४ बैशाख २०८१, मंगलवार
लोकतन्त्रलाई संस्थागत गर्न सञ्चार क्षेत्रको भुमिका महत्वपुर्ण : मन्त्री शर्मा


कोहलपुर /लुम्बिनी प्रदेशका आन्तारीक मामिला मन्त्री तिलक शर्मा हिमालले लोकतन्त्रलाई संस्थागत गर्न सञ्चार क्षेत्रको महत्वपुर्ण भुमिका रहने बताएका छन ।
नेपाल टेलिभिजन कोहलपुर प्रशारण केन्द्रले जिल्ला रिर्पोटरहरुलाई अभिमुखिकरण गर्न आयोजित कार्यक्रममा आईतवार बोल्दै मन्त्री शर्माले यस्तो बताएका हुन । शुशासन , पारदर्शीता र परिर्वतनका लागी नेपाली मिडीयाले उल्लेखनिय भुमिका खेलको उनको भनाई थियो ।
उनले जनयुद्ध र जनआन्दोलनलाई सफल बनाउन पनि कुनै न कुनै रुपमा मिडीयाको भुमिका रहेको धारणा राखे । उनले मर्यादित पत्रकारीता गर्न र जिम्मेवार बन्न समेत सञ्चार जगतलाई आग्रह गरे ।
कार्यक्रममा बोल्दै नेपाल टेलिभिजनका कार्यकारी निर्देशक शमिर जंग शाहले समय अनुकुल सञ्चार जगतको भुमिका फेरीने भन्दै राष्ट्रप्रति जिम्मेवार भएर कलम चलाउन आग्रह गरे । सबै तहका सरकारहरु संगको सहकार्यमा नेपाल टेलिभिजनलाई आधुनिक र प्रतिश्प्रर्धी बनाउदै लगिने उनको भनाई थियो ।

कार्यक्रममा प्रदेश सांसद एंव माओवादी केन्द्रकी केन्दीय सदस्य कृष्ण केसी नमुनाले मिडीयाको बिकासमा राज्यको उचित ध्यान जान नसकको भन्दै सञ्चारकर्मी र मिडियाहरुको समुचित बिकासमा राज्य जिम्मेवार बन्नु पर्ने बताईन । उनले मिडीयको बिकास भएमा मात्रै अन्य समग्र क्षेत्रको बिकास हुने धारणा राखिन । जुन क्षेत्रमा मिडीयाका बिकास भएको छ सो क्षेत्रमा अन्य पुर्वाधारको पनि बिकास भएको भन्दै मिडिया क्षेत्रको बिकास गनु पर्ने धारणा राखिन । बाँके जिल्लाको विकट र लुम्बिनी प्रदेशको पनि विकट राप्ती सोनारी र नरैनापुरको जनप्रतिनिधी हुनुको नाताले सो क्षेत्रमा सडक , बिजुली र अन्य क्षेत्रको बिकासमा आफुले भुमिका खेलको उनको भनाई थियो ।
कार्यक्रममा बिभिन्न जिल्लाका झण्डै ३ दर्जन जिल्ला रिर्पोटरहरुको सहभागिता रहेको नेपाल टेलिभिजन कोहलपुर प्रशारण केन्द्रका प्रमुख बिजय बर्माले जानकारी दिए । कार्यक्रममा कोहलपुर नगरपालिकाका प्रमुख पुर्ण प्रसाद आचार्य लागायतको पनि सहभागीता रहेको थियो ।
आईतवार बाट आयोजित अभिमुखिकरण ३ दिन सम्म चल्ने बर्माले जानकारी दिए ।

Nabintech