१५ चैत्र २०८०, बिहीबार
कोहलपुरका लागी नरेन्द्र न्यौपाने नै किन ?


२०७४ सालको स्थानिय तहको निर्वाचनमा कोहलपुरमा मेयर पदका उम्मेदवार थिए युवा नेता नरेन्द्र न्यौपाने । निर्वाचनमा उनि पराजित भए पनि सामाजिक तथा राजनितिक रुपमा उनको सक्रियता कायम नै रह्यो । जसका कारण आसन्न निर्वाचनमा उनि कोहलपुरको मेयरकालागि सबैभन्दा बलियो उम्मेदवारका रुपमा अगाडी आएका छन ।

माओवादीबाट चुनावी मैदानमा होमिने तयारीमा रहेका न्यौपानेले विगत ५ वर्षदेखी छाँया मेयरका रुपममा कोहलपुरका जनताको सेवा गरीरहेका छन । प्रशासनसंग सम्वन्धीत काम, बिकाससंग सम्वन्धीत काम र जनसेवाको काममा उनि निरन्तर लागी रहेका छन ।

जनताको काममा निरन्तर खट्ने न्यौपाने जनताको सेवा र कोहलुरको बिकासकालागि पदमै रहनु पर्छ भन्ने नभएको बताउछन । केन्द्रीय तहको राजनिती गरेर कोहलपुर आए लगतै मेयरमा चुनाव लडेर पराजित भएका न्यौपानेले पछिल्लो ५ वर्षको अवधिमा कोहलपुरको भु–राजनैतिक अवस्था, मुख्य–मुख्य समस्या र कोहलपुरको सम्भावनाका बारेमा समेत अध्यन गर्ने प्रयाप्त मौका पाएको बताउँछन ।

गाँउ घरका साना तिना समस्या देखी कोहलपुरलाई बिकास र प्रशासनिक हिसावले समृद्ध गर्ने काममा उनको उत्तिकै खटाई छ । कोहलपुरमा बिकासका काममा प्रदेश र केन्द्र सरकारसंग लबिङ होस या कोभिडको महामारीमा जनताको सेवामा उनि निरन्तर खटिरहे । न्यौपानेकै नेतृत्वमा कोभिड महाकारीका समयमा कोहलपुर क्षेत्रका बिपन्न तथा मजदुरहरुकालागि १ हजार २ सय बोरा चामल तथा दाल बितरण गरिएको थियो ।

कोहलपुरका १५ वटै वडाका बिपन्न तथा दैनिक रोजगारी गुमाएकाहरुका लागी नेकपा माओवादी केन्द्रले राहात स्वरुप चामल तथा दाल बितरण गरेको थियो । त्यती मात्रै होईन न्यौपानेले चिकित्सक सहितको टोलि लिएर २ सय ५० जना कोभिड संक्रमितको घर घरमा पुगेर औषधि तथा परार्मश सेवा समेत दिएका थिए । न्यौपानेकै नेतृत्वमा कोभिडका कारण मृत्यु भएकाहरुको निशुल्क शव व्यवस्थापनको काम समेत कोहलपुरमा गरिएको थियो ।

कोहलपुरलाई प्रशासनिक केन्द्रका रुपमा बिकास गर्न पनि न्यौपानेको उत्तिकै सक्रियता रह्यो । माओवादी केन्द्रका युवा नेता न्यौपानेको विशेष पहलमा कोहलपुरमा ईलाका प्रशासन कार्यालयको स्थपना तथा बिधुत बितरण कार्यालयको स्थपना भईसकेको छ भने कोहलपुरमा नापि तथा मालपोत कार्यालयको शाखा स्थपनाको नितीगत निर्णय भईसकेको छ ।

नरेन्द्र न्यौपानेको व्यक्तिगत खटाई र दौडधुपका कारण आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा माओवादी केन्द्र र एकिकृत समाजवादी बि चबनेको गठबन्धन बाट उनले मेयर पदमा उम्मेदवारी दिएका छन ।

चुनावमा टिकट पाएपछि मात्रै सक्रियता देखाउने र जनताको सेवामा लाग्ने राजनैतिक संस्कारलाई न्यौपानेले चुनौती दिएको कोहलपुरका अगुवा व्यवसायी बलराम काफ्ले बताउँछन । चुनावमा टिकट पाएपछि क्रियाशिल हुने, हारे पछि घर बस्ने, जित मात्रै जनताको सेवा गर्न सकिन्छ भन्ने मान्यतालाई समेत युवा नेता न्यौपानेले तोडिदिएको काफ्लेको भनाई छ ।

छाँया मेयरका रुपमा जनताको सबैखाले समस्यामा साथी बनेका न्यौपानेलाई एक पटक कोहलपुरको मेयरका रुपमा कोहलपुरका जनताले हेर्न चाहेको कोहलपुर उद्योग बाणिज्य संघका संस्थापक सदस्य शेषकान्त्त शर्माको भनाई छ । न्यौपाने बिजयी भएमा पश्चिम नेपालको सम्भावनको शहर कोहलपुर देशमै नमुना र अग्रणी बिकास हुने उनले बताए ।

 

कोहलुरको बिकास गर्न भिजन भएको नेतृत्व र सबै दलको साथ आवश्यक हुने युवा नेता न्यौपानेको भनाई छ । “नेतृत्व र पहल एक ठाउमा छ, साथ र सहयोग सबैको अवश्यक हुन्छ” न्यौपानले भने । नेतृत्व क्षमताका कारण पछिल्लो ५ वर्ष खेर गएको बताउने न्यौपानेले अब पनि जुझारु नेतृत्व नपाउने हो भने कोहलपुरको बिकास धेरै पछाडी धकेलिने बताए ।

के छन त कोहलपुरमा न्यौपानेका योजना ? (कुराकानिमा आधारित)

– समुन्नत कोहलपुर निर्माणका लागी हाम्रो पहिलो प्राथमिकता शुसासन र पादरर्शी स्थानिय सरकार नै हुनेछ । स्थानिय सरकारले गरेका काम र योजनाहरु बारे जनतालाई जानकारी दिने र त्यस बारे स्थानियबासीको गुनासोलाई सम्बोधन गर्ने कुरालाई हामी प्राथमिकतामा राख्ने छौ ।

– हामि कोहलपुरमा लोक कल्याणकारी स्थानिय सरकार बनाउने योजनामा छौं । खास गरि सार्वजनिक सेवा, सार्वजनिक सरोकारका क्षेत्र र आधारभुत बस्तु तथा सेवाको उपभोगमा कोही दबिएको अथवा उत्पीडनमा परेको महसुस गनु पर्ने छैन । निःशुल्क शिक्षा, स्वाथ्य मा सबैको पहुच कायम हुनेछ । आधारभुत उपभोग्य खाद्य वस्तुमा सबैको पहुच कामय गर्न सहुलियतमा खाद्य बस्तु प्राप्त गर्ने आधार तय गरिने छ ।

– नगर अस्पतालबाटै नागरीकहरुलाई सबै खाले स्वाथ्य सेवा निःशुल्क रुपमा लिनका लागि अस्पतालको पुर्वाधार र प्रबिधी बिकास गर्ने तथा अन्यत्र जानै पर्ने अस्वस्था सृजना भए अत्याधुनिक एम्बुलेन्स चिकित्सकिय सेवा निःशुल्क बनाउने छौ ।

– बिजुली र खानेपानि लागायतका अनिवार्य र आधारभुत बस्तु तथा सेवालाई सबैको पहुच कामय गर्दै सर्बसुलभ बनाईने छ ।

– सार्वजनिक बिद्यालयको शिक्षाको गुणस्तरलाई बृद्धि गर्न सबै प्रयासहरु गरिने छ । भौतिक पुर्वाधार, जनशक्ति बृद्धिमा मुख्य ध्यान केन्द्रीत गरिने छ । बिपन्न तथा अनाथ बाल बालिकालाई पठन पाठन गर्न आवशिय बिद्यालयको स्थापन गर्ने सोचमा छौ ।

– संबिधानको मर्म अनुसार दलित तथा भुमिहीन सुकुम्वासीलाई भुमिको मालिक बनाउने नितीलाई कार्यन्यन गर्न स्थानिय स्तरबाट ठोस कदम चालिने छ । साथै कोहलपुको समस्याको रुपमा रहेको अब्यवस्थीत बसोवासीहरुको समस्या समाधान गर्न भुमि सुधार मन्त्तालय र भुमि आयोगको काम लाई प्रभावकारी ढंगले अगाडी बढाईने छ । १ वर्ष भित्रमा भुमि समस्या समाधान गरि जग्गा धनि प्रमाण पुर्जा बितरण बितरण गर्ने गरि काम गर्ने छौ ।

– पर्यटन, कृषि तथा पशु पालन, औधोगिक क्षेत्रको बिकास गरि रोजगारका सृजना गर्ने तथा शैक्षिक बेरोजगारहरुको अभिलेख तयार गरि रोजगारी सृजना लगायतका कम गरिने छ ।

– कोहलपुरको बिकासकालागि निजी क्षेत्र, सहरकारी र स्थानिय सरकारको समस्यमा फोहर मैला व्यवस्थापन, छाडा पशु, चौपाय ब्यवस्थापन, ठेला व्यवसायीलाई व्यवस्थापन, आटो रिक्सा व्यवस्थापनको काम गर्ने छौ ।

– मजदुरहरुका समस्या समाधान श्रम ऐनको, समाजिक सुरक्षा ऐन कार्यानयनमा स्थानिय सरकारले समेत आवश्यक समन्वय तथा पहल गर्नेछौ ।

– किसान कल सेन्टर बाट कृर्षि तथा पशुपालन क्षेत्रको समस्या समाधान, निःशुल्क टोल फ्रि सेवा मार्फत स्थानिय जनताको जनगुनासो सुन्ने र समाधान गर्ने तथा नगर पालिकाको सम्पुर्ण कामलाई पेपरलेस बनाउने तर्फ काम गर्ने छौ ।

– बिधुतीय सेवा प्रयोगमा प्रोत्साहन गर्न, ईन्डक्सन चुल्हो, बिधुतिय सवारी साधन प्रयोगमा प्रत्साहन गर्ने छौ ।

– बिकासका कामलाई टिकाउ र दिगो बनाउन नितिगत सुधारका काम गर्ने छौ । केन्द्र र प्रदेश सरकार संगको सहकार्यमा ठुला तथा नमुना बिकासका योजनाहरुलाई अगाडी बढाउने छौ । कोहलपुरलाई प्रशासनिक केन्द्रको रुपमा बिकास गर्न थप प्रयासहरु हुने छन ।

– समग्रमा आगामी ५ वर्षमा हामी लोक कल्याणकारी, सुसासन र पादरर्शी स्थानिय सरकार निर्माण गर्ने छौ । बिकासका हिसावले समुन्नत कोहलपुर निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नेछौ । रोजगार सृजना र कृषि क्षेत्रमा ठुलो पड्को मार्ने छौ । कोहलपुर र कोहलपुरवासीका लागी आगामी ५ वर्ष स्वणीम कार्यकाल हुनेछ ।

– राजनिती सेवा हो । रोजगार अथवा पैसा कमाउने र भ्रष्टाचार गरेर अकुत सम्पती आर्जन गर्ने माध्याम बन्नु र बनाईनु हुँदैन । सोही आधारमा म अधिल्लो कार्यकालमा पराजित भएर पनि निरन्तर जनताको सेवामा छु । जनताको सेवा गर्न थप प्टेलफर्म पाएमा एकाकार भएर कोहलपुरका बिकास र पहुचकालागी अगाडी बढ्ने छौ ।

Nabintech