१६ चैत्र २०८०, शुक्रबार
कोहलपुरमा गठबन्धनको संयुक्त प्रतिवद्धता–पत्र

५० युनिट बिजुली,खानेपानी र एम्बुलेन्स सेवा नि:शुल्क , गुणस्तरीय शिक्षा, सामुदायीक भोजनालय देखी स्मार्ट नगरपालिका बनाउने सम्मका प्रतिबद्धता - प्रमुख पदका उम्मेदवार नरेन्द्र न्यौपाने भन्छन : पुरा नभए अर्को पटक भोट माग्न आउने छैनौं ।



स्थानीय तहको निर्वाचन २०७९
कोहलपुर नगरपालिका
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) तथा
नेपाल कम्यूनिष्ट पार्टी (एकिकृत समाजवादी)को
संयुक्त प्रतिवद्धता–पत्र

आदरणीय आमा–बुवा, दिदी–बहिनी, दाजुभाई तथा सम्पूर्ण कोहलपुर नगरवासी जनसमुदायहरु,
नेपाली जनताले देशको राजनैतिक व्यवस्था र देशवासीको अवस्था परिर्वतनका निमित्त गरेका जनयुद्ध, जनआन्दोलन लगायत सम्पूर्ण राजनैतिक संघर्षहरुमा उच्च शाहदत प्राप्त गर्नुहुने महान सहिदहरु प्रति हार्दिक श्रद्धाञ्जली अपर्ण गर्दछौ। बेपत्ता, घाईते, अपाङ्ग, द्धन्द्ध पीडित लगायत सम्पूर्ण राजनैतिक योद्धाहरुप्रति उच्च सम्मान प्रकट गर्दै उहाँहरुको खोजी, उपचार, सम्मान एंवम् व्यवस्थापनका लागि निरन्तर कटिबद्ध रहने प्रतिबद्धता व्यक्त गर्दछौ ।
शदियौं देखि राज्य व्यवस्थामा जरो गाडेर बसेको उत्पीडनकारी सामान्ती राज्य व्यवस्थालाई गलहत्याउँदै जनताको प्रत्यक्ष सहभागितामा देश र देशवासीको भाग्य निर्माण गर्न नयाँ राजनैतिक एवम् समाजिक व्यवस्था निर्माण गर्नका लागि नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी) को नेतृत्वमा भएको प्रतिगमन बिरोधी आन्दोलन लगाएत लामो संघर्षको परिणाम स्वरुप देशले प्राप्त गरेको गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समावेसी समानुपातिक प्रतिनिधित्व सहितको राज्य प्रणालीलाई अझ मजबुद बनाउँदै सबैभन्दा पछाडि पारिएका शोषित पीडित वर्ग र क्षेत्रका जनताको जनजीवनमा परिणाममुखी परिर्वतन ल्याई उन्नत विकसित र समानतामा आधारित न्यायपूर्ण समाज निर्माण गर्नका लागि प्राप्त उपलव्धीहरुको रक्षा र विकास गर्दै देशलाई अगाडि बढाउन र समाजवादको लक्ष्य प्राप्त गर्न निर्वाचन मार्फत जनमतको बलबाट नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी)को नेतृत्वमा यथास्थितिवादी र प्रतिगमनकारी शक्तिलाई पराजित गनुपर्ने आजको कठिन परिस्थितिमा आम जन–समुदायको भारी समर्थन, सद्भाव र सहयोग प्राप्त हुने अपेक्षा राखेका छौं ।
यसै सन्दर्भमा २०७९ वैशाख ३० गने हुन गईरहेको स्थानीय तहको दोस्रो निर्वाचनमा देशभरका पालिका र वडाहरुमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी)को विजयले देश र देशवासीको भाग्य र भविष्य बदल्न महत्वपूर्ण योगदान पु¥याउने छ । सोही अभिभारा पुरा गर्न गोलाकार भित्रको हँसिया हथौडा र कलम चुनाव चिन्ह सहित कोहलपुर नगरपालिका र यसका १५ वटै वडाहरुमा हामी नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी) को संयुक्त तर्फबाट हजुरहरु समक्ष आफ्ना प्रतिबद्धता सहित प्रस्तुत भएका छौं । आफ्नो अमुल्य मत सहित संयुक्त गठबन्धनका सम्पूर्ण उम्मेद्वारहरुलाई विजयी गराउनु हुन अपिल गर्दछौं ।

नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी)ले कोहलपुर नगरपालिकामा विजयी भए पश्चात पूरा गर्ने प्रतिबद्धताहरु
क) सामाजिक शुरक्षा तथा लोककल्याणकारी स्थानिय सरकार
१). प्रत्येक परिवारलाई तत्काल ५० युनिटसम्म विद्युत र १० युनिटसम्म खानेपानी निःशुल्क गरिने छ ।
२) नगर भित्रका प्रत्येक परिवारसम्म बिजुली, निःशुल्क स्वच्छ खानेपानी र ईन्टरनेट सेवाको पहुँच पु¥याइने छ ।
३) नगरपालिकाभरी अति विपन्न परिवारलाई रासनकार्ड मार्फत अति सस्तो मुल्यमा दाल, चामल, पिठो, तेल लगायतका खाद्य सामग्री उपलब्ध गराईने छ ।
४) ५० वर्ष माथिका एकल व्यक्ति (महिला तथा पुरुष दुवै) लाई मासिक रु. १००० (एक हजार) नगरपालिकाबाट थप जीवन निर्वाह भत्ता उपलब्ध गराईने छ । साथै अपाङ्गता भएका व्यक्तिहरुका लागि मासिक रु. १००० (एक हजार) थप प्रदान गरिने छ ।
५) छोरी जन्मदा बित्तिकै रु. दुई लाख बरावरको निःशुल्क जीवन विमा र सुत्केरीलाई रु. ५ हजार नगद सुत्केरी भक्ता उपलब्ध गराईने छ ।
६) सरकारी विद्यालयमा पढ्ने किशोर किशोरीहरुलाई विपन्नताको आधारमा वार्षिक ५ सय साईकल वितरण गरिने छ ।
७) नगरपालिकाबाट प्रत्येक वर्ष जेटिए, स्टाफ नर्स र एम.बी.बी.एस. डाक्टर, ईन्जिनियर र पी.एच.डी अध्यन गर्न कोटा निर्धारण गरि पूर्ण एवम् आंशिक छात्रवृत्ति प्रदान गर्ने व्यवस्था गरिने छ ।
८) महत्वपूर्ण सार्वजनिक स्थलहरुलाई निःशुल्क खानेपानी, फ्रि वाईफाई क्षेत्र बनाईने छ ।
९) एल.पी.जी. ग्याँसको खपत घटाउन हरेक परिवारलाई विद्युतीय चुलो निःशुल्क वितरण गरिने छ । विधुतीय सवारी साधनहरुको प्रयोगमा प्रोत्साहन गरिने छ । नगरक्षेत्र भित्र सामुदायिक भोजनालय स्थापना गरिने छ ।
१०) कोहलपुर नगरभरी विद्युतीय नगर बस सेवा सञ्चालन गरिने छ । सो वसमा यात्रा गर्ने महिला, जेष्ठ नागरिक, विपन्न कार्ड प्राप्त नागरिकहरुलाई ५० प्रतिशत सहुलियत प्रदान गरिने छ ।
११) कोभिडका कारण धरासयी अवस्थामा रहेका सबै कृषि, पर्यटन, यातायात लगायत सबै क्षेत्रलाई माथि उठाउन केन्द्र र प्रदेश सरकारसँग समेतको साझेदारमा ठोस नीति तय गरिने छ । उनीहरुलाई राहत प्याकेज, कर छुट लगायतका कार्यक्रम तय गरने छ ।
१२) कच्ची आवास भएका नागरिकहरुलाई पक्की भवन निर्माणका लागि ५ लाखसम्म सहुलियत ऋण उपलव्ध गराईने छ ।

ख) स्वास्थ्यः
१३) आधुनिक सुविधा सहितको नगर अस्पताल स्थापना गरिने छ । हरेक नगरवासीलाई नगर अस्पतालमा सम्पुर्ण सेवा निःशुल्क गरिने छ । वडा स्वास्थ्य केन्द्रको क्षमता बिस्तार गरि वर्थिङ सेन्टर र टोलटोलमा स्वास्थ्य क्लिनिक स्थापना गरिने छ ।
१४) जनताको एम्बुलेन्स कार्यक्रम सञ्चालन गरी नगरवासीका लागि जिल्ला भित्रको एम्बुलेन्स सेवा निःशुल्क गरिने छ । सम्पूर्ण नगरवासीका लागि स्वास्थ्य बिमा अनिवार्य र सुलभ बनाईने छ ।
१५) कोहलपुर भित्र सर्पदंश उपचार सेवा, रेबिज खोप सेवा, शव पोष्ट मार्टम सेवा तथा स्वास्थ्य बिमा, रिफरल सेवा सञ्चालन गरिने छ ।

ग) शिक्षा र रोजगार :
१६) सबै विद्यालयबाट टिनको छानो र सबै घरबाट खरको छानो विस्थापन गरिने छ ।
१७) १० जोड २ पास गरेका युवाहरुलाई यातायात, मेकानिकल, निर्माण, विद्युत जस्ता क्षेत्रसँग संम्वन्धित प्राविधिक तालिम प्रदान गर्न तालिम केन्द्रको स्थपना गरिने छ ।
१८) विपन्न, अनाथ, असहाय बालबालिकालाई अध्ययन गर्न एक निःशुल्क आवासीय विद्यालय स्थापना गरिने छ । कक्षा १२ सम्मको शिक्षा निःशुल्क गरिने छ । शिक्षाको गुणस्तर सुधार गर्न अंग्रेजी माध्यामबाट अध्यापन गर्न विशेष शिक्षा नीति लागु गरिने छ । शिक्षक, विद्यालय–कर्मचारी लगायत शिक्षाकर्मीहरुको सुबिधा र पेशागत मर्यादाका लागि ठोस नीति बनाईने छ ।
१९) लागु औषध दुव्र्यसनी कम गर्न तथा सोबारे सचेतना जगाउन कक्षा ७ देखि १२ सम्म लागु औषध दुव्र्यसन न्युनीकरणबारे अतिरिक्त सचेतना कक्षा सञ्चालन गरिने छ । हरेक वडाका शिक्षित युवाहरुलाई दुव्र्यसन न्युनीकरण स्वयम् सेवकका रुपमा टोल टोलमा खटाईने छ ।
२०) आधारभूत तहमा स्थानीय पाठ्यक्रम अन्तर्गत परिवार शास्त्र एवम् नैतिक शिक्षा अनिवार्य गरिने छ । आमा शिक्षा योजना लागु गरि महिला सशक्तिकरण र लैगिंक समानतामा विशेष जोड दिईने छ ।
२१) विद्यालय तहमा पाठ्यपुस्तक र ड्रेसमा नगरभरी एकरुपता कामय गरिने छ । एक विद्यालय एक प्राविधिक धारको शिक्षा लागु गरिने छ ।
२२) हरेक विद्यालयमा खेल शिक्षक, स्वाथ्य प्राविधिक शिक्षक एवम् अतिरिक्त क्रियाकलाप शिक्षकको दरबन्दी सृजना गरि शिक्षक व्यवस्थापन गरिने छ ।
२३) कोहलपूरलाई शैक्षिक, स्वास्थ्य र औधोगिक हवको रुपमा विकास गर्ने नीति लगिने छ । साना तथा मझौला व्यावसायी एवम् कृषि उद्यमीकालागि सहुलियत कर्जाको व्यवस्था गरिने छ ।
२४) शैक्षिक बेरोजगारहरुको अभिलेख तयार गरि सम्भावित रोजगारको र स्वरोजगारकालागि नीतिगत व्यवस्था गरिने छ ।
घ) शुसासन ः
२५) निष्पक्ष, प्रतिस्पर्धी, जनमुखी एवम् पारदर्शी प्रशासनिक सेवा र घुसखोरी, कालाबजारी, भ्रष्टाचारलाई कडाईका साथ नियन्त्रण गरी जनमैत्री स्थानिय शासन कायम गरीनेछ ।
२६) ‘‘दिगो विकास र टिकाउ” निर्माणमा जोड दिईने छ । पक्की सडक, पुल, भवन आदिको निर्माणमा टिकाउ ग्यारेन्टी योजना लागु गरिने छ ।
२७) कमिशनतन्त्र र राजनैतिक संरक्षणमा गरिने आर्थिक लुटलाई गम्भीर समाजिक अपराध घोषणा गरी पूर्ण नियन्त्रण गरिने छ ।
२८) नेपालगन्ज स्थित सबै सरकारी निकायबाट दिईने सेवा कोहलपुरबाट हुने व्यवस्था गरिने छ ।
२९) सबै सरकारी सेवाहरुलाई अनलाईन उपलब्ध हुने व्यवस्था गरिने छ । ५ वर्ष भित्र नगरपालिकालाई पेपर लेस बनाईने छ ।
३०) नगर भित्रका प्रत्येक घरलाई आईडी नम्वर सहित अभिलेखी करण गरिने छ ।
३१) स्थानीय सरकारको गुनासो सुन्नका लागि “टोल फ्रि” फोन नम्बर व्यवस्था गरि गुनासो सुन्ने र त्यसको सुनुवाई हुने व्यवस्था गरिने छ ।
३२) सुशासनका लागि प्रत्येक ३ महिनामा सार्वजनिक सुनवाई गरि जनतालाई नगरमा भए गरेका सेवा बारेमा जानकारी र उत्तरदायी बनाईने छ ।
३३) विकासका काममा हुने ढिला सुस्ती कम गर्न समय मै उत्कृष्ट काम गर्ने निर्माण कम्पनीलाई पुरस्कार र ठेक्कामा लिएको काम नगर्ने कम्पनीलाई कार्यवाही गर्ने नीति लिईने छ ।

ङ) कृषि तथा भुमिहीन सुकुम्वासी :
३४) भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पूर्जा वितरण कार्यलाई यथाशीघ्र सम्पन्न गरिने छ । भूमिहीन सुकुम्बासीलाई आवास तथा रोजगार योजना लागु गरिने छ ।
३५) कृषक परिचय पत्र वितरण गरी किसानको सम्मान र जीवन स्तर माथि उठाउन ठोस नीति लागु गरिने छ । हरेक वडालाई एक कृषि तथा पशु उपज उत्पादन केन्द्रका रुपमा विकास गरि कृषि र पशु पालनमा आत्म निर्भर बनाईने छ ।
३६) नगरपालिका क्षेत्र भित्र १२ (बाह्रैै) महिना सिँचाई पुग्ने व्यवस्था गरिने छ । रजगरुवा, भरैया, चन्नहवा, चौधरीया, रझेना, चटार, गोहवा, मैटहवा लगाएतका स्थानलाई विशेष बाली उत्पादन क्षेत्रका रुपमा विकास गरीनेछ ।
३७) कृषकलाई मल, बिउ, कृषि औजार, कीटनाशक औषधि प्रविधि लगायतका सम्पूर्ण आवश्यक समग्री सहज रुपमा सुपथ मुल्यमा उपलब्ध गराईने छ । कोहलपुरमै कृषि मल तथा बिउ बिजन उत्पादन गरीनेछ ।
३८) भूमिलाई कृषि क्षेत्र, आवास क्षेत्र, बजार क्षेत्र, औधोगिक, क्षेत्र लागतका व्यवस्थित रुपमा वर्गीकरण गरि ठोस योजना लागु गरिने छ ।
३९) पशु बीमा, कृषि बीमा तथा नगदे बाली बिमा अनिवार्य गरिने छ । कृषि र पशु पालन क्षेत्रमा उत्पादनका आधारमा अनुदान दिने व्यवस्था गरिने छ ।
४०) कोहलपुर नगर भित्र कृषि तथा पशु सेवाको लागि एक किसान कल सेन्टर स्थापन गरी २४ सै घन्टा पशु भेट्नरी र जेटिए परामर्श तथा उपचार सेवा प्रदान गरिने छ ।
४१) कृषि उपज उत्पादन लागतका आधारमा सरोकारवालासँगको सहकार्यमा स्थानीय सरकारले मूल्य निर्धारण गर्ने र सो मुल्यमा बजारमा बिक्रि नभएको कृषि उपज स्थानीय सरकारले खरिद गरि अन्यत्र बिक्री गर्ने नीती अवलम्बन गरिने छ ।

च) सरसफाई तथा फोहोरमेला ब्यवस्थापनः
४२) फोहर व्यवस्थापनलाई दीर्घकालिनरुपममा समाधान गर्न आधुनिक र व्यवस्थित फोहोरमैला ब्यवस्थापन केन्द्र निर्माण गरि कार्यन्वयन गरिने छ । फोहर संकलन र व्यवस्थापन कार्य निःशुल्क र व्यवस्थित गरिने छ ।
४३) मुख्य बजार र सबै वडाहरुमा सार्वजनिक शौचालयको निर्माण गरिने छ ।
४४) सामुदायिक वन संरक्षण लगायत व्यापक वृक्षारोपण कार्य मार्फत पर्यावरण संरक्षणमा व्यापक लगानी गरिने छ ।
४५) मध्यवर्ती क्षेत्र तथा राष्ट्रिय निकुञ्ज जोडिएका वस्तीहरुलाई सुरक्षित गर्न व्यवस्थित तारबार गरिने छ ।
४६) प्राकृतिक स्रोतहरु खासगरी नदीजन्य र बनपैदावारको उपभोग एवम् ओसार पसारकालागि बिशेष नीति लागु गरिने छ ।

छ) पुर्वाधार विकास तथा उद्योग कलकारखानाः
४७) कोहलपुर नगर भित्र आधुनिक औधोगिक क्षेत्र र अटो भिलेज निर्माण गरि सञ्चालन गरिने छ ।
४८) औधोगिक लगानीलाई प्रोत्साहन गर्ने नीति लागु गरिने छ ।
४९) कोहलपुरभित्र १० हजार नयाँ रोजगारी सृजना गरिने छ, बैदेशिक रोजगारीलाई कम गर्दै जाने नीति लिईने छ ।
५०) कोहलपुरलाई व्यापारिक केन्द्रको रुपमा सञ्चालन गर्न व्यवसायी÷व्यापारी मैत्री आर्थिक नीति एवम् सरलीकृत कर योजना लागू गरिने छ ।
५१) कोहलपूर भित्र आधुनिक विधुतीय शवदाह गृह निर्माण गरिने छ ।
५२) कोहलपुर भित्रका सबै खोला नालाहरुमा स्थायी तटबन्धको व्यवस्था गरि कटान समस्या हल गरिने छ । ढल निकास एवम् नाला व्यवस्थापन गरि डुवान समस्या हल गरिने छ । राजमार्गको दाँया–बाँया आधुनिक तथा ब्यवस्थित ढल निर्माण गरीनेछ ।
५३) आधुनिक वधशाला, वसपार्कलाई आधुनिकिकरण र पर्याप्त क्षमता भएको सभागृह (सभाहल) निर्माण गरिने
छ ।
५४) नगरभित्र आवश्यकता अनुसार ट्राफिक लाईट, आकासे पुल र प्रतिक्षालय निर्माण गरिने छ । पालिका भित्रका सडकहरुमा सडक बत्ती र मुख्य सडकमा हाईमास्ट लाईट जडान गरिने छ ।
५५) कोहलपूरलाई आधुनिक रिङ रोडले घेरिने छ । रोहिणीबजारदेखि बनकटवासम्म र कोहलपूर चौराहादेखि बानियाभारसम्म ६ लेन बाटो बिस्तार गरिने छ । हरेक वडालाई मुख्य राजमार्गको कालोपत्रे सडक सञ्जालसंग जोडिने छ । बहुवर्षिय टेण्डर आह्वान गरी पाँच वर्षभित्र कोहलपुर नगरभित्रका सम्पूर्ण सडक कालोपत्रे गरीनेछ ।
५६) मजदुर सुरक्षा योजना लागु गरि पेशागत सुरक्षाको ग्यारेन्टी गरिने छ ।

ज) युवा तथा खेलकुदः
५७) प्रत्येक वडाहरुमा कम्तिमा एक खेल मैदान, फिटनेस सेन्टर (जिम हाउस) र एउटा योग केन्द्र स्थापना गरिने छ । नगर स्तरमा एक खेल मैदान रंगशाला र कबर्डहलका साथै अन्तराष्ट्रिय क्रिकेट मैदान र महिला क्रिकेट एकेडेमी निर्माणलाई गति दिईने छ ।
५८) मार्शल आर्ट खेल (जुडो, तेक्वान्दो, कराँते आदि) को प्रबद्र्धन गर्न एवम् खेलाडी र प्रशिक्षकको वृत्तिविकासका लागि विशेष योजना लागु गरिने छ ।

झ) संस्कृती तथा पर्यटनः
५९) ‘‘कृषि उत्पादन गाँउमा र औधोगिक उत्पादन शहरमा” नीति लागु गरिने छ ।
६०) ग्रामीण क्षेत्रमा होमस्टेलाई बढावा दिई आन्तरिक पर्यटन र रोजगारी सृजना गरिने छ ।
६१) थारु संस्कृति, भाषा र पहिचानलाई संरक्षण गर्न कार्यक्रम ठोस गरि लागू गरिने छ ।
६२) बाँके राष्ट्रिय निकुञ्जलाई पर्यटकिय गन्तब्यका रुपमा विकास गर्न विशेष योजना लागु गरिनेछ ।

ञ) शुरक्षा तथा दुर्घटना न्यूनिकरण :
६३) ‘‘नगरपालिका भरी सी.सी टिभी” कार्यक्रम लागु गरि चोरी, लुटपाट, सामाजिक अपराध तथा दुर्घटना न्युनिकरण गरिने छ ।
६४) सडक दुर्घटना नियन्त्रण गर्न, घाईतेहरुको उपचार गर्न, क्षतिपूर्ति तथा दण्ड जरिवानालाई व्यवस्थित गर्न विशेष निकायको गठन गरिने छ ।
६५) नगर प्रहरीलाई आधुनिकिकरण गरि प्रभावकारी बनाईने छ ।
ट) सहकारी तथा संघसंस्था ब्यवस्थापनः
६६) एक वडा एक विषयगत सहकारी निर्माण गरी उनीहरु मार्फत उत्पादन र रोजगारी सृजना गरिने छ । त्यस्ता सहकारीहरुलाई स्थानीय सरकारको तर्फबाट थप अनुदान उपलब्ध गराईने छ ।
६७) गैरसरकारी संस्थाको नियमन र व्यवस्थापन प्रभावकारी रुपमा गरी प्रदान गरिने योजनाहरुलाई परिणाम मुखी बनाउन जोड दिईने छ ।
६८) जनयुद्ध, जनआन्दोलनसँग सम्वन्धित पिडित परिवार र योद्धाहरुसँग जोडिएका संघ संस्था एवम् प्रतिष्ठानहरुलाई विशेष आर्थिक सहयोग गरिने छ ।
७९) कोहलपूर नगरपालिकाभित्र सञ्चालित अटो रिक्सा र ई–रिक्सालाई व्यवस्थित गर्न नीतिगत व्यवस्था गरिने छ । अटो दुर्घटनाका कारण सृजित समस्या समाधानका लागि बिमा लगायतका प्रक्रियामा सहभागी हुने वातावरण सृजना गरिने छ ।

ठ) संचारः
७०) नगर भित्रका स्थानीय सञ्चार माध्यमहरुलाई प्रबद्र्धन गर्न एक अक्षयकोष स्थापना गरि विकास र प्रर्बद्धनका काम गरिने छ ।
७१) संचारग्राम स्थापनाकालागि विशेष पहल गरीनेछ । कोहलपूर नगरपालिकाभित्र राष्ट्रिय स्तरको पुस्तकालय स्थापना गरिने छ ।
७२) स्थानिय संचारमाध्यममार्फत लोककल्याणकारी विज्ञापनद्धारा नगरपालिकाको सेवा प्रवाहबारे सुशुचित गराईनेछ ।

ढ) बजार ब्यवस्थापन तथा सौन्दर्यकरणः
७३) नगरभरी अव्यवस्थित रुपमा छरिएका ठेलाहरुलाई व्यवस्थापन गर्न फुटपाथ पसल एरिया छुटाउने र सोमा सबैखाले फुटपाथ व्यवसाय सञ्चालन गरिने छ । उनीहरुलाई संरक्षण र करको दायरामा ल्याईने छ ।
७४) छाडा पशु, चौपाया नियन्त्रण र व्यवस्थापनमा प्रभावकारी उपाय अवलम्बन गरिने छ ।
७५) कोहलपूर नगरभित्रका खाली तथा सार्वजनिक जग्गा तथा खाली सरकारी भवनहरुको संरक्षण गर्ने नीति लगिने छ । खाली जमिन र भवनहरुमा विभिन्न प्रशासनिक कार्यालय स्थापनाको पहल गरिने छ ।
७६) कोहलपुरको मुख्य बजार क्षेत्र, टाउन प्लान एरिया भित्र रहेका खालि रहेका ११ ओटा पार्कलाई व्यवस्थित गर्ने कार्य गरिने छ । कोहलपुर नगर भित्र एक बोटानिकल पार्क निर्माण गरिने छ ।
७७) मुख्य बजार क्षेत्रमा विधुतको तारलाई भूमिगत बनाईने छ । नगरपालिकाको समेत सहकार्यमा एबिसी केवल प्रयोगमा ल्याईने छ । विद्युत लाईनका कारण समस्यामा परेका गाँउ, घर, बस्ती र बाटोमा रहेको विद्युत पोल सार्न विद्युत कार्यालयसँग सहकार्य गरिने छ ।

समाज र राष्ट्रलाई सक्षम नतृत्वले मात्र अघि बढाउन सक्छ । सफल र विकसित राष्ट्र निर्माणमा नेतृत्वको भूमिका कस्तो हुन्छ भन्ने विश्वका कयाँै उदाहरणहरु हाम्रा सामु छन् । “लि क्वान” ले बनाएको सिंगापुर, महाथिर मोहमदले मलेसिया, शेख मक्तुम बिन रशिदले बनाएको दुवई आज विश्वका रहर लाग्दा राष्ट्रको रुपमा परिचित छन् । नेतृत्वको असक्षमताले सम्भावनाहरु कसरी खेर जाँदा रहेछन भन्ने बिगत ५ वर्षदेखी कोहलपुरले भोगिरहेको छ । विगतलाई समीक्षा गर्दै भावी दिनलाई समुन्नत बनाउन इतिहासले फेरि एक पटक कोहलपूरवासीलाई सुवर्ण अवसर दिएको छ । यसलाई खेर नफाल्ने प्रण गरौँ । उन्नत नेतृत्व जन्माउने अवसर इतिहासले समाजलाई सुम्पेको हुन्छ । नेतृत्वले गरेका राम्रा कार्यको जस र खराव कार्यको अपजस पनि समाजले नै पाउने हँुदा यस पटकको स्थानिय निर्वाचन कोहलपुरवासीकालागि सक्षम र उत्तम नेतृत्व जन्माउने साथै सम्पन्न र समृद्ध कोहलपूर निर्माणका लागि सदुपयोग हुनेछ भन्ने हाम्रो विश्वास छ । त्यसैले स्थानीय तहको निर्वाचन २०७९ मा सम्पूर्ण कोहलपुरवासीले गोलाकार भित्रको हँसिया हथौडा र कलममा मत दिई हाम्रो गठबन्धनका उम्मेदवारहरुलाई भारी मतले विजय गराउनुहुन सादर अपिल गर्दछौँ ।

परिवर्तनलाई संस्थागत गर्न स्थानीय तहको निर्वाचन,
समृद्ध कोहलपुर निर्माणकालागि हाम्रो गठबन्धन ।

Nabintech