१९ बैशाख २०८१, बुधबार
माओवादी बाँकेद्धारा नव निर्वाचित जनप्रतिनिधिहरु लाई प्रशिक्षण तथा सम्मान


नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति बाँकेले नव निर्वाचित जन प्रतिनिधीहरु लाई प्रशिक्षण तथा सम्मान गरेको छ ।
गत स्थानीय चुनावमा बाँके जिल्ला का ८ वटै स्थानीय तहबाट पाटीबाट निर्वाचित जनप्रतिनिधिलाई सम्मान गरिएको नेकपा माओवादी केन्द्रका जिल्ला सचिव डिल्ली प्रसाद बरालले जानकारी दिए । नेकपा माओवादी केन्द्र बाट बाँके जिल्लामा ६७ जनप्रतिनिधि निर्वाचित भएका छ । आठ वटा स्थानीय तहरहेको बाँके मा माओवादी केन्द्र ले खजुरा गाउँपालिका को प्रमुखमा माओवादी केन्द्र बाँके जिल्ला समन्वय का संयोजक डम्बर बिक (तुफान ) निर्वाचित भएका छन ।
८१ मध्ये १७ वटा वडा अध्यक्ष निर्वाचित भएका छन । अन्य सदस्यमा निर्वाचित भएका छन । कार्यक्रममा बोल्दै प्रमुख अतिथी असोक रोकायले जनताले अनुभुत गर्ने गरि स्थानिय सरकार सञ्चालन गर्न निर्देशन दिए । उनले माओवादीले जितेका पालीका तथा वडा हरु नमुना बन्नु पर्ने बताउदै भ्रष्टाचार मुक्त जनमुखि स्थानिय सरकार सञ्चालन गर्न सुझाव दिए ।

कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य अन्जना चौधरी, कृष्ण केसि, लुम्बिनी प्रदेस कमिटी उपाध्यक्ष दुर्गा थारु, सह– सचिव अकल बहादुर बम लगाएतका नेता तथा कार्याकर्ताको उपस्थिति रहेको थियोे ।

Nabintech