६ बैशाख २०८१, बिहीबार
गाँउपालिका हाँक्ने तयारीमा जनमुक्ति सेनाका कमाण्डर युगान्त

स्यमसेवकका रुपमा बिना तलव भत्ता जनताको सेवा गर्ने उद्घोष



बैशाख २०, कोहलपुर । पुर्व जनमुक्ती सेनाका कमाण्डर हुन दिपेन्द्र शाह ९युगान्त० । जनयुद्धको क्रममा रोल्पाको गाममा भएको आक्रमणमा आर्मीको बंकरसहित मुख्य कमाण्डर र महत्वपुर्ण हतियार कब्जा गरेर कुशल कमाण्डरको रुपमा ईतिहासमा नाम दर्ज गराएका युगान्त यतिबेला बाँकेको बैजनाथ गाँउपालिकाको अध्यक्षका उम्मेदवार बनेका छन । माओवादी केन्द्र र एकिकृत समाजवादीको सयुक्त गठबन्धको उम्मेदवारको रुपमा उनि चुनाबि मैदानमा छन ।

भ्रष्द्धाचारको दलदलमा रहेको गाँउपालिकामा शुसासन कायम गरी देशको नमुना गाँउपालिका बनाउने लक्ष्यका साथ चुनाबि मैदानमा होमिएको युगान्त बताउँछन । युवा त्यसमा पनि जनमुक्ति सेनाको कमाण्डर हुनुको नाताले आफैले लडेर ल्याएको संघियता अन्र्तगतको बनेको स्थानिय तहको सरकार मार्फत जनतालाई गणतन्त्रको अनुभुत गराउने उनको लक्ष्य छ ।

पारिवारीक पृष्टभुमी :

पिता बल बहादु शाह र आमा अमृता शाहका ५ सन्तान मध्ये जेठा सन्तान दिपेन्द्रको जन्म कालिकोट जिल्ला नरहरीनाथ गाउँपालिका ८ मा २०३६ चैत्र २८ गते भएको हो । ५ सन्तान मध्ये कान्छा भाई धर्मराज शाह महान जनयुद्धका क्रममा सहिद भएका थिए । २ दिदि बहिनी र १ भाईका साथ ९युगान्त० हाल बैजनाथ गाउँपालिका वडा नं ५ मा मा बसोवास गर्दै आएका छन् ।

राजनैतिक जिवन :

२०५४ सालमा बिद्यार्थी राजनीति, २०५५ सालमा छापामार दल हुदै नियमित जनमुक्ति सेना सिपाहीबाट जनमुक्ति सेनाको बिगे्रड कमाण्डरसम्म भएका शाह राजनीति तर्फ पार्टी सदस्य हुदै गण्डक क्षेत्रिय ब्युरो सदस्य र सेनाको जनरल स्टाफ सदस्यसम्मको भुमिका निर्वाह गरेका थिए । शाह हाल नेपाल कम्युष्टि पार्टी ९माओवादी केन्द्र० को लुम्बिनी प्रदेश सदस्य सदस्य छन । जनमुक्ति सेनाको कमाण्डरको भुमिका आफुले माग्ने भन्दा पनि पार्टीको आवश्यकताका आधारमा भुमिका खेलिरहेको शाह बताउाछन । “मृत्युलाई हत्केलामा राखेर हिडेको एक योद्धा हुनुको नाताले आज म जे र जुन स्थानमा छु आगामी दिनमा पनि पार्टीको आवश्यकता अनुसार भुमिका निर्वाह गरीरहनेछु” गाँउपालिका अध्यक्ष पदका उम्मेदवार शाहले भने । बिगतमा के भुमिका निभायौ भन्दा पनि देश र जनताको हितमा काम गरिरहेको अवस्थामा गाँउपालिकाको अध्यक्षका रुपमा स्यमंसेवकको रुपमा काम गर्ने उनले उद्घोष समेत गरेका छन ।

समृद्ध बैजनाथ सुखी बैजनाथबासीको मुख्य चुनावी नारा रहेको उनको भनाई छ ।
जनमुक्ति सेनामा रहँदा देशभरका ७८ भन्दा बढि ठुला फौजी कार्वाहीहरुमा सहभागी भएका दिपेन्द्र शाह युगान्त० मुख्य रुपमा म्याग्दीको सदरमुकाम बेनि, अछामको सदरमुकाम मंगलसेन, पाल्पाको तानसेन, रुकुमको खारा, कपिलबस्तुको तौलिहवा, स्याङजाको पुतली बजार, अर्घखाँचीको सन्धीखर्क, जुम्लाको खलंगा, डोल्पाको दुनै, रोल्पाको गाम, कालिकोटको कोटवडा, दैलेखको नौमुले, अछामको बिनायक, जाजरकोटको पाँचकाटिया, लमजुङको भृपुस्ताङ रिपीटर टावर, नवलपरासीको सुनवल, लगायतको फौजी कारबाहीका लागि चर्चित छन ।

Nabintech