१४ बैशाख २०८१, शुक्रबार
हामी खजुरालाई समृद्ध बनाउँछौं : तुफान


२१ बैशाख, नेपालगन्ज । खजुरामा सबैको दुःख सुखका साथी हुन डम्बर बिक तुफान  । राजनैतिक देखी आर्थिक, सामाजिक क्षेत्रमा उतिकै सक्रिय तुफान दोस्रो पटक चुनावी प्रतिस्प्रर्धामा छन । अघिल्लो स्थानिय तह निर्वाचनमा झिनो मतले पराजित तुफान यस पटक भने बिजय हुनेमा ढुक्क छन । अघिल्लो पटक झिनो मतले पराजित भएपनि तुफानले आफ्नो खजुरामा देखाएको क्रियाशिलताबाट स्थानियहरु प्रभावित छन । यसलाई नै जितको आधारका रुपमा आफुले लिएको तुफान बताउँछन । आफ्नो बिजय घोषणा हुन मात्र बाँकि रहेको बताउने तुफान खजुरामा सबै दललाई साथमा लिएर बिकासको नेतृत्व गर्ने बताउँछन ।

विद्यार्थीकाल देखि राजनितीमा सक्रिय झन्डै ३० वर्ष देखि माओवादी राजनितमा बिभिन्न भुमिका क्रियाशिल छन । जनताको सेवा नै मुख्य काम हो भन्ने तुफान जनताका साना देखी ठुला समस्यासँग परिचित छन । कोहि दुःख बिराम परेको होस वा अन्य खाले समस्यामा सबैले उनलाई सम्झने गर्दछन । तुफानको सक्रियता र जनता प्रतिको विश्वासले खजुराको माहोल परिवर्तन भएको छ । “जनता जनार्दन हुन, हामी जनताका सेवक हौं” अध्यक्षका उम्मेदवार तुफान भन्छन “हाम्रो एजेन्डा सर्वहारा जनताको पक्षमा हो, हामी जनताको घरदैलोमा आज छौं, वर्षौ देखि सेवा पुर्‍याउदै आएका छौँ । त्यसैले यस पटक हाम्रो एजेण्डाले जित्नेछ ।” आफुसँग खजुराको समृद्धिकालागी स्पष्ट योजना रहेको तुफान बताउँछन ।

खजुरा गाउँपालिकामा रहेको खानेपानी समस्या समाधान गर्न, विद्यालयको शैशिक सुधारकालागी काम गर्न र वडास्तरबाटै जनमैत्री सेवा प्रवाह गर्न आफु उम्मेदवार बनेको उनको भनाई छ ।

खजुरा गाउँपालिकाको मुहार फेर्ने योजना आफुसँग रहेको बताउने तुफान मिश्रित बसोवास रहेको खजुरा क्षेत्रको बिकासमा योजनावद्ध तरीकाले लाग्नुपर्ने बताउँछन । अब्यवस्थीत वासोवासीलाई लालपुर्जा बितरण गर्ने काम आफु अध्यक्ष भए मात्रै सहज र सरल तरिकाले सम्पन्न गर्न सकिने उनको बुझाई छ ।

खजुरा गाँउपालिकाका सम्पुर्ण वडाका मुख्य मुख्य केन्द्रमा फ्री वाइफाइ र फ्री ईन्टरनेटको ब्यवस्था गरिने, खजुरा गाँउपालिकामा खरको छाना रहित सुरक्षीत आवासको व्यवस्था गरिने, सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुका लागि कक्षा १२ सम्म निशुल्क शिक्षाको व्यवस्था गरिने, उच्च शिक्षामा छात्रवृत्तिको व्यवस्था गरिने, भौतिक पुर्वाधार प्राधिकरणको स्थापना गरि विकास निर्माणको कार्यलाई अगाडी बढाउने, एक व्यक्ति एक रोजगार, लागाएत योजना रहेको तुफान बताउँछ ।

खजुरामा स्थानिय तह निर्वाचनकालागि नेपाली कांग्रेस र नेकपा ९माओवादी केन्द्र०बिच वाम(लोकतान्त्रिक गठबन्धन बनेको छ । उक्त गठबन्धनका तर्फबाट खजुरा गाउँपालिकाको अध्यक्ष पदमा नेकपा माओदवादी केन्द्रबाट डम्बर विक ‘तुफान’, नेपाली कांग्रेसका तर्फबाट उपाध्यक्षमा मञ्जु मल्ल उम्मेदवार भएका छन ।

Nabintech