७ बैशाख २०८१, शुक्रबार
नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी) का उमेदवारहरुलाई विजय गराऔं


निर्वाचनको मिति सुस्तसुस्त नजिकिंदो छ । प्रस्तुत छलफल पस्कने बेलासम्म मात्र ७ दिन बाँकी छ । राजनीतिक दलहरुले पनि प्रचार प्रसारलाई आ-आफ्नो सापेक्षतामा तिब्रता दिएकै छन । नेपाली जनतालाई नयाँ समुन्नत समाजवादी राज्यको मालिक बनाउने उद्धेश्यका साथ अपुर्व त्याग र बलिदानीको अनगिन्ति शृंखला बोकेर नेपाली क्रान्तिको नेतृत्व गरेको ने.क.पा. (माओवादि केन्द्र) कोहलपुरले पनि गत स्थानीय निर्वाचनमा कोहलपुर नगरपालिकाको अध्यक्ष पदमा उमेदवारको रुपमा खडा गरेका युवा नेता नरेन्द्र न्यौपानेलाई नै यसपाली पनि अगाडी सारेर प्रचार प्रसारमा जुटेको छ ।

हामीलाई राम्रो सम्झना छ, कोहलपुरका मतदाताहरुले त्यसबेला माओवादी केन्द्रले “फगत बिद्यार्थि नेताको रुपमा उनले गरेका भाषण सुनेको भरमा अनुभवहीन युवालाई अगाडी सारेको” आरोप लगाएर झिनो मतले हराईदिए, पत्याएन । यस घटनालाई माओवादी केन्द्र कोहलपुरले नितान्त सकारात्मक पाठको रुपमा लियो र नरेन्द्रलाई पार्टी जिम्मेवारी दिएर अप्रत्यक्ष नै सही कोहलपुरकै जनसेवामा क्रियाशिल गराएर ब्यवहारमा खारेर जनताको भावि नेता तयार पार्ने नीति लियो । बितेका पाँच वर्षमा पार्टीबाट कोहलपुरमा क्रियाशिल रहेर सापेक्षिक रुपमा उनि जति खारिंदै गए सोही अनुरुप अब आफ्ना एजेण्डाको पुर्णताको निमित्त केन्द्रसम्म पहुँच बढाउन सक्नेस्तरमा पार्टी केन्द्रीय समितिको सदस्यता हासिल गर्न समेत सफल भए । सचेत प्राणी हुनुको नाताले कोही पनि मानिस कमजोरी रहित हुँदैन नै । यसैले नरेन्द्र मात्र अपवाद हुनसक्ने कुरा त हामी गर्न सक्दैनौं । तर आफ्नो पार्टी र जनता प्रति वफादार उनमा ‘जता काफल पाक्यो उतै चरी नाच्यो’ आर्थात ‘जता तगडा शक्ति त्यतै भक्ति’ गर्ने दलबदलु प्रबृत्ति देखिएन । साथै आफुले चाहेको पद नपाएको झोकमा पार्टी नै छाडेर (‘सुन्यमत’ धारी ! टेस्टेड) कथित दलबदलु राजनीतिज्ञ ! पनि बनेनन् र अहिले ‘आलो काँचो फगत विद्यार्थि नेता’ को रुपमा पनि रहेनन् । कतै युवाको नाममा अनुभव सुन्य हतारो ! गर्ने पंक्तिबाट भन्ने खालको आलोचनात्मक सवाल पनि रहेन।

यतिबेला कतिपय दलको उमेदवार वा सदस्यलाई पनि कस्तो छ निर्वाचनमा तपाईंहरुको स्थिति १ विजयी भईन्छ होला नी रु भनेर सोध्यो भने कुनै दुविधा छैन यसपाली त स्योर छ । जे होस चुनाव हो जितिहालिने भयो भनेर घरमा बसेर भएन त्यसैले घाम खाईएकै छ सर ! भन्ने गरेको पाईयो । यो भनाई सुन्दा स्वभाविक प्रश्न उठ्दोरहेछ सबै दलले जित्ने भएपछि आखिर हार्ने कसले त ! भ्रममा परियो भने हार्ने त जनताले हो ।

अतः गठबन्धनको केन्द्रीय पोलिसि सिरोपर गरेर परिपक्व राजनीतिक अभियानमा संलग्न ने.क.पा. (माओवादी केन्द्र) र ने.क.पा. (एकिकृत समाजवादी) कोहलपुरले नगरपालिकाको अध्यक्ष पदमा नरेन्द्र न्यौपाने जत्तिको पढेलेखेको र पार्टी राजनीति तथा जनसेवा बारे प्रचुर अनुभव बटुलेको युवा र उपाध्यक्ष पदमा विगत पाँच वर्षसम्म कोहलपुर नगरपालिकाकै सम्मानित जनप्रतिनिधिको रुपमा निर्वाचित भएर कामको अनुभव बटुलिसकेकी नेतृ नारायणी ओली तथा सदस्यहरुमा पनि युवाहरुलाई नै अगाडी सारेर जनता प्रतिको ईमान्दार प्रतिवद्धता प्रस्तुत गरेको कुरा मतदाताहरु विच पुर्याउनु र मतदाता शिक्षामा जोड गर्नु जरुरी छ । विश्वास छ, आदरणीय मतदाताहरुले विषयको गाम्भिर्यतालाई आत्मसात गरेर आफ्नो अमुल्यमतको सदुपयोग गर्नुहुनेछ ।

Nabintech