१३ बैशाख २०८१, बिहीबार
भ्रष्टाचारबिरुद्ध गठबन्धनका उम्मेदवारद्धारा प्रतिवद्धता ब्यक्त


कोहलपुर नगरपालिकाको गठबन्धनका उम्मेदवारहरुले भ्रष्टाचार बिरुद्ध प्रतिवद्धता जाहेर गरेका छन । बास नेपालद्धारा कोहलपुर चौराहमा आयोजित कार्यक्रमा कोहलपुर नगरपालिकाका मेयर पदका उम्मेदवार नरेन्द्र न्यौपाने र उपमेयर पदका उम्मेदवार नारायणी वलीले संयुक्त रुपमा भ्रष्टाचार बिरुद्ध प्रतिवद्धता जाहेर गरेका हुन । कोहलपुर नगरपालिकालाई भ्रष्टाचारमुक्त नगर बनाउने प्रतिवद्धता जनाउँदै मेयर पदका उम्मेदवार न्यौपानेले नेतृत्वलाई जनताले निरन्तर खबरदारी गर्नुपर्ने बताए ।

बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी) ले कोहलपुरमा चुनावी गठबन्धन गरेको छ । गठबन्धनबाट कोहलपुरको मेयर र उपमेयरमा संयुक्त उम्मेदवार बन्नुभएका न्यौपाने र वलीले भ्रष्टाचार बिरोधी अभियानमा सहभागीता जनाउँदै १४ बुँदे प्रतिवद्धता ब्यक्त गर्नुभएको हो ।

Nabintech