१५ चैत्र २०८०, बिहीबार
नेपालगञ्ज उपमहानगरपालिकाको बजेट १ अर्ब ६३ करोड ६५ लाख


९ असार,बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले ०७९/८० का लागि एक अर्ब ६३ करोड ६५ लाखको बजेट ल्याएको छ । बिहीबार आयोजित ११औँ नगर सभामा उपमेयर कमरुद्दिन राईले एक अर्ब ६३ करोड ६५ लाख ७२ हजार ४ सय रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् ।
०७७/७८ मा उपमहानगरको आन्तरिक राजस्वतर्फ १७ करोड ४१ लाख १० हजार आय अनुमान गरिएकोमा कोरोनाका कारण राजस्व क्षमतामा कमी आई १४ करोड एक लाख ५० हजार ५ सय ७ रुपैयाँ ५८ पैसा असुल भई करिब ८१ प्रतिशत लक्ष्य हासिल भएको थियो ।
यस आर्थिक वर्षका लागि अनुमानित १४ करोड ७ लाख रुपैयाँ मात्र भएकोमा हालसम्म १३ करोड ४० लाख ५३ हजार ३ सय १४ रुपैयाँ संकलन भएको छ । यस वर्षको हालसम्मको आम्दानीको स्थितिले आन्तरिक स्रोत अनुमानको शतप्रतिशत लक्ष्य प्राप्त हुने देखिएको छ ।
आगामी आवको आन्तरिक स्रोतको आय १५ करोड ६९ लाख १० हजार रुपैयाँ प्रस्ताव गरिएको छ । नेपालगञ्जको कुल आम्दानीको अधिकांश भार केन्द्रीय सरकार, प्रदेश सरकारबाट प्राप्त हुने अनुदानबाट प्राप्त हुने भएकाले आन्तरिक राजस्वको दायरा बढाई आन्तरिक स्रोत वृद्धि गर्ने कार्यक्रमलाई अभियानकै रूपमा अगाडि बढाएर कार्यान्वयन गर्नुपर्ने देखिएको छ ।

०७७र७८ मा व्ययतर्फ चालु खर्च ८९ करोड ८१ लाख ९९ हजार ८ सय २० रुपैयाँ ६ पैसा विनियोजन भएकामा ७७ करोड ५९ लाख ४५ हजार ५ सय ३६ रुपैयाँ ५ पैसा मात्रै खर्च भएको थियो ।
पुँजीगत खर्च ८१ करोड ३१ लाख ९३ हजार एक सय १८ रुपैयाँ ८३ पैसा विनियोजन भएको छ । वित्तीय व्यवस्थातर्फ ३ करोड १० लाख रुपैयाँ विनियोजन गरेर खर्च गरिएको थियो ।
चालु वर्षको असार ७ गतेसम्म एक अर्ब ७ करोड ४ लाख २९ हजार ५ सय ९७ रुपैयाँ २७ पैसामध्ये ७२ करोड ७५ लाख ८२ हजार ७ सय २१ रुपैयाँ ३५ पैसा पेस्कीसहित खर्च भएको छ ।
पुँजीगततर्फ ६८ करोड ७ लाख ७२ हजार एक सय ७१ रुपैयाँ ३६ पैसा विनियोजन भएकामा २४ करोड २४ लाख २० हजार ९० रुपैयाँ ९० पैसा खर्च भएको छ । वित्तीयतर्फ चार करोड रुपैयाँ विनियोजन गरिएकामा एक करोड ७८ लाख ५२ हजार २ सय ९१ रुपैयाँ २१ पैसा खर्च भएको छ ।

यसैबीच, मेयर प्रशान्त विष्टले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा बागेश्वरी मन्दिरको संरक्षण, सम्बद्र्धन, सौन्दर्यकरणसहित बागेश्वरी क्षेत्र विकास कोषको स्थापना गर्न गुरुयोजना बनाइने, नेपालगञ्जमा १०८ फिट अग्लो हनुमानको मूर्ति स्थापना गर्ने, लोप हुन थालेका टाँगाको संरक्षण र सम्बद्र्धन गर्ने, नगरभित्रका तालतलैयाको संरक्षण गर्ने, नेपालगञ्जलाई क्लिन, ग्रिन र हेल्दी सिटीको रुपमा विकास गर्ने, पार्किङको व्यवस्थापन गर्ने, बजार क्षेत्रलाई फ्रि वाइफाइजोनको रुपमा विकास गर्ने, महेन्द्र बहुमुखी क्याम्पसलाई विश्वविद्यालय बनाउन पहल गर्ने, मातृ भाषामा पठनपाठनका लागि आवश्यक पाठ्यक्रम निर्माण गरी कार्यान्वयन गर्ने, नेपालगञ्जलाई मेडिकल हबको रुपमाविकास गर्ने, दूध, तरकारी, फलफूल र मासुमा आत्मनिर्भर बनाउने, ई–रिक्सा व्यवस्थापन गर्नेलगायत विषय समेटिएको छ ।

Nabintech