेछ भन्ने भयो । यसरी अहिलेको ‘कम्युनिस्ट’ नेतृत्व पिंढीको किशोर युवा कम्युनिस्ट आन्दोलनसँग जोडिँदै गए । विचारअनुसार आन्दोलनमय जिन्दगीमा सोचअनुसारको कर्म र कर्मअनुसारको भूमिका भएकाले दोहोरो जीवन बाच्ने स्वीकार्य हुँदैनथ्यो । तब युवाले सांसारिक जीवनको सँघार काटेर आफूलाई राजनीतीकरण, सामाजिकीकरण गर्न विज्ञानको भाषा र चस्माले युगसँग, समाजसँग, परिवर्तनसँग संवाद गर्दै गएर नयाँ मान्छे बन्दै गयो । नेपाली जनमत त्यसै वाम ढल्को भएको होइन ।

समय फेरिए, आन्दोलनका रूप फेरिए । टुटेका सम्बन्ध जोडिँदै जाँदा हिजोका भाष्य पनि फेरिँदै गए । प्रतिकूलताका आदर्शका पर्खाल भत्कँदै गएर मानवबाट मान्छेमा फेरि फेरिन थाल्यो । तब सुरु भए ‘कम्युनिस्ट’ बन्नुपर्नेका दुःखका दिन । निजी र पुँजीले मन र मस्तिष्कमा फेरि रजाइ गर्न थालेपछि पाल्सी जीवनगाथा सुरु भए । छोड्न पनि नसक्ने समात्न पनि नसक्ने लाल सलाम र कमरेड शब्द बोझ बन्न थाल्यो ।

कम्युनिस्ट नभई ‘कम्युनिस्ट’ बन्न पाउनु र त्यसैको भारी बोकेर जीवन लतार्नु नै ‘कम्युनिस्ट’ हरूको महादुःखका कारण बने । दुःख जाँच्ने तुलो भनेको हुने, गर्ने, देखिने र बोल्ने कुराको भिन्नता हो । संसारका मजदुर एक हौँ तर नेपालका ‘कम्युनिस्ट’ भने अनेक हौँ भन्ने अर्को भिन्नता हो । म र हामी ठीक, अरू संशोधनवादी, अवसरवादी, मध्यपन्थी, विदेशीका दलाल, साम्राज्यवाद र विस्तावादका दलाल, सामन्तवादका मतियार, पुँजीवादका पिछलग्गु हुन भनेर शुद्धतावादको रक्षा आधारभूत सर्त बने । गाली गर्न, गाली उमार्न नसक्ने ‘कम्युनिस्ट’ हुनै सकेन । भौतिकवादी शरीर लतारेर घण्ट बजाउनु पर्ने, साम्राज्यवाद मूर्दावाद भन्दै उस्कै तमसुकमा ल्याप्चे ठोक्न पर्ने, युद्ध मूर्दावाद भन्दै युद्धपिपासुलाई सलाम ठोक्नुपर्ने द्वैध चरित्रमा चौबाटोमा निर्वस्त्र उभिनुप¥यो ।

जनताबीच जान सिंहदरबारको होइन सडकको बाटो हिँड्नु पथ्र्यो । जब शक्ति गुम्छ, पुराना सम्झनाले सताउँछ, चिहानका चित्कारले शहीदले तर्साउँछन, सपनाले खेद्छ, आफैँले लेखेका र घोकेका पुस्तकले तर्साउँछ, बिर्सन खोज्दा पनि बिर्सिन नसकेका घटना र पात्रले खेद्छन् तब सडकको बाटो, चकमन्न रातका यात्रा सम्झनामा अक्षरले टोक्न थाल्छ । तब चल्छन्–मनमा बह, बहन्छ– आँधी हुरी, चिर्थोन थाल्छ– मानवताले । तब फेरि सुरु हुन्छन्– ‘कम्युनिस्ट’ का दुःख ।

आफैँले कोरेका भित्ताका अक्षर, कुर्लेका नारा, छरेका पर्चा, बसेका हिरासत वा जेलका चिसा छिँडी, लिएका सेल्टर, बनाएका भूमिगत वा भएका शहीद, मित्र र दुश्मनहरू, विश्वास, मान्यता र आदर्शले बनेका साँधसिमाना, आँखा बनेका नजर, गिदीले बनाइदिएको दृष्टि, दर्शनले लगाइदिएको चस्माले देखेका दृश्य । फेरिएका अवस्था, बदलिएका मान्यता ।।।उफ् । बिर्सन पनि नसक्नु, छोड्न पनि नसक्नु, समात्न पनि नसक्नु तब बनिदिन्छ–‘कम्युनिस्ट’ दुःख । कसैले सय शब्दमा १० दलाल शब्द प्रयोग ग¥यो वा हजार शब्दको लेखमा ५० शब्द दलाल प्रयोग ग(यो भने मान्नुस् उ खाँटी ‘क्रान्तिकारी’ हो।। ।

तर्क र कुतर्कको महाभिडन्तमा आदर्श पछ्यौरी भित्र छद्मभेषीलाई छुप्न गारो पर्दोरहेछ । थोत्रा तर्क निर्माण गरेर ‘बौद्धिक’ लडाइँ पक्षधारिता छान्न र धान्न द्वैध भूमिकामा रहेका ‘कम्युनिस्ट’ लाई कठिन पर्दोरहेछ । देखाउनुपर्ने –आदर्श र प्रगतिवाद, हुने यथास्थितिको रक्षक । नग्न सुन्दरता हेर्न ज्यादै गाह्रो पर्छ । औचित्य, सान्दर्भिकता र लक्षित टार्गेट पुस्टिँदै जिम्मेवारी लिने इच्छाशक्ति अब ‘कम्युनिस्ट’ सँग रहेन ।

जिम्मेवारी नलिए दीर्घकालीन राजनीतिमा विश्वास हुँदैन । विश्वास गुमेपछि आशङ्का बढ्छन् । आशङ्काले समर्थनको आवेग तयार गर्न नसक्दा सत्ताको भ¥याङ बनाएर जनमत निर्माण गर्न सकिँदैन । ढोंगी आदर्शवादका कारण सुरु हुन्छन्–कहीँ नसक्ना ‘कम्युनिस्ट’ दुःखका कथा । नेपाली ‘कम्युनिस्ट’ का दुःख भनिसाध्य नै छैन ।

सभार : गोरखापत्र

Nabintech