१२ बैशाख २०८१, बुधबार
एमालेको अवरोध पछि बढैयाताल गाउँसभा स्थगित


नेकपा एमालेको अवरोधका कारण बढैयाताल गाउँपालिकाको गाँउ सभा स्थगित भएको छ । गाउँसभा स्थगित  हुदा आ. व. ७९/८० को निति तथा कार्यक्रम पेश हुन सकेन ।


शुक्रबार सो पालिकामा नीति तथा कार्यक्रम गाउँ सभामा पेश गर्ने कार्यक्रम थियो । तर एमाले जनप्रतिनिधीहरुले विगतमा मनोमानी तरिकाले राखिएका कानुन विपरीतका करार कर्मचारी हरुको म्याद थप गनुपर्ने माग राख्दै गाउँसभा अवरोध गरेका हुन । स्थाई कर्मचारी आएपनि अस्थायी कर्मचारी नहटाउदा बिगतमा ति कर्मचारीहरुलाई दिएको तलब भत्ता १ करोड पचास लाख बेरुजु छ । तर पनि ति करार कर्मचारी लाई निरन्तरता दिनु पर्ने एमालेको माग रहेको छ ।
एमालेले अनावश्यक दबाब सृजना गरी बैठक सञ्चालन हुन नदिएका कारण आजको नीति तथा कार्यक्रम सार्वजनिक हुन नसकेको बढैयाताल गाउँपालिका वडा नं ५ का अध्यक्ष तुलाराम चौधरीले जानकारी दिए ।
गाउँ सभा तथा कार्यपालिकामा नेकपा एमालेको बहुमत छ । यस अघिका पालिका अध्यक्ष तथा हालको निर्वाचनमा पनि प्रतिश्प्रर्धी   लाल वहादुर श्रेष्ठ नेकपा एमाले बर्दिया जिल्ला अध्यक्ष  समेत हुन । हाल श्रेष्ठ लाई पराजित गर्दै माओवादी केन्द्रका तर्फबाट हिमालय त्रिपाठी गाँउ पालिका अध्यक्ष छन ।
श्रेष्ठ अध्यक्ष हुदा मनोमानि तरिकाले कर्मचारीहरु भर्ना गरेको बताईन्छ । श्रेष्ठको कार्यकालमा करोडौ रुपैया बेरुजु छ ।एमाले जनप्रतिनिधीहरुले जनमतको उपेक्षा गरेर नयाँ जनप्रतिनिधी आएपछिको पहिलो गाउँ सभा बिथोलेको बढैयाताल गाँउपालिका ५ का अध्यक्ष चौधरीले बताए ।

Nabintech