१२ बैशाख २०८१, बुधबार
ढकेरी दुर्घटना : इलाका प्रहरी कार्यालय कोहलपुर आगाडी प्रदर्शन


बाँके । सडक दुर्घटनामा परि मृत्यु भएका पिडित पक्षले न्याय नपाएको भन्दै इलाका प्रहरी कार्यालय कोहलपुर आगाडी प्रदर्शन गरेका छन ।
 
अहिले इलाका आगाडी स्थिती तनावग्रस्त बनेको छ ।
 
शनिबार राप्तीसोनारी गाउँपालिका वडा नंं।९ ढकेरीमा भे ११ प ७०५ नम्बरको मोटरसाइकललाई ना ५ ख ४२०४ नम्बरको ट्रकले पछाडीबाट ठक्कर दिदा मोटरसाइकलमा सवार बजैनाथ २ मा बस्ने २८ वर्षिया दिपिका खत्री कटुवालको मृत्यु भएको थियो । सोही मोटरसाइकलका चालक ३२ वर्षिय दिल बहादुर कटुवल भने भाइते भएका थिए ।
 
मृत्तक दिपिका खत्री कटुवाल दिल बहादुरका श्रीमती हुन ।

Nabintech