१९ असार २०७९, आईतवार
कोहलपुरको ३० वर्षे नेतृत्व र बिकास


बिगत ३० वर्ष देखी नेकपा एमालेका जनप्रतिनिधीहरुले कोहलपुरको सत्ता सञ्चालन गरिरहेका छन । वि.स. २०४९, २०५४ र २०७४ गरी तिन पटकसम्म एमालेको प्रतिनिधित्व गर्दै लुट बहादुर रावत कोहलपुरको प्रमुख पदमा आसिन भए । हिजोको गाविस र नगरपालिका हुदा होस या आजको स्थानिय तह नेकपा एमालेकै जनप्रतिनधीहरुले सञ्चालन गरे । तर बिगत ३० वर्षयता कोहपुरमा चर्चा गर्न लायक के बिकास भयो त रु स्थानिय तहको निर्वाचन मिती नजिकिदैं गर्दा कोहलपुरवासीले फेरी एक पटक समिक्षा र चर्चा गनुपर्ने बेला भएको छ ।

प्रशासनिक भवन :

३० वर्षे स्थानिय सरकार चालाएको नेकपा एमालेको नेतृत्वले कोहलपुरमा एक प्रशासनिक भवन समेत निर्माण गर्न सकेको छैन । बिकट दुर्गम स्थानका पालिकाहरुले समेत प्रशासनिक भवन मार्फत एकिकृत र जनमैत्री सेवा दिईरहेका छन । तर कोहलपुरवासीले त्यो मौका पाएनन् । स्थानिय तहबाट एकिकृत सेवा दिदा जनताले सहज सुबिधा पाउने भएपनि त्यसो हुन सकेको छैन । ३० वर्ष देखी एउटै पार्टी र एउटै व्यक्ति कोहलपुरको नेतृत्वमा भएपनि एक भवन समेत बन्न नसक्नु लज्जास्पद कुरा हो ।

स्वाथ्य केन्द्र :

देशभरका कतिपय स्थानिय तहले आफ्नै अस्पताल सञ्चालन गरी सकेका छन । तर कोहलपुरमा हालसम्म पनि ईमरजेन्सी सेवा सहितको अस्पताल निर्माण तथा सञ्चालन गरिएको छैन । अस्पताल त टाढाको कुरा विश्वव्यापी रुपमा फैलीएको कोरोना महामारीको समयमा कोहलपुर नगरपालिकाले आफ्नै एम्बुलेन्स समेत संचालन गर्न सकेन । आधारभुत अधिकार माथि नै खेलवाड गरेर सरकार सञ्चालन गर्न खोज्नु लाजको बिषय हो ।

शिक्षा :

कोहलपुर अधिकाँश विद्यालयहरुमा अहिले पनि टिनको छानो भित्र पढाई हुने गरेको छ । ३० वर्षे शासनकालमा एमाले जनप्रतिनधीहरुले टिनको छानो समेत फेर्न नसक्नुको मुख्य कारण के होला रु शिक्षा प्रतिको बुझाई वा जवाफ देहीता र जिम्मेवारीता के हो रु जनताको प्रश्न छ । टिनका छानो, अप्रयाप्त शिक्षक दरवन्दी, स्वच्छ खाने, शौचालयको प्रवन्ध नहुँुदा गुणस्तरीय शिक्षा हुने कुरा भएन यसको दोष कसले लिने रु

खानेपानी :

कोहलपुरमा खानेपानीको उचित प्रवन्ध समेत छैन । कोहलपुरको अधिकाँश जनताका हाते धारोको पानिबाटै जिवन निर्वाह गरिरहेका छन । कतिपय वडाहरुमा चैत्र र बैशाखमा हाते धारोको पानि समेत नआउँदा जनताको जिवन कष्टकर हुने गरेको छ । कोहलपुरको अधिकाँश हाते धाराको पानिमा आर्सेनिक मिसीएकाले त्ष्सलाई स्वाथ्यका लागि हितकर मानिदैन ।

३० वर्षे स्थानिय सरकार सञ्चालन गर्दा खानेपानीको उचित प्रवन्ध गर्न नसक्नु लज्जाको विषय हो । कोहलपुरको केही वडाहरुमा खानेपानीको संरचना निर्माण भएको भएपनि अधिकाँश वडाबासी जनता स्वच्छ खानेपानी कल्पना भन्दा बाहीरको कुरा भएको छ ।

सडक सञ्जाल  :

कोहलपुरका कतिषय वडाबासी जनता मुख्य राजमार्गको सडक सञ्जालमा जोडीएका छैनन् । मुख्य बजार क्षेत्रका बाटोहरु समेत कालोपत्रे नभएको अवस्था त छदै छ । खास गरी कोहलपुर नगरपालिका वडाहरु ४, ५, ७, ८, ९, १२, १३, १५ जनतालाई कालोपत्रे सडक हेर्न रहरको विषय भएको छ । बिगतको गाविस र नगरपालिकाको कुरा छोडौ ति वडाहरुमा पछिल्लो ५ वर्षे स्थानिय सरकारको बेलामा समेत ५ सय मिटर भन्दा कम बाटो कालोपत्रे गरिएको पाईन्छ । ति वडाहरुमा ढल निकास, कालोपत्रे बाटो कल्पनाका कुरा भएका छन । ५ वर्षमा ५ सय मिटर भन्दा कम सडक कालोपत्रे गर्ने जनप्रतिनधीहरु कुन मुख लिएर जनताको घरदैलोमा गएका छन, समिक्षाको विषय बनेको छ । अझ भनौ कोहलपुर १५ मा दुई पालिका जोडने बाटोमा समेत पुल निर्माण हुन सकेको छैन । भने कोहलपुर ७, १२, १३ एक गाँउबाट अर्को गाँउ जादा वर्षायाम होस या अन्य समय होस खोलो तरेर हिड्नुपर्ने अवस्था छ । समान्य पुल अथवा झोलुङे पुल समेत निर्माण हुन सकेको छैन । के कोहलपुरवासी जनताले यहि नियती भोगिरहनु पर्ने हो । कोहलपुर नगर विकास समिती भित्रको टाउन प्लान, मुख्य महेन्द्र राजमार्ग र रत्न राजमार्ग बाहेक अन्य ठाँउमा कालोपत्रे हेर्न नपाएको अवस्था छ । मुख्य राजमार्ग क्षेत्रमा समेत कालो पत्र हुन सकेको छैन भने भित्री बाटोहरुको अवस्था झन नाजुक छ ।

फोहर मैला र छाडा चौपाया व्यवस्थापन :

कोहलपुर नगरपालिकाले फोहरमैला व्यवस्थापनमा महत्वकाक्षी योजना सुरु ग¥यो तर यसले फोहरमैला व्यवस्थापन भन्दा पनि थप अस्तव्यस्त सृजना ग¥यो । निजी कम्पनिसँगको साझेदारीमा सुरु गरेको फोहरमैला व्यवस्थापन योजना अहिले अलपत्र अवस्थामा छ । कोहलपुर ९ मा स्थपना गर्न लागीएको फोहरमैला प्रशोधन केन्द्र कुनैपनि हालतमा चल्न नदिने भन्दै स्थानियले ताला लगाईदिएका छन । आगमी दिनमा उक्त आयोजना कसरी अगाडी बढ्छ चासोको विषय बनेको छ । त्यस्तै छाडा चौपाया व्यवस्थापनमा पनि कोहलपुरको मुख्य समस्याका रुपमा रहेको छ । बिगत ५ वर्षमा मुख्य समस्या बनेको छाडा चौपाया व्यवस्थानमा कुनै प्रगती हुन सकेको छैन ।

पर्यटन र रोजगार  :

पर्यटन र रोजगारका क्षेत्रमा पनि शुन्य प्रगती छ । बेरोजागरलाई रोजगार दिने वा स्वरोजगार बनाउने बारे ३० वर्षसम्म खास्सै उपलब्धी केही देखिएको छैन । पर्यटन र रोजगारका क्षेत्रमा कोहलपुर भन्दा कम सम्भावना बोकेका क्षेत्रले ठुलो फड्को मार्दा समेत कोहलपुरको टाउन प्लान क्षेत्र भित्र रहेका झण्डै १ दर्जन पार्क निर्माणका लागी छुट्ईएका क्षेत्रहरु अझैं अलपत्र अवस्थामा छन ।

व्यवस्थीत बजार  :

कोहलपुरमा अब्यवस्थीत बजारका कारण बजार व्यववसाय संकटको अवस्थामा छ । मुख्य रुपमा ठेला गाडा, खुद्रा बजार व्यवस्थापन, कृर्षी हाटबजार सञ्चालन लागायतका कामहरु सुरुवात नै हुन सकेका छैनन् । नत मासु जन्य व्यवसाय, आटो पाट्स व्यवसायलाई व्यवस्थीत गर्न सकिएको छ । जसका कारण बजार कुरुप हुनुका साथै बजार प्रबद्धन समेत हुन सकेको छैन । यस क्षेत्रमा प्रगती नभएको होईन, प्रयास नै नभएको चाही पक्कै हो । स्थानिय बजार प्रबद्र्धनका लागी समेत स्थानिय सरकारले ठोस निती ल्याउन सकेको छैन ।

अव्यवस्थीत र भुमिहीन सुकुम्वासी :

कोहलपुर मुख्य समस्या भुमिहीन, सकुम्वासी र अव्यवस्थीत बसोवासी हो । तर भुमिहीन सुकुम्वासी र अब्यवस्थीत वसोवासको समस्या समाधानका लागी कोहलपुर नगरपालिकाले कुनै पहल लिएन । खास गरी कोहलपुर नगरपालिका वडा नं। ११ र अन्य क्षेत्रमा जर्जर रहेको समस्या समाधानका लागी बिगत ५ वर्ष र सो भन्दा अघी कुनै काम हुन सकेन । न्युनतम रुपमा लागत संकलन समेत हुन नसकेको गुनासो स्थानियको छ ।

कोहलपुरको समग्र बिकासका बारेमा जनता चिन्तित छन, स्थानिय सरकारको रबैया देखेर निराश छन । अझ भनौ कुशल नेतृत्वको खोजिमा छन । कुशल नेतृत्वको पहल कदमी बिना बिकास सम्भव नहुने बुझेका जनताहरु यस पटक बिवेकको मत मार्फत समृद्ध कोहलपुर निर्माणका लागी योग्य र सक्षम नेतृत्व चयन नगर्ने हो भने जिल्लाको दोस्रो ठुलो सहर अथवा जिल्लाको एक मात्र नगर पालिका अन्य गाँउपालिका भन्दा पछाडी पर्ने निश्चित जस्तै छ । त्यस कारण यस पटक बिगतमा कसलाई मतदान गरेका थियौं भन्दा पनि सुझबुझ पुर्ण विवेक मार्फत योग्य, कुशल र भिजन भएकालाई मतदान गरौं ।

Nabintech