१५ चैत्र २०८०, बिहीबार
शिक्षा र डिजीटल कोहलपुर प्राथमिकतामा : नगर प्रमुख आचार्य


कोहलपुर नगर प्रमुख पुर्ण प्रसाद आचार्यले आगामी आर्थीक बर्षका लागी शिक्षा र डिजीटल कोहलपुर प्राथमिकता रहने बताएका छन । कोहलपुर नगरपालिकामा निर्वाचित भएपछि पहिलो पटक आयोजित पत्रकार अन्र्तक्रियामा बोल्दै प्रमुख आचार्यले यस्तो बताएका हुन ।
उनले सार्वजनिक शिक्षाको गुणस्तरमा बृद्धि गर्न र डिजीटल प्रबिधी युक्त कोहलपुर नगरपालिका बनाउने लगायत स्वाथ्य ,  रोजगार सृजनाका क्षेत्रमा प्रथामिकताका साथ बजेट बिनियोजन गरिने जानकारी दिए ।
उनले शुशासन र पारदर्शीता प्राथामिकतामा राखेर काम गरि रहेको वताउदै सार्वजनिक खर्च कम गर्न बिदाको दिनमा सरकारी सवारी साधन प्रयोग नगर्ने , अपारदर्शी तरिकाकाले बितरण गरिने कोटेसन मार्फत गरिने काम रोक्ने , तथा कार्यपालिकाको निर्णयहरु सार्वजनिक गर्ने परिपाटीको बिकास गरिने जानकारी दिए ।
उनले अघिल्लो सरकारले गरेका अपादर्शी निर्णयहरु खारेज गरिने बताउदै हेफर ईन्टरनेशनल लगायतका गैर सरकारी संस्थाहरु संग साझेदारमा गरेका कामहरु रोकिने जानकारी दिए । कर्मचारी क्षेत्रमा रहेको ढिला सुस्ती र गैर जिम्मेवारी पन लाई निस्तेज गर्ने बताए ।
उनले सकारात्मक आलोचन गर्न मिडीयाकर्मीहरु लाई आग्रह गदै आफ्नो कार्यकाल मिडीयामैत्री हुने समेत प्रतिबद्धता जनाए । स्थानिय संचार माध्याम र संचारकर्मीको बिकास र प्रर्बद्धनमा सक्दो सघाउ पुर्याउने प्रतिबद्धता जनाए ।
यसै बर्ष देखि स्थानिय संचार माध्यामहरुको बर्गीकरण गरि लोक कल्याणकारी सुचनाहरु उपलब्ध गराउने उनको भनाई छ ।

Nabintech