११ बैशाख २०८१, मंगलवार
कोहलपुरका उद्योगी व्यवसायी भन्छन : हाम्रो भोट योग्य उम्मेदवार नरेन्द्रलाई


कोहलपुर बजार क्षेत्रका व्यवसायीहरुले कोहलपुरमा नापी र मातपोत कार्यालय ल्याउन भुमिका खेल्ने ब्यक्तिलाई स्थानिय तह निर्वाचनमा बिजयी गराउने प्रतिबद्धता जनाएका छन । मंगलबार बजार क्षेत्रमा गरीएको घरदैलोका क्रममा ब्यवसायीहरुले मेयर पदका उम्मेदवार नरेन्द्र न्यौपानेलाई साझा उम्मेदवारका रुपमा विजयी गराउने बताएका हुन । “कुन दलको भन्दा पनि कोहलपुरको बिकास गर्ने साझा उम्मेदवारका रुपमा हामीले नरेन्द्रलाई हेरेका छौं” कोहलपुर न्यूरोडमा ब्यवसाय गर्दै आएका एक ब्यापारीले भने ‘जसले कोहलपुरमा नापि र मालपोत ल्यायो, उसैलाई जिताउँछौं ।’

 

घरदैलोका क्रममा व्यवसायीहरुले बिगतको निर्वाचनमा पराजय पछि पनि जनताको सेवा गर्न निरन्तर क्रियासील रहँदै आएका न्यौपानलेलाई बिजयी गराउने प्रतिबद्धता जनाएका हुन । कोहलपुरका अगुवा व्यवसायी सुर्य सापकोटाले स्थानिय तहको निर्वाचन भएकाले बिकास प्रेमी र जनतामा भिजेको उम्मेदवारलाई बिजयी गराउन व्यवसायीहरु एकमत रहेको बताए ।

 

कोहलपुरको व्यवसायीक क्षेत्रलाई माथि उठाउन कोहलपुरमा मालपोत र नापि कार्यलय ल्याउन पहल गर्ने, ईलाका प्रशासन स्थपान गर्न पहल गर्ने र बिद्युत कार्यालय स्थपनाका लागी पहल गर्ने उम्मेदवारलाई नै आफुहरुले भोट गर्ने सापकोटाले बताए । ति कार्यालय स्थपना हुदा कोहलपुरको ब्यवसायीक क्षेत्रले फड्को मार्ने उनले बताए । अमुक दलको पछी लाग्दा कोहलपुरको बिकास वर्षौ पछाडी धकेलीएको भन्दै उनले अव योग्य उम्मेदवारले मात्रै कोहलपुरको बिकास गर्न सक्ने धारणा व्यक्त गरे ।

 

घरदैलोका क्रममा ठेला व्यवसायीहरुले पनि बिगत ५ वर्षमा स्थानिय सरकारका कारण आफ्नो रोजीरोटी समेत गुम्ने अवस्था आएको भन्दै आफुहरुको साथ न्यौपानेलाई रहेको बताएका थिए ।

 

घरदैलो कार्याक्रममा कोहलपुर क्षेत्रका उद्योगी व्यवसायीको सक्रिय सहभागिता रहको थियो । घरदैलोका क्रममा व्यवासयीहरुले प्रमुख पदका उम्मेदवार नरेन्द्र न्यौपाने, उप प्रमुख पदका उम्मेदवार नारायणी वली, कोहलपुर वडा नं। ११ का अध्यक्ष पदका उम्मेदवार धर्मसिह कार्की, सदस्य पदका उम्मेदवारहरु युवराज भण्डारी, हिमलाल घिमीरे, सिता थारु, अमृता परियार लगाएतलाई जितको शुभकामना दिएका थिए ।

 

घरदैला कार्यक्रममा माओवादी केन्द्रकी केन्द्रकी केन्द्रीय सदस्य पुर्ण कुमारी सुबेदी, कृष्णा केसी नमुना, एकिकृत समाजवादीका केन्द्रीय सदस्य असोक कोईराला, माओवादी केन्द्रका नेताहरु प्रकाश सुबेदी लगायतको सहभागीता रहेको थियो ।

Nabintech