१२ बैशाख २०८१, बुधबार
शिक्षा क्षेत्रको बेथिती रोक्न अखिल (क्रान्तिकारी) बाँकेको माग

सामूदायिक बिद्यालयहरुले नै लिएनन् बिद्यार्थी भर्ना



कोहलपुरका सामूदायिक बिद्यालयहरुले नयाँ बिद्यार्थी भर्ना लिन छाडेका छन । भौतिक पुर्वाधार जनशक्ति अभाव रहेको भन्दै सामुदायीक बिद्यालयहरुले नयाँ भर्ना लिन छाडेको एक बिद्यार्थीले जानकारी दिए ।

कोहलपुर १० मा रहेको त्रिभुवान नमुनमा माबि र कोहलपुर १ मा रहेको कृष्ण माबिमा बिभिन्न बहानामा बिद्यार्थी भर्ना लिन छाडेका हुन । राज्यले अनिवार्य र निशुल्क शिक्षा को निती लिएको समयमा बिभिन्न बहानामा बिद्यार्थी लाई पढन बाट बंचित गराउनु दुखद भएको एक अभिभावकले बताए ।
यस बिच अखिल क्रान्तिकारी बाँकेले सामुदायीक बिद्यालयमा पढन चाहने सबै बिद्यार्थीले अनिवार्य भर्ना लिइनु पर्ने माग सहित कोहलपुर नगरपालिकामा ४ बुदे ज्ञपान पत्र बुझाएको छ । अखिल (क्रान्तिकारी)का जिल्ला अध्यक्ष महेश वस्नेतले सामुदायीक बिद्यालयमा अनिवार्य भना लिनु पर्ने , अनुमति बिना कक्षा सञ्चालन गरेका संस्थागत बिद्यालय लाई कार्यवाहीको दायरामा ल्याउनु पर्ने , संस्थागत बिद्यालयले दिनु पर्ने १० प्रतिसत छात्राबृत्ति लाई कार्यबिधी अनुसार लक्षित बर्ग सम्म पुर्याउनु पर्ने माग परिएको छ ।
यस गरि सामुदायिक बिद्यालयमा सञ्चालीत दिवा खाजा कार्यक्रम अन्र्तगत कतिपय बिद्यालयमा प्याकेजिङ गरेको खाजा गुणस्तरहिन खुवाउने गरिएको भन्दै आवश्यक छानबिन गर्न गरि मापदण्ड अनुसार बनाउन माग गरिएको छ ।
ज्ञपान पत्र बुझ्दै कोहलपुर नगरपालिका प्रमुख पुर्ण प्रसाद आचार्यले समस्या समाधानका लागी पहल गर्ने प्रतिबद्धता जनाए ।

Nabintech