७ बैशाख २०८१, शुक्रबार
सुर्खेतमा बर्डफ्लु भेटियो


सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा बर्डफ्लु भेटिएको छ । वीरेन्द्रनगर नगरपालिका–३ मा टेकराज आचार्यको पंक्षीफर्ममा बर्डफ्लु परीक्षणका गरे पछि रोग पुष्टि भएको हो ।

एकै दिन एक सय टर्की र कुखुरा मरेपछि स्थानीय कृषकले पशुपन्छी विकास निर्देशनालयलाई जानकारी गराएका थिए । बुधबार गरिएको नमुना परिक्षणका क्रममा बर्डफ्लु संक्रमण देखिएको पुशपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतका प्रमुख डा। विकास श्रेष्ठले जानकारी दिए ।

उक्त क्षेत्रमा बर्डफ्लु नियन्त्रणका लागि बिहीबार जिल्ला प्रशासन कार्यालय, सुर्खेतमा बसेको प्राविधिक समितिको आकस्मिक बैठकबाट बर्डफ्लु देखिएका आसपासका क्षेत्रलाई संक्रमित क्षेत्र घोषणा गरिएको छ ।

वडा नम्वर तीन स्थित पूर्वमा हरिडिलभूमि मावि जाने बाटो, पश्चिममा रानाटोलको पिच बाटो, उत्तरमा जुम्लारोड र दक्षिणमा रानाटोलको ग्राभेलबाटो भित्रको क्षेत्रलाई संक्रमित क्षेत्र घोषणा गरीएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । बर्ड फ्लुनियन्त्रणका लागि डिस्पोजल टोली परिचालन गरिएको रिजालले जानकारी दिए ।

Nabintech