११ बैशाख २०८१, मंगलवार
असंगठित क्षेत्रका मजदुरलाई पनि सामाजिक सुरक्षा कोषमा सहभागी गराउन माग


अखिल नेपाल ट्रेड युनियन महाँसंघका लुम्बिनी प्रदेश अध्यक्ष एंव माओवादी केन्द्रका लुम्विनी प्रदेश सदस्य दान बहादुर वली (निर्माण)ले असंगठित क्षेत्रका मजदुरलाई पनि सामाजिक सुरक्षा कोषमा सहभागी गराउनु पर्ने बताएका छन ।
निर्माण मजदुर संघ कोहलपुरको कार्यालय उद्धघाटन तथा सम्मान कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन । उनले ठेकेदार मार्फत या स्थानिय निकायमा सुचिकरण गरेर भएपनि उनिहरुलाई अनिवार्य रुपमा कोषमा सहभागी बनाउन पर्ने बताए । उनले अधिकार सम्पन्न मजदुर आयोग गठन गरेर मजदुर क्षेत्रका समस्याहरु समाधान गरिनु पर्ने धारणा समेत राखे ।
टे«ड युनियन ऐन परिमार्जन गरि कार्यान्वयन , कार्यस्थल बाट निर्वाचनमा मतदान गर्ने लागयतका व्यवस्था हुनपर्ने माग राखे । मजदुर अधिकार लागी अखिल नेपाल ट्रेड युनियन महाँसंघ र माओवादी पार्टीले सघर्ष गरेको बताउदै उनले माओवादी आन्दोलन र मजदुर आन्दोलनलाई संग संगै लैजानु पर्ने धारणा राखे ।


कार्यक्रममा मजदुर नेता एंव कोहलुर नगरपालिका वडा नं १ का अध्यक्ष बद्रि प्रसाद जैसी लाई सम्मान गरिएको थियो । सम्मान ग्रहण गर्दै अध्यक्ष जैसीले कोहलपुर नगरपालिकालाई मजदुर मैत्री बनाउने प्रतिबद्धता जनाए । उनले मजदुर डेस्क लागयत मजदुरहरुलाई सुचिकृत हुने कानुन निर्माणमा पहल लिने प्रतिबद्धता जनाए ।
कार्यक्रममा जानकी गांउपालिकामा कार्यपालिका सदस्यमा निर्वाचि भएका निर्माण मजदुर संघ लुम्बिनी प्रदेशका अध्यक्ष राजेन्द्र सिहलाई सम्मान गरिएको थियो । प्रदेश अध्यक्ष सिहले हाल सम्म लुम्बिनी प्रदेशका २२ वटा पालिकामा संगठन निर्माण भएको बताउदै निकट भबिश्यमा सबै पालिका संगठन निर्माण गर्ने बताए ।

संगठित हुदै असंगठित क्षेत्रका निर्माण मजदुरहरु

असंगठित क्षेत्रमा जोखिमयुक्त काम गर्दै आएका निर्माण मजदुरहरु संगठित हुन थालेका छन । कोहलपुर क्षेत्रमा रहेर निर्माणको काम गर्ने मजदुरहरु नेपाल निर्माण मजदुर संघमा संगठित हुन थालेका हुन । निर्माण मजदुर संघ अखिल नेपाल ट्रेड युनियन महासघका पेशागत संगठन हो ।
कोहलपुर क्षेत्रका मजदुरहरुले तेज राम थारुको नेतृत्वमा संगठन निर्माण गरेर दैनिक रुपमा कार्यलय समेत संचालन गरेर मजदुरका हक अधिकार बारे छलफल र बिभिन्न खाले समस्याहरु समाधान समेत गर्ने गरेको नगर अध्यक्ष तेज राम थारुले जानकारी दिए ।


अध्यक्ष थारुले श्रम वा काम गरेर पैसा नपाउने समस्या, ज्यालामा एक रुपता, शिप बिकासका लागी तालिमहरुमा सहजिकरण लगायतका काम गदै आएको जानकारी दिए । भविश्यमा एक श्रम सहकारी सञ्चालन, शिप बिकासका क्षेत्रमा बिभिन्न सरोकार वाला निकाय संग सहकार्य लगायतका काम गरिने निर्माण मजदुर नेता एंव कोहलपुर नगरका कोषाध्यक्ष राम प्रसाद थारुले जानकारी दिए ।

कार्यक्रममा केहि दिन अघि काम गरेको स्थानमा करेन्ट लागेर मृत्यु भएका लली राम थारुका अफन्तलाई निर्माण मजदुर संघ कोहलपुरका तर्फ बाट २ लाख २० हजार रुपैया सहयोग हस्तान्तरण समेत गरिएको थियो ।

 

Nabintech