८ बैशाख २०८१, शनिबार
वागेश्वरी विद्यालयमा झल्कियो विद्यार्थीको प्रतिभा


कोहलपुर / कोहलपुरमा रहेको वागेश्वरी एकेडेमी अंग्रेजी माध्यामिक विद्यालयले अतिरिक्त क्रियाकलाप अन्तरगत आन्तरिक एकल गायन प्रतियोगिता सम्पन्न गरेको छ । शुक्रवारिय अतिरिक्त कार्यक्रम अन्तरगत आयोजना गरिएको कार्यक्रममा कक्षा ३ देखि १० सम्मका विद्यार्थीहरुले प्रतिष्पर्धामा भाग लिएका थिए ।
गायन प्रतियोगितामा विद्यालयका ७० जना बढी बिद्यार्थीहरुले भाग लिएको सो कार्यक्रममा सहभागीहरुले देशभक्ति झल्काउने लोक र आधुनिक गित गाएको बिद्यालयका संगित शिक्षक अञ्जन रेग्मीले बताए । प्रतिष्पर्धाबाट छनौटहुनेहरु अर्को राउण्डमा प्रवेश गर्ने र अन्तिममा विजेताले वागेश्वरी आइडलको उपाधी उचाल्ने संगित शिक्षक रेग्मीले बताए ।
विद्यालयमा गठन भएको विद्यार्थीको समूहहरु ब्ल्याक हक्स, व्लु राइनो,गोल्डेन लाइन र रेड क्राउनको संयुक्त सहयोगमा विद्यालयले सो कार्यक्रको आयोजना गरेको कार्यक्रम सञ्चालिका पूर्णिमा आचार्यले बताइन । विद्यालयमा आयोजना हुने यस्ता अतिरक्ति कार्यक्रमले विद्यार्थीहरु भित्र लुकेका प्रतिभाहरु बाहिर झल्किने र आत्मबल बढ्ने तथा शैक्षिक,बौद्धिक,शाररिक,सामाजिक र सांस्कृतिकरुपमा विकास हुने विश्वास आचार्यले व्यक्त गरिन् ।
विद्यालयमा हरेक शुक्रवार विभिन्न अतिरिक्त कार्यक्रमहरुको आयोजनाहरु नियमित हुने गरेको विद्यालयका प्रिन्सिपल श्रीधर गोडाथोकीले बताए  ।

Nabintech