१२ बैशाख २०८१, बुधबार
अधुरो  काम पुरा गर्न पुन: उम्मेदवारी- रामशरण थारु


कोहलपुर / २०७४ सालमा पहिलो पटक स्थानीय तह निर्वाचन भयो । संघियता कार्यान्वयनमा आईसकेपछि भएको पहिलो निर्वाचनबाट देशभरका स्थानिय तहले नयाँ नेतृत्व पाए । निर्वाचनबाट कोहलपुर नगरपालिकाको समेत नेतृत्व चयन गरीयो । नगरका १५ वटै वडामा वडाध्यक्ष र सदस्यहरु चुनिए । जसअन्तर्गत कोहलपुर वडा नं। ६ मा काँग्रेसका उम्मेदवार बिजेता भए । तर उनको कार्यकाल पुरा हुन सकेन । आधा कार्यकाल पुरा गरेसँगै उनको मृत्यु भयो । बाहलवाला वडाध्यक्षको मृत्यु भएपछि उक्त पद रिक्त हुन पुग्यो । रिक्त पदपुर्तिकालागि संविधानमा उल्लेख भए बमोजिम पुन उपनिर्वाचन भयो ।

निर्वाचित भएको आधा कार्यकालमा प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष पद कुनै कारणवश रिक्त भएमा उपनिर्वाचन मार्फत पदपूर्ति हुने संवैधानिक व्यवस्था छ । सोही व्यवस्था अनुसार कोहलपुर वडा नम्बर ६ मा पनि उपनिर्वाचन भएको थियो । सो निर्वाचनबाट ६ नम्बर वडाको अध्यक्ष पदमा नेकपा ९माओवादी केन्द्र० का रामशरण थारु विजय भए । निर्वाचित भएपछि घोषणा पत्रमा राखेका विकास र समृद्धिका विषयलाई पुरा गर्न निकै गम्भिर भएर लागे । जसको फलस्वरुप वडा नम्बर ६ लाई नमूना वडाको रुपमा चिनाउन सफल भएका छन् ।

उनले आफ्नो कार्यकालमा ५० वटा भन्दा बढि योजना, निर्माण र सिपमुलक तालिम सम्बन्धी काम गरे । जसमा पक्कि भवन, सडक, ग्राभेल, नाली निर्माण, विभिन्न तालिम, मठमन्दिर निर्माण, अपाङ्गगता भएका व्यक्तिहरुलाई सहयोग, पिछडिएका वर्गलाई सिपमुलक तालिम, बैदेशिक रोजगारीबाट फर्किएका आदिवासी र दलित वर्गलाई सिपमुलक तालिम थिए ।

आफ्नो ढाई वर्षे कार्यकालभित्रै घोषणा पत्रमा उल्लेख गरेका अधिकांश कामहरु गर्न सफल थारु एक पटक पुनस् कोहलपुर वडा नं। ६ को वडाध्यक्ष पदको उम्मेदवार भएका छन । आफुले अघिल्लो कार्यकालमा के के काम गरे र अब के के गर्ने भन्ने बारेमा थारुले योजना बनाईसकेका छन् । ढाई वर्षे कार्यकालमा उनले वडाका समस्याहरु पूर्ण रुपमा पहिचान गरीसकेका छन । जनताका समस्याहरु समाधानको लागि हरदम लागिपरेकै कारण जनताले पुन आफुलाई निर्वाचित गर्नेमा थारु ढुक्क देखिन्छन ।

शिक्षा, स्वास्थ्य, कृषि, विकास निर्माण, भौतिक निर्माण र विभिन्न तालिमहरु सञ्चालन गरी युवाहरुलाई स्वरोजगार बनाउने योजना बनाएको थारु बताउँछन । “मेरो विशेष प्राथमिकताको भनेको शिक्षा नै हो ।” थारु भन्छन, “अहिले वडामा एउटा पनि सामुदायिक विद्यालय छैन । त्यसको लागि कम्तीमा १ विघा जमीनको आवश्यकता पर्दछ । त्यसको व्यवस्थापन भैसकेको छ । अब छिट्टै ६ नं। वडामा सामुदायिक विद्यालय स्थापना गराउन लागिपरेको छु ।”

उनको प्राथमिकतामा सर्पदंश उपचार केन्द्र र रझेनाबाट पश्चिम जाने बाटो पिच गर्ने, पानीको निकासको लागि नालि निर्माण गर्ने, शुद्ध खानेपानी वितरण गर्ने महिला साक्षरतालाई बढाउने, कृषककहरुलाई विभिन्न कमिटिहरु निर्माण गरी तालिमहरु प्रदान गर्ने, वडा स्तरमा उत्पादीत वस्तुको सहज विक्रि वितरण गर्नका लागि बजारिकरणमा पहल गर्ने, टोलटोलका बाटाहरु कालोपत्रे गर्ने, विद्युतको सेवा विस्तार गर्ने जस्ता विषयवस्तुहरु रहेका छन् ।

Nabintech