१२ बैशाख २०८१, बुधबार
शिक्षा , स्वाथ्य र लागुऔषध नियन्त्रण मुख्य प्राथमिकता : वडा अध्यक्ष पुन


नेपालगंज उपमहानगरपालिका वडा नं ४ का अध्यक्ष गोपाल पुनले आफ्नो वडा लाई नमुना वडा बनाउने बताएका छन ।
वडा अध्यक्षमा निर्वाचित भई सके पछि आईतवार भएको वडा ४ को योजना र्तजुमा  गोष्टीमा बोल्दै वडा अध्यक्ष पुनले यस्तो बताएका हुन ।
वडाका सबै टोलहरु बाट आएका योजनाहरुको आधारमा बार्षिक योजना र्तजुमा गरिएको वडा अध्यक्ष पुनले जानकारी दिए । खासगरी वडा तहमा शिक्षा , स्वाथ्य , लागु औषध नियन्त्रण र पुर्वाधार बिकास लाई मुख्य जोड दिईएको उनले बताए ।
लागुऔषधका कारण युवा युवती र किसोर किसोरी कुलतमा फसेको बताउदै पुनले यसको नियन्त्रण प्राथमिकतामा रहेको बताए ।

सचेतना र प्रहरी संगको सहकार्यमा लागु औषधनियन्त्रण गरिने उनले बताए ।
प्रदेश र केन्द्र सरकार संग समेतको सहकार्यमा वडा लाई नमुना वडा बनाईने उनले बताए ।

Nabintech