८ बैशाख २०८१, शनिबार
कोहलपुरमा वाईसीएलका नेता शाही माथि खुकुरी प्रहार


कोहलपुर नगरपालिका १ कौशिल्यानगरमा योङ कम्युनिष्ट लिग वाई सि एल नेता माथि खुकुरी प्रहर भएको छ । वाई सि एल कोहलपुर १ का ईन्चार्ज राजु शाही माथी नेकपा एमाले निकट राष्ट्रिय युवा संघका युवाहरुले खुकुरी प्रहार गरेको प्रहरीले बताएको छ । घटनका प्रत्यक्षदर्शीका अनुसार एमाले निकट युवा संघका सुदिप थापाले धारिलो हतियार खुकुरी प्रहार गर्दा शाही घाईते भएका हुन । घाईते शाहीको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भई रहेको छ ।

उक्त खुकुरी प्रहारमा सरिक भएका अन्य दुईजनालाई ईलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको छ । घटनाको थप अनुषन्धान भई रहेको प्रहरीले बताएको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख ऐन बहादुर मल्लले खुकुरी प्रहार गर्ने युवाहरु लाई नियन्त्रणमा लिएर अनुषन्धान भई रहेको जानकारी दिए । उनले निर्वाचनका बेला थप घटना हुन सक्ने भएकाले व्यापक प्रहरी परिचालन गरिएको बताए ।
यस बिच नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र कोहलपुरले घटनाको भ्रत्सना गरेको छ । पार्टी कामको सिलसिलामा कोहलपुर १ कौशिल्या बजार नजिक रहेका वाई सि एल कोहलपुर १ का ईन्चार्ज राजु शाही माथी सांघातीक आर्कमण गरिएको भन्दै दोशी माथी कार्यवाहीको माग गरिएको छ ।
नगर अध्यक्ष अवराज खड्का द्धारा जारी बिज्ञप्तीमा नेकपा एमालेले स्थानिय निर्वाचनमा पराजय हुने डरले भौतिक आर्कमणमा उत्रेको उल्लेख गरेका छन । उनले शान्तीपुर्ण रुपमा मतदान गर्ने वातावरण मिलाउन र सुरक्षा व्यवस्था लाई मजबुद बनाउन स्थानिय प्रशासन लाई आग्रह गरेका छन ।

Nabintech