७ बैशाख २०८१, शुक्रबार
राप्ती सोनारीमा माओवादी केन्द्रले टुङ्गयायो उम्मेदवारहरु


नेकपा माओवादी केन्द्रले राप्ती सोनारीका ९ वटै वडामा वडा अध्यक्ष सहितको वडा सदस्यहरुको टुङ्गो लगाएको छ । माओवादी केन्द्रले १ नं वडामा हंश बहादुर कुमाल, वडा नं २ मा तिलक घर्ती ,वडा नं ३ मा हरि प्रसाद चौधरी, वडा नं ४ मा मिनराज खड्का ९सन्तोष० वडा नं ५ मा अहिलेका वर्तमान वडा अध्यक्ष झगरु थारु, वडा नं ६ मा वर्तमान वडा अध्यक्ष जनक बहादुर थारु, वडा नं ७ मा वर्तमान वडा अध्यक्ष राम लखन थारु, वडा नं ८ मा बिष्णु के।सी र वडा नं ९ मा देवीराम थारुलाई सर्वसम्मत अध्यक्ष पदको लागी उम्मेदवार बनाउने निर्णय गरेको छ । वडा न। १ का अध्यक्ष कुमाल पुर्व जनमुक्ती सेना, जिल्ला सांस्कृतिक टोलीको सदस्य सहिद परिवार हुँदै अहिले १ नं वडाको पार्टी सचिव हुन, उनी युवा जोस जागरका साथ निर्वाचन जित्ने दाउँमा छन् । वडा न। २ का वडा अध्यक्षका उम्मेदवार घर्ती पुराना नेता तथा समाज सेवी हुन । यस्तै वडा नं ३ का अध्यक्षका उम्मेदवार थारु युवा व्यवसायी तथा पार्टीका पुराना कार्यकर्ता हुन । पहिलो पटक निर्वाचनमा होमिएका थारु वडा नं ३ मा जित्ने आधार धेरै रहेकोले अलिकति मेहनत गरे चुनाव जित्ने प्रतिकृया दिन्छन् । वडा नं ४ का अध्यक्षका उम्मेदवार खड्का अघिल्लो निर्वाचनमा झिनो मतले हार व्यहोरेका उनी यसपाली जित शुनिश्चित रहेको बताउँछन् । पेशाले स्वास्थ्यकर्मी रहेका उनी सबैको माझ प्रिय छन् । वडा न। ५ का अध्यक्षका उम्मेदवार थारु अहिलेको वर्तमान निर्वाचित वडा अध्यक्ष हुन । पहिलो कार्यकालमा बाँकी रहेका अधुरा काम पुरा गर्ने बाचा गरिरहेका थारु यस पटक पनि निर्वाचन जित्ने बताउछन । वडा नं ६ का अध्यक्षका उम्मेदवार पनि अहिलेको वडा अध्यक्ष हुन । निकै लोकप्रिय कार्य गरेका थारु अहिले पनि आफ्नो पक्षमा जनमत रहेको दावी गर्छन । पार्टीको जिल्ला समन्वय समिति तथा राप्ती सोनारीको उपाध्यक्ष समेत उनी रहेका छन् । वडा न। ७ का अध्यक्षका उम्मेदवार पनि अहिलेको वडा अध्यक्ष हुन । खरो र स्पष्ट वक्ताको रुपमा चिनिने थारु सबैको लोकप्रिय छन् । उनी अहिले पार्टीको गापा सह सचिव छन् । वडा नं ८ का अध्यक्षका उम्मेदवार के।सी सफल युवा व्यवसायी हुन । उनको उक्त वडामा निकै राम्रो छवि छ । वडा नं ९ को अध्यक्षका उम्मेदवार थारु करिब ३४ वर्ष विद्यालयमा प्रधानाध्यापक भएर काम गरेका थारु वडाध्यक्षका लागि सर्वसम्मत उम्मेदवार सिफारिस भएका हुन । जनाताको चाहाना बमोजिम मैले वडाध्यक्ष पदमा उम्मेदवारी दिएको छु छातीमा हात राखेर भ्रष्टाचारका विरुद्धमा काम गर्ने योजना रहेकोले आफुले उम्मेदवारी घोषणा गरेको प्रतिक्रिया दिएका छ्न । सवै वडाहरुमा सदस्यहरु समेत छनौट भएका छन ।

 

Nabintech