१६ चैत्र २०८०, शुक्रबार
ढकेरी तनावग्रस्त


कोहलपुर /सवारी दुर्घटनापछि पूर्व पश्चिम राजमार्ग अन्तरर्गत पर्ने राप्ती सोनारी गाउँपालिका ९ ढकेरी तनावग्रस्त भएको छ । शनिबार बिहान पौने ८ बजेको समयमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएपछि ढकेरी तनावग्रस्त बनेको हो ।

पूर्वबाट पश्चिम आइरहेको ना ५ ख ४२०४ नम्बरको ट्रकले सोही दिशाबाट आइरहेको भे।११ प ७०५ नम्बरको मोटरसाइकललाई पछाडीबाट ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकल पछाडी बसेकी बाँके बैजनाथ गाउँपालिका– २ की २८ वर्षीया दिपिका खत्रीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

मोटरसाइकल चालक सोही ठाउँका ३५ वर्षीय दिलबहादुर कटुवाल गम्भीर घाईते भएका छन् ।

मृतक र घाइते श्रीमान् श्रीमती रहेको बताइएको छ । ठक्कर दिने ट्रक र चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ । दुर्घटनापछि मृतकका आफन्त तथा स्थानीयहरुले ढकेरीमा प्रदर्शन गर्दै सडक अवरुद्ध पारेका छन् ।

बिहान ८ बजेदेखि पूर्व पश्चिम राजमार्गको कोहलपुर अगैया सडक खण्ड बन्द रहेको ट्राफिक प्रहरीले जनाएको छ । बन्द सडक खुलाउनको लागि ठूलो संख्यामा परिचालन गरिएपनि सहमती बन्द सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । सडक अवरुद्ध हुँदा सयौं यात्रुहरु बीच बाटोमै अलपत्र परेका छन् ।

Nabintech