१३ बैशाख २०८१, बिहीबार
कोहलपुर नगरपालिकामा आगामी आर्थिक बर्षका लागी २५ करोड बढी दायित्व


कोहलपुर/कोहलपुर नगरपालिकामा आगामी आर्थिक बर्षका लागी २५ करोड बढी दायित्व रहेको पाइएको छ । लुट बहादुर रावत नेतृत्वको कोहलुर नगरपालिकाले पुर्व निर्धारित बजेट र श्रोत बिना नै बिभिन्न बिकास आयोजना तथा अन्य क्षेत्रमा दायित्व सृजना गरि दिएको कोहलपुर नगरपालिकाका प्रमुख पुर्ण प्रसाद आचार्यले जानकारी दिए ।
नगरमा नयाँ नेतृत्व आए संगै विगतको सरकारको पालामा पालिकामा २५ करोड रुपैया दायित्व ऋण रहेको भेटिएको हो । कोहलपुर नगरपालिका श्रोतका अनुसार चुनाबि बर्ष भएको र आफ्नो पार्टी अनुकुल निर्वाचन परिणाम ल्याउनका लागी नजिकका कार्यकर्ता लाई मनपर्दी तरिकाले बिभिन्न कार्यक्रमका नाममा सम्झौता गरिएको छ ।
बजेटको सुनिश्चितता नभइ बोलपत्र आह्वान गरी ठेक्कापट्टा, पटक पटक ठूलो आकारमा रकमान्तर, श्रोतले धान्न नसक्ने किसिमका आयोजनाहरुको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउन रकम खर्च, नगरको आन्तरिक श्रोतले धान्नै नसक्ने गरी कर्मचारी भर्ना, इन्धन र मर्मत खर्चमा मितव्ययिता तथा पारदर्शिता नहुनु र विकास निर्माणका काम ठूलो मात्रामा कोटेशनबाट गरिएको कारण आर्थिक व्ययभार थपिएको नगर पालिका श्रोतले जनाकारी दिएको छ ।

नगरपालिकाको तिर्नु बाँकी नियम संगत रकम तथा दायित्वलाई आन्तरिक श्रोतले मात्रै धान्न नसक्ने अवस्थाको रहेको श्रोतले बताएको छ ।

Nabintech