१६ चैत्र २०८०, शुक्रबार
नरैनापुरबाट ३३ बोरा मल बरामद


राप्तीसोनारी तर्फ लैजाँदै गर्दा फन्दामा तस्कर बाँके नरैनापुर गाउँपालिका क्षेत्रबाट राप्तीसोनारी लैजाँदै गरेको ३३ बोरा युरिया मल ईलाका प्रहरी कार्यालय नरैनापुरले बरामद गरेको छ ।

गएराति १०ः३० बजेको समयमा नरैनापुर गाउँपालिका वडा नं ४ बाट भे.१ त.६६८७ को ट्याक्टरबाट राप्तीसोनारी गाउँपालिका वडा नं ४ तिर लैजाँदै गरेको अवस्थामा प्रहरीले मल बरामद गरेको जनाएको छ । नरैनापुर भारतीय सिमाना संग जोडिएकोले त्यस क्षेत्रबाट मल तस्करी भइरहेको सूचनाको आधारमा कारवाही गर्दा ३३ बोरा मल बरामद भएको हो ।

ट्याक्टर ट्राली सहित मल लगीरहेका राप्तीसोनारी ४ बस्ने रोहित चौधरीलाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । बरामद भएको मल र ट्याक्टर आवश्यक कारवाहीका लागि नेपालगन्ज भन्सार पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

Nabintech