१३ बैशाख २०८१, बिहीबार
खाजाघरबाट ब्राउनसुगर सहित तीनजना पक्राउ


कोहलपुरबाट लागूऔषध ब्राउनसुगरसहित तीनजना पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको बिशेष प्रहरी टोलिले बिहीबार साँझ लागुऔषसहित तीनै जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा आमाछोरा समेत रहेका छन् ।

एनटिभी रोडमा रहेको डेविट खाजाघरबाट उनीहरुलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक ९डीएसपी० ऐनबहादुर मल्लले जानकारी दिए ।

‘लागूऔषध ब्राउनसुगरको कारोबार भइरहेको सूचनाको आधारमा हाम्रो टोलि पुगेर खानतलासी गर्दा ब्राउनसुगर भेटिएको हो’ उनले भने, ‘पहिलेबाट नै हामिले निगरानी राखेका थियौं ।

अहिले आएर हाम्रो अपरेशन सफल भएको छ ।’ पक्राउ पर्नेमा खाजाघर सञ्चालिका ६६ वर्षीय मिना मल्ल, उनका ३७ वर्षीय छोरा राजेश मल्ल र सोही ठाउँका २७ वर्षीय रमेश खनाल रहेका छन् । मिनाले लगाएको सुरुवालको दाँया तर्फको खल्तीमा लुकाई छिपाई राखेको अवस्थामा ३९ पुडिया ब्राउनसुगर बरामद भएको थियो ।

‘बेच्नको लागि पुडिया बनाएर राखेको अवस्थामा मिनाको साथबाट ब्राउनसुगर बरामद भएको हो’ डीएसपी मल्लले भने, ‘उनीसँगै रहेका छोरासहित अन्य दुईजनाको समेत संग्लनता देखिएपछि नियन्त्रणमा लिएका छौं ।’

एनटिभी रोडमा रहेको डेविट खाजाघरको नाममा ब्राउनसुगरको डिलर नै सञ्चालन भइरहेको सूचना पाएको प्रहरीले छापा मारेको थियो ।

३९ पुडिया ब्राउनसुगरलाई तौल गर्दा ३ ग्राम ४० मिलिग्राम रहेको कोहलपुर प्रहरीले जनाएको छ । यसबारे थप अनुसन्धान अगाडि बढाइएको डीएसपी मल्लले मिसन टुडेलाई जानकारी दिए ।

केही दिनअघि मात्र कोहलपुर प्रहरीले नक्कली गहनालाई सक्कली भनेर ठगी गर्दै हिड्ने एक गिरोहलाई पक्राउ गरेको थियो ।

Nabintech