१४ बैशाख २०८१, शुक्रबार
तारा केशर रिजाल : वडावासीको सुखदुखका साथी


कोहलपुर ३ मा सबैको दुःखसुखका साथी हुन ताराकेशर रिजाल । राजनैतिक देखी आर्थिक, सामाजिक क्षेत्रमा उतिकै सक्रिय रिजाल दोस्रो पटक चुनावी प्रतिस्प्रर्धामा छन । अघिल्लो स्थानिय तह निर्वाचनमा आफ्नै सहोदर भाईबाट झिनो मतले पराजित रिजाल यस पटक भने बिजय हुनेमा ढुक्क छन । अघिल्लो पटक झिनो मतले पराजित भएपनि रिजालले आफ्नो वडामा देखाएको क्रियासिलताबाट स्थानियहरु प्रभावित छन । यसलाई नै जितको आधारका रुपमा आफुले लिएको रिजाल बताउँछन । आफ्नो बिजय घोषण हुन मात्र बाँकि रहेको बताउने रिजाल वडामा सबै दललाई साथमा लिएर बिकासको नेतृत्व गर्ने बताउँछन ।

४८ वर्षिय रिजाल विद्यार्थीकाल देखि राजनितीमा सक्रिय रिजाल २०५५ साल देखि माओवादी राजनितमा बिभिन्न भुमिका क्रियासील छन । जनताको सेवा नै मुख्य काम हो भन्ने रिजाल जनताका साना देखी ठुला समस्यासँग परिचित छन । कोहि दुःख बिराम परेको होस वा अन्य खाले समस्यामा सबैले उनलाई सम्झने गर्दछन । समाजिक क्षेत्रमा क्रियाशील रिजाल सगरमाथा ज्ञानकुञ्ज बिद्यालय व्यवस्थापन समितीको सदस्य, पशुपति थान मन्दिर संरक्षण समितीको सदस्यकासाथै गोजुरिया कराते दो संघ बाँकेको अध्यक्ष भएर समेत काम गरीसकेका छन ।

वडा नं ३ मा रहेको खानेपानी समस्या समाधान गर्न, बिद्यालयको शैशिक सुधारकालागी काम गर्न र वडास्तरबाटै जनमैत्री सेवा प्रवाह गर्न आफु उम्मेदवार बनेको उनको भनाई छ ।

कोहलपुर ३ को मुहार फेर्ने योजना आफुसँग रहेको बताउने रिजाल मिश्रित बसोवास रहेको थारु लगायत पहाडी समुदाय र क्षेत्रको बिकासमा योजनावद्ध तरीकाले लाग्नुपर्ने बताउँछन । झण्डै ९० प्रतिशत अब्यवस्थीत वासोवासीलाई लालपुर्जा नितरण गर्ने काम आफु वडाअध्यक्ष भए मात्रै सहज र सरल तरिकाले सम्पन्न गर्न सकिने उनको बुझाई छ । रिजाल भन्छन “केन्द्रमा माओवादीको भुमिसुधार मन्त्रालय छ, कोहलपुरमा नरेन्द्र न्यौपाने र ३ मा तारा केशर रिजाल वडा अध्यक्ष भए मात्रै अव्यवस्थीतलाई लालपुर्जा बितरण गर्न सकिन्छ ।”

रिङ रोड भएर पनि मदन चोक क्षेत्रमा कालोपत्रे हुन नसक्नु हालको नेतृत्वको असक्षमता भएको उनिको बुझाई छ ।

तारा केशर रिजालका योजनाहरु

थारु बालवालीकाको शिक्षामा पहुँच बढाउनुका साथै समबिकासमा जोड दिनुनपर्नेमा उनको जोड छ । त्यसलाई मुख्य प्राथमिकता राखेका रिजालले वडाभित्रका सबै बाटोको स्तरउन्नती र कालोपत्रेकासाथै नालि निर्माणलाई समेत प्राथमिकतामा राखेका छन । कोहलपुर ३ मा रहेको प्राथमिक स्वाथ्य चौकीलाई बर्थीङ सेन्टर र ईमरजेन्सी सेवा सहितको बनाउने रिजालको योजना छ ।

सबैको घरघरमा निःशुल्क शुद खानेपानी पुर्याउने, बिजुलीमा पहुँच पुर्याउने, कृषि तथा पशुपालनमा जोड दिई रोजगारी सृजना गर्ने, थारु होमस्टे र थारु सँग्राहलयको निर्माण उनको प्राथमिकतामा छन । यस बाहेक थारु तथा मधेसी समुदायको सरकारी सेवामा पहुँच बृद्धि गर्ने विशेष कार्यक्रम बनाउने रिजालको योजना छ ।

खेलकुदको बिकास, वडा स्तरीय रंगशाला निर्माण, कृषि हाट बजार निर्माण, निःशुल्क तथा अनिवार्य शिक्षा लागु गराउने उद्घोष गरेका रिजालले माध्यामीक तहमा अध्यनरत थारु, मधेसी तथा बिपन्न युवा, युवतीहरुलाई साईकल बितरण गरि शिक्षामा पहुँच बढाउने योजना रहेको बताउँछन ।

Nabintech