१६ चैत्र २०८०, शुक्रबार
अबैध उत्खनन र ओसार पसारमा संलग्न सवारी साधन नियन्त्रणमा


बाँके/राप्तीसोनारीको राप्ती नदीबाट अबैध रुपमा नदीजन्य सामाग्री उत्खनन र ओसार पसारमा संलग्न ४ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

राप्ती नदीबाट ढुंगा लिएर आउँदै गरेका दुई वटा टयाक्टर र अवैध रुपमा बालुवा तस्करी गर्न जाँदै गरेका थप दुई वटा टयाक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको हो । राप्ती नदीमा अवैध रुपमा बलुवा उत्खनन गर्न जाँदै गरेका भे १ त ८८६३ र भे १ त ७१४० नम्बरका टयाक्टरलाई प्रहरी चौकी कचनापुर र सशस्त्र प्रहरी बेस क्याम्प जिरोको टोलीले नियन्त्रणमा लिएको हो ।

दुई वटा टयाक्टरलाई सिक्टा सिचाइँको नहर हुँदै गएको बाटोबाट राप्तीसोनारी २ स्थित मुगुवा खोलामा प्रवेश गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको बताइएको छ । प्रहरी चौकी कचनापुरबाट प्रहरी सहायक निरीक्षक बिष्णु खड्काको नेतृत्वमा गएको टोलीले वडा नम्बर २ कै माथेवासमा जम्मा गरेर राखिएको ढुंगा लिएर आउँदै गरेको अवस्थामा आइतबार दिउँसो भे १ त ३३१६ र भे १ त ७३६२ नम्बरका दुई वटा टयाक्टरलाई नियन्त्रणमा लिएको थियो ।

Nabintech