१२ बैशाख २०८१, बुधबार
म माथि लगाईएका आरोपहरु निराधार हुन : वडा अध्यक्ष निरज चलाउने


कोहलपुर/कोहलपुर १० का वडा अध्यक्ष निम बहादुर चालउने निरजले कोहलपुर ८ पिपरीकी २८ बर्षिय दिल माया परियार बुढाथोकीले आफु माथि लगाएको आरोप निराधार भएको बताएका छन ।
बुधवार कोहलपुरमा पत्रकार सम्मेलन गरेर दिल मायाले आफु माथि वडा अध्यक्ष चलाउनेले प्रलोभन देखाएर यौन शोषण गरेको आरोप लगाएपछि वडा अध्यक्ष चलाउनेले पनि पत्रकार सम्मेलन मार्फत आरोपको खण्डन गरेका हुन ।
उनले दिलमायाले आफ्नो ८ लाख रुपैया चेक चोरी गरेर लगेको सो बारे अदालतमा मुद्धा चलि रहदा सो बारे बच्नका लागी निराधार आरोप लगाएको बताए । उनले पिएस निर्माण सेवा र आफु बिचको संयुक्त कारोवारमा सिक्नेचर गरेर राखेको चेक चोरी गरी बैक बाट पैसा लगेपछि आफुले कानुनि उपचार खोजेको र सो बाट बच्न आफु माथि यौन शोषणको निराधार आरोप लगाईएको बताए ।
पत्रकार सम्मेलनमा वडा अध्यक्ष चलाउनेले चेक चोरी गरेपछि दिलमायाले पैसा फिर्ता स्वरुप दिएको एनआईसि एसियाको ८ लाख बरावरको चेकको फोटोकपि , दिलमाया संग फेसबुक म्यासेन्जरमा भएको कुराकानि लगायतका प्रमाणहरु समेत सार्वजनिक गरेका थिए ।

Nabintech