८ बैशाख २०८१, शनिबार
नेपालगन्जमा केही राउण्ड हवाई फायर


नेपालगन्जको बिरेन्द्र चोकमा शालिक राख्ने क्रममा प्रहारी र राप्रपाका कार्यकर्ताबिच झडप भएको छ । राप्रपाका युवाले बिहीबार बिहान उक्त चोकमा स्वर्गीय राजा बिरेन्द्र शाहको शालिक राखेका थिए ।
शालिक राखेको एक घण्टा बित्न नपाउदै स्थानीय प्रहरी, प्रशासनले बल प्रयोग गरि हटाउन खोज्दा झडप भएको हो । सो क्रममा प्रहरीले केही राउण्ड हवाई फायर समेत गरेको थियो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले राप्रपाका नेता कार्यकर्ताले बिरेन्द्र चोकमा शालिक राखेको जानकारी आएको र केही समयमै प्रहरीले शालिक हटाएको जानकारी आफुलाई प्राप्त भएको बताए । त्यसक्रममा केही राउण्ड हवाई फायर पनि भएको उनले जनाए ।
राप्रपाका सहायक महामन्त्री ऋषिराज देवकोटाले आफुहरुले बिरेन्द्र चोकमा शालिक राखेको केही बेरमै प्रहरीले बल प्रयोग र हवाई फायर गरेर हटाएको बताए ।

Nabintech