११ बैशाख २०८१, मंगलवार
महिला अभिभावक लाई लागुऔषध दुर्व्यसन  बिरुद्ध अभिमुखिकरण


लागु औषध दुर्व्यसन बिरुद्ध अभिभावक बिच अभिमुखिकरण कार्यक्रम कोहलपुरमा सम्पन्न भएको छ । कोहलपुर नगरपालिकाको सहयोग , समाज सुधार कार्यक्रम नेपालको आयोजना र मेचि महाकाली बुहारी सयुक्त आवाज बाँकेको समन्वयमा उक्त कार्यक्रम आयोजाना गरिएको हो ।
कोहलपुर नगरपालिकाका बिभिन्न वडाहरु बाट महिला अभिभावक सहभागी कार्यक्रममा लागु औषध दुर्व्यसन न्युनिकरण बारे अभिमुखि करण गरिएको थियो ।
मेचि महाकाली बुहारी सयुक्त आवाज बाँकेकी संयोजक उर्मिला अधिकारी पाण्डेको अध्यक्षमा भएको कार्यक्रममा भण्डै ४ दर्जन अभिभावकहरुको सहभागीता रहेको मेचि महाकाली बुहारी सयुक्त आवाज बाँकेकी सचिव प्रमिला शाहीले जानकारी दिईन ।


कार्यक्रममा कोहलपुर नगरपालिकाका ईन्द्रमणी ढकाल, संकर न्यौपाने लगायतले अभिमुखि करण गरेका थिए । पछिल्लो समय कोहलपुरमा लागु औषध दुर्व्यसनको संख्या बढदै गएको तथा लागु औषध कारोवारको ट्रान्जिट प्वाईनटका रुपमा प्रयोग गर्ने गरिएको चर्चा गरिएको थियो ।
घरका आमाहरु लाई दुर्व्यसन बारे चेतना दिन सके यस लाई न्युनिकरण गर्न सहज हुने सहभागीहरुले बताएका थिए ।

Nabintech