१६ चैत्र २०८०, शुक्रबार
सबैको साझा भएर काम गर्छु : नरेन्द्र न्यौपाने

बाचुल्जेल कोहलपुरको बिकासमा क्रियासील भएर लाग्ने प्रतिवद्धता



साझा गठबन्धनका तर्फबाट कोहलपुर नगरपालिकाका साझा उम्मेदवार नरेन्द्र न्यौपानेले आफ्नो जित सुनिश्चित भईसकेको बताएका छन । कोहलपुर नगरपालिका वडा नं। ३ मा आयोजित चुनावी सभालाई सम्बोधन गदै उनले बिगतमा अन्य दलमा मतदान गरेका कोहलपुरबासीले पनि यस पटक आफुहरुलाई मत दिएर बिजयी गराउने प्रतिबद्धता जनाएकाले आफ्नो जित सुनिश्चत भएको बताएका हुन ।

सोही आधारमा आफु कोहलपुरबासीको साझा उम्मेदवार भएको भन्दै सोही अनुरुप समुन्नत कोहलपुर निर्माणका लागी लागीपर्ने धारणा राखे । कोहलपुरका अधिकाशं वडाहरुमा यस पटक गठबन्धनका उम्मेदवार बिजयी हुने उनले बताए । आफु नेतृत्वको टिमले ५ वर्षमा कोहलपुरलाई देशकै नमुना नगरपालिका बनाउने बताए ।
मेयर पदका उम्मेदवार न्यौपानेले आफुले यस पटक कोहलपुबासीको अपार माया पाएको भन्दै सो मायालाई मतमा व्यक्त गर्न अब ४ दिन बाँकी रहेको बताउदै न्यौपानेले आफु बाचुल्जेल कोहलपुरको बिकासमा क्रियाशिल भएर लाग्ने प्रतिवद्धता समेत जनाए ।

शुसासन सहितको जनमैत्री स्थानिय सरकार निर्माणका लागी आफुहरु चुनावी मैदानमा रहेको भन्दै उनले कोहलपुर निर्माणका सम्पुर्ण क्षेत्रलाई साथमा लिएर अगाडी बढने धारणा राखे ।

कार्यक्रममा उप प्रमुख पदकी उम्मेदवार नारयणी वली, कोहलपुर ३ का वडा अध्यक्ष तारा केशर रिजाल केसव  ले पनि र्यालीलाई सम्बोधन गरेका थिए । अध्यक्षका उम्मेदवार रिजालले कोहलपुर ३ मा आफ्नो र गठबन्धको जित सुनिश्चित भएको दावी गर्दै जनताको सेवक भएर काम गर्ने प्रतिवद्धता जाहेर गरे ।

Nabintech