८ बैशाख २०८१, शनिबार
एक पटक माओवादी र नरेन्द्र न्यौपानेको भिजन हेर्ने रहर छ : कोहलपुर नगरवासी


कोहलपुर / बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा आउन १५ दिन बाँकी छ । निर्वाचनको मिति नजिकिएसँगै कोहलपुरमा चुनावी सरगर्मी बडेको छ । उम्मेदवारहरु यतिबेला घर दैलोमा पुगेर मत माग्न ब्यस्त छन ।


माओवादी केन्द्र र एकिकृत समाजवादीको गठबन्धनका साझा उम्मेदार नरेन्द्र न्यौपाने पनि यति बेला घरदैलोमा पुगेर मत माग्न व्यस्त छन । घरदैलोका क्रममा जनताहरुले यस पटक गोलाकार भित्रको हँसिया हथौडा र कलम चिन्हमा मतदान गरि गठबन्धनका उम्मेदवारलाई बिजयी गराउने प्रतिबद्धता जनाएको प्रमुख पदका उम्मेदवार न्यौपानेले बताए ।

उप–मेयरको सझा उम्मेदवार नारायणी वली

परिर्वतनका लागी लडेको र संघियता आफुहरुको एजेण्डा भएको भन्दै न्यौपानेले यस पटक माओवादीको स्थानिय सरकार हेर्न आफुहरु आतुर रहेको जनताहरुले बताई रहेको उनको भनाई छ ।
कोहलपुर ३ का धौ बहादुर महतराले माओवादीले लडेर ल्याएको संघियताको मर्म अनुसारको स्थानिय सरकार हेर्न आफुहरु आतुर रहेको बताए । ५ वर्ष पछि फेरी चुनाव आउने भन्दै उनले समुन्नत कोहलपुर निर्माणकालागि एक पटक गठबन्धनका साझा उम्मेदवारलाई भोट हाल्ने बताए । उनले माओवादीले अगाडी सारेको नरेन्द्र न्यौपानेको टिम हर हिसबले योग्य र सक्षम रहेको बताए ।
कोहलपुर ३ का वडा अध्यक्षका उम्मेदवार तारा केशर रिजाल पनि समाजिक हिसावले अतिनै लोकप्रिय रहेको उनको भनाई छ ।
कोहलपुर १५ का शिव प्रसाद थारुको पनि बुझाई उस्तै छ । थारुले नेकपा एमाले र नेपाली काँग्रेसले अघिल्लो निर्वाचनमा बिजयी भएपछि सन्तोषजनक काम नगरेको बताउछन । उनले कोहलपुर १५ मा ५ वर्षमा ५ सय मिटर बाटो समेत कालोपत्रे नभएको भन्दै हालका जनप्रतिनिधीले तलवभक्ता खाने र कमिशनका आधारमा योजना निर्माण र बितरण गर्ने गरेको दावी गरे ।
उनले कोहलपुर १५ को बिकास नहुनुको दोष काँग्रेस र एमाले लिनुपर्ने भन्दै यस पटक आफुहरु भोट परिवर्तन गर्ने पक्षमा रहेको धारणा राखे । कोहलपुर १५ लाई नेपाली काँग्रेसले भोट बैकका रुपमा प्रयोग गरेको भन्दै उनले कोहलपुरबासीको चेतनमा परिर्वतन आईसकेको बताए । पैसा, मासु, पनिर र रक्सीमा भोट आफ्नो पक्षमा पारेको बिगतको ईतिहासलाई बिर्सन उनले दलहरुलाई सुझाव दिए ।
माओवादी केन्द्र र एकिकृत समाजवादीको संयुक्त गठबन्धनले हाल कोहलपुर नगर पालिकाको १५ बटै वडामा घरदैलो, जन भेटघाट र गुनासो संकलनको काम गरिरहेको माओवादी केन्द्रका नगर अध्यक्ष अवराज खड्काले जानकारी दिए ।
स्थानिय तहको निर्वाचनमा कोहलपुरमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी) बिच चुनावी गठबन्धन भएको छ । गठबन्धनको तर्फबाट कोहलपुरको मेयरमा नरेन्द्र न्यौपाने र उप–मेयरमा नारायणी वली सझा उम्मेदवारका रुपमा चुनावी मैदानमा होमिएका छन ।

Nabintech