२६ बैशाख २०८१, बुधबार
चन्द्र बुढा : कुशल शैक्षिक अभियन्ता


कोहलपुर / आफ्नै वडामा केही गर्नुपर्छ भन्ने स्वाभाव भएका अति मेहिनत कर्मठ व्यक्ति चन्द्र बुढा । कोहलपुर वडा नम्बर ८ पिपरीमा बस्दै आएका उनलाई विहानदेखि साँझ अबेरसम्म पनि दिर्घकालिन विकासका बारेमा निकै चिन्ताले पिरोल्छ । हरेक दिन जनताको घरदैलोमा पुग्दै आएका चन्द्र स्थानियहरुको नजरमा निकै सहज र सरल ब्यक्तित्व हुन । व्यवसायीक रुपमा चन्द्रज्योति कृषि फर्म र चन्द्रज्योति किराना पसल संचालन गरीरहेका चन्द्र कुशल राजनितिज्ञ समेत हुन ।
कृषि फर्म र किराना पसलले व्यक्तिगत रुपमा लाभ भएपनि समाजलाई परिवर्तन कालागि राजनितिक रुपमै मोर्चा सम्हाल्नुपर्ने सोचकासाथ उनि अहिले स्थानिय तहको निर्वाचनमा होमिएका छन । बुवाआमाको हौसला, साथ र सहयोगले राजनितिमा होमिएका चन्द्र शिक्षाले मात्र गाउँ, टोल, समाज र देशको मुहार फेर्न सकिन्छ भन्ने सोच राख्दछन । त्यही सोचकासाथ उनले क्यान्भास बोडिङ्ग स्कुल सञ्चालनमा ल्याएका छन । उक्त स्कुलमा प्रिन्सिपलदेखि शिक्षकसम्म सबै महिला मात्र रहेका छन । २० जना विद्यार्थीलाई ५० प्रतिशत छुटमा पठाईरहेका चन्द्रले कै नेतृत्वमा विद्यालय स्थापना गरीएको भएपनि त्यसको ब्यवस्थापकीय जिम्मेवारीमा महिलाहरु मात्र छन ।
बुवा तुले बुढा र आमा नेत्रसरा बुढाको कोखबाट २०४५ साल भदौ १५ गते बाँकेको पिपरीमा जन्मिएका चन्द्रका श्रीमती र दुई छोरी छन् । १६ वर्षको उमेरमा नै विद्यार्थी संगठन मार्फत राजनितीमा जोडिएका चन्द्र मजदुर संगठन हुँदै अहिले वडाको सचिव र नगर कमिटि सदस्य समेत छन् । विभिन्न संघसंस्थामा समेत उनले ठुलो योगदान गरेका छन् । समाज परिवर्तनका लागि निकै अहोरात्र खटिरहेका बुढा अहिले कोहलपुर ८ बाट अध्यक्ष पदमा उम्मेदवार बनेका छन् । कोरोना महामारी भएको बेलामा सबैको घरघरमा पुगेर खाद्यान्न तथा आर्थिक सहयोग गरेका चन्द्र यस पटक आफ्नो प्यानल नै बिजयी हुनेमा ढुक्क छन । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी) को संयुक्त गठबन्धनबाट कोहलपुर नगरपालिका वडा नं. ८ को साझा उम्मेदवार बनेका चन्द्र योग्य उम्मेदवार चयनमा कोहलपुरका मतदाताहरुले विवेक पुर्याउनेमा आशावादी छन ।

Nabintech