१२ बैशाख २०८१, बुधबार
गठबन्धनका साझा उम्मेदवारको पक्षमा कोहलपुरको माहोल


कोहलपुर/कोहलपुरमा गठबन्धनका साझा उम्मेदवाहरुप्रति आकर्षण बढ्दै गएको छ । बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनकालागि चुनावी मैदानमा होमिएका नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी) को संयुक्त गठबन्धनका साझा उम्मेदवारहरुप्रति नगरवासीको आकर्षण देखिएको हो ।
मनोनयन दर्ता गरेसँगै घरदैलो अभियानमा जुटेका गठबन्धनका साझा उम्मेदवारहरुलाई नगरवासीहरुले स्वतस्फुर्त रुपमा स्वागत गरीरहेका छन । गठबन्धनबाट मेयर पदका साझा उम्मेदवार नरेन्द्र न्यौपाने र उपमेयर पदमा नरायणी वली सहित १५ वडाका वडाध्यक्ष र सदस्य गरी गठबन्धनबाट कोहलपुरमा ७७ जनाले उम्मेदवारी दिएका छन । माओवादी केन्द्रको प्रतिनिधित्व गर्दै नरेन्द्र न्यौपानेले मेयर तथा एकिकृत समाजवादीको तर्फबाट नारायणी वलीले उपमेयर पदमा उम्मेदवारी दिएकी हुन ।


त्यसैगरी गठबन्धनबाट कोहलपुर नगरपालिका वडा नं १ मा बद्रि प्रसाद जैशी, २ मा अमर विश्वकर्मा, ३ मा ताराकेशर रिजाल, ४ मा उपेन्द्रनाथ योगी, ५ मा कृष्ण बहादुर थारु, ६ मा रामशरण थारु, ७ मा कुजिया थारु, ८ मा चन्द्र बहादुर बुढा, ९ मा ओपेन्द्रनाथ योगी, १० मा कैलो बोहोरा , ११ मा धर्मसिंह कार्की , १२ मा निरक शाही, १३ मा मिना कुमारी पुन, १४ मा दान बहादुर वली र १५ मा राधेश्याम थारुले वडाध्यक्ष पदकालागी उम्मेदवारी दिएका छन ।
“परिवर्तनलाई संस्थागत गर्न स्थानीय तहको निर्वाचन, समृद्ध कोहलपुर निर्माणकालागि हाम्रो गठबन्धन” भन्ने नाराका साथ चुनावी मैदानमा होमिएका गठबन्धनका उम्मेदवारहरुले घरदैलो अभियानलाई तिब्र बनाएका छन । बिहानैदेखी अबेर रातीसम्म घरदैलो अभियान संचालनका क्रममा नगरवासीबाट अथाह माया र उर्जा प्राप्त भएको मेयर पदका उम्मेदवार न्यौपानेले बताए ।
केन्द्रीय तहको राजनीतीबाट उदाएका न्यौपाने पछिल्लो ५ वर्षको अवधिलाई कोहलपुरको राजनीतिक अवस्था, मुख्य–मुख्य समस्या र कोहलपुरको सम्भावनाका बारेमा अध्ययन गर्ने प्रयाप्त अवसरका रुपमा सदुपयोग गरेको बताउाछन । गाँउ घरका स–साना समस्यादेखि कोहलपुरलाई विकास र प्रशासनिक हिसाबले समृद्ध गर्ने काममा उनको खटाईको नगरवासीले खुलेरै प्रशंसा गर्ने गरेका छन । कोहलपुरमा विकासका काममा प्रदेश र केन्द्र सरकारसँग लबिङ गर्न होस् या कोभिडको महामारीमा जनताको घर–घरमा पुगे सेवा गर्न होस् उनी निरन्तर लागिपरेका थिए ।
गत स्थानिय तह निर्वाचनमा कोहलपुर नगर कार्यपालिका सदस्यमा निर्वाचित नारायणी वली यस पटक गठबन्धनको तर्फबाट उपमेयरको साझा उम्मेदवार बनेकी छन । नेकपा ९एकिकृत समाजवादी० की नेतृ वली कोहलपुरवासीले पुनः एक पटक आफुलाई अवसरमा दिनेमा विश्वस्त छिन । नगरपालिकाको नेतृत्वमा रहँदा विगतमा गरेका जनपक्षिय कामको मुल्याङ्कन गरेर मतदान गर्न समेत वलीले बसैलाई आह्वान गर्दै आएकी छन ।
कोहलपुरमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी) बिच चुनावी तालमेल भएपनि दुबै पार्टीका संयुक्त उम्मेदवारहरु आ–आफ्नो चुनाव चिन्हका साथ चुनावी प्रतिस्प्रर्धामा उत्रिएका छन । माओवादी केन्द्रको चुनाव चिन्ह (गोलाकार घेराभित्रको हँसिया हथौडा)तथा एकिकृत समाजवादीको चुनाव चिन्ह (कलम) मा मतदान गर्न गठबन्धनका उम्मेदवारहरुले संयुक्त रुपमा अपिल समेत गरेका छन ।

Nabintech