१५ चैत्र २०८०, बिहीबार
कोहलपुर ७ का स्थानिय भन्छन : ‘हामिले जिताएका नेताले धोका दिए, अब मत बदल्छौ’


कोहलपुर नगरपालिका वडा नं ७ का स्थानियले लामो समयसम्म आफुहरुले भोट दिएका दलहरुले आफुहरुलाई धोका दिएको गुनासो गरेका छन । उनहिरुले लामो सयमसम्म आफुहरुले बिभिन्न दल र ति दलका प्रतिनिधी बिजयी गराएको भएपनि कोहलपुर ७ को अस्थामा कुनै परिर्वतन नआएको गुनासो गरे ।

माओवादी केन्द्र र एकिकृत समाजवादीका संयुक्त गठबन्धनका प्रमुख र उप प्रमुख पदका उम्मेदवारसंगको भेटमा यस्तो बताएका हुन । उनिहरुले कोहलपुर ७ लाई हालसम्म कालोपत्रे बाटोले छुन नसकेको गुनासो गरेका थिए । उनिहरुले लामो सयमसम्म काँग्रेस र एमालेलाई भोट हालेको भएपनि आधारभुत बिधुत, टेलीफोन सेवा समेत प्रभावकारी नभएको बताए ।

सो कार्यक्रममा प्रमुख पदका उम्मेदवार नरेन्द्र न्यौपानेले कोहलपुरको अवस्था बदल्न जनताले भोट नै बदल्नुपर्ने आवस्यकता रहेको बताए । उनले गठबन्धका उम्मेदवारलाई बिजयी गराए । कोहलपुर ७ सको साथै समग्र कोहलपुरको अवस्था बदल्ने प्रतिबद्धता जनाए ।

प्रमुख न्यौपानेले बिजुली, कालोपत्रे, टोलीफोन सेवा बिस्तार गर्ने, डुडुवमा पुल लागायतका काम गर्ने बताए । उनले आगामी ५ वर्षमा कोहलपुर ७ को मुहार फेर्ने प्रतिबद्धता जनाए । प्रतिबद्धता अनुसार काम गरेर देखाउने कमस खाए ।

कार्यक्रममा उपप्रमुख नारायणी वली र वडा अध्यक्ष पदका उम्मेदवर कुजीया थारुले सम्बोधन गरेका थिए । वडा अध्यक्ष थारुले आफु निश्वार्थ तरिकाले कोहलपुर ७ को बिकासमा लाग्ने प्रतिबद्धता गरेका थिए । थारुले कोहलपुर ७ लाई बिकास गतीमा अगाडी बढाउने प्रतिबद्धता जनाए ।

Nabintech