७ बैशाख २०८१, शुक्रबार
वडा अध्यक्ष चलाउनेले प्रलोभन देखाएर यौन शोषण गरे : दिलमाया 


कोहलपुर/कोहलपुर ८ पिपरिकि २८ बर्षिय दिल माया परियार बुढाथोकीले आफुलाई नेपाली काँग्रेसका नेता एंव कोहलपुर १० का वडा अध्यक्ष निम बहादुर चालउने (निरज)ले प्रलोभन देखाएर यौन शोषण गरेको आरोप लगाएकी छन ।

बुधवार कोहलपुरमा पत्रकार सम्मेलन गरेर उनले आफुमाथि भएको यौन शोषण बारे सम्वधित निकायमा उजुरी गर्दा समेत सुनवाई नभएको गुनासो गरीन । दिलमायले उजुरी र आवश्यक प्रमाण लिएर प्रहरी कार्यालय जाँदा उजुरी दर्ता गर्नुको सटो ईलाका प्रहरी कार्यालय कोहलुरका डिएसपि ऐन बहादुर मल्लले  यौन द्रुव्यवहार गरेको भिडीयो ल्याएको खण्डमा मात्रै मुद्धा दर्ता गर्ने बताएको गुनासो गरिन ।

पत्रकार सम्मेलनमा आफ्ना कुरा राख्दै दिलमाया

समान्य नागरिक भएको भए मेरो मुद्धा दर्ता हुन्थ्यो होला तर नेपाली काँग्रेसका नेता एंव वडा अध्यक्ष भएको हुनाले मेरो मुद्धा दर्ता गरिएन पत्रकार सम्मेलनमा दिलमायाले भनिन ।

डिएसपि मल्ले राजनैतिक दवाव आउने भएकोले आफुले मुद्धा दर्ता नगर्ने बताएको उनको भनाई थियो ।

ईलाका प्रहरी कार्यालय कोहलुरका प्रमुख डिएसपि ऐन बहादुर मल्लले केही दिन अघी दिल माया माथि चेक चोरी मुद्धा लागेको र सो मुद्धाको अन्तीम निरुपण नभएको र प्रयाप्त प्रमाण नभएकाले मुद्धा दर्ता नगरिएको जानकारी दिए ।

उनले अघिल्लो मुद्धा पनि कोहलपुर प्रहरीले चलाएको हुनाले माथिल्लो निकायमा गएर मुद्धा दर्ताको प्रक्रियामा जान सुझाव दिए ।

यस विषयमा आरोपित चलाउने सँग बुझ्न खोज्दा आफुले पत्रकार सम्मेलन गरेर आरोपको खण्डन गर्ने भन्दै थप केहि बोल्न चाहेन्न ।

पत्रकार सम्मेलनमा के भनिन दिलमायाले

कोहलपुर नगरपालिका वाड न १० का वडा अध्यक्ष निम बहादुर चलाउने निरज संग मेरो करिव ३ महिना अघि पहिलो भेट भएको थियो ।

म एक क्यामिकल कम्पनिको सेल्स म्यानेजरका रुपमा काम गर्थे, उहाँ निरज चलाउनेले कोहलपुरमा स्टार लेवलको होटल खोल्ने तयारी गरिरहनु भएको रहेछ । क्यामीकल कम्पनीको डिष्टि«ब्युटर बन्ने भन्दै पहिलो पटक मलाई माघको १६ गते  कोहलपुर ११ को गुरास कफि सपमा बोलाउनु भयो । उहाँ लगायत अन्य दुई जनासंग चिनजान र कफि खाएर हामि छुटियौ । त्यस लगतै हाम्रो दैनिक भेट घाट हुन सुरु भयो । माघको २४ गते उहाँ निरज चलाउनेले काठमाण्डौ जान लाग्नु भएको रहेछ मलाई राझाँ एयर पोर्टमा बोलाउनु भयो । म एयरपोट गए , म काठमाण्डौ जानुपर्ने भयो भोलि तिमी पनि काठमाण्डौ आउनु  तिमित संग मैले केही प्रस्ताव राख्नु पर्ने छ भन्दै आफ्नै ई सेवा आईडी बाट काठमाण्डौ जाने २५ गते दिउसो २ बजेको टिकट म्यासेज गरिदिनु भयो । स्किीनको उपचार गर्न भन्दै म २५ गते गए ,एयरपोट बाट म एक जना चिनजानको दिदीको कोठमा जाने तयारी थियो । उहाँले मैले तिम्रो लागी कोठा बुक गरेको छु भन्दै सुन्धाराको मोनार्क होटलमा लैजानु भयो । उहाँले मेरो केही प्रस्ताव छ त्यही कुरा गरौला भनेको हुनाले म पनि उहाँ संगै मोनार्क होटलमा गए ।

होटलमा उहाँले मलाई २ वटा योजना सुनाउनु भयो । पहिलो होटल ट्रिटप हेभनको सञ्चालनको र व्यवस्थापन तिमीले हेरीदिनु पर्ने भयो । मेरो श्रीमती बितेकाले श्रीमान र श्रीमतीको रुपमा नभएपनि म तिमीलाई श्रीमतीकै रुपमा संरक्षण अभिभावकत्व लिन्छु भन्ने प्रस्ताव राख्नु भयो ।

म एकल महिला र संरक्षक नभएकाले म उहाँको प्रस्तावमा राजि भए । हामी होटलमा संगै बस्यौ । श्रीमती बनाउछु भने पछि हामी बिच सबैखाले सम्वन्ध भयो । भोली पल्ट २६ गते स्किनको चेक जाँच गरि सकेपछि हामी साँझ पख एउटै प्लेनमा नेपालगंज फर्कीयौं ।

काठमाण्डौ बाट फर्किसकेपछि उहाँ निरज चलाउनेले म आफु राप्ती सोनारी पार्टीको काम बिशेषले जानु पर्ने भएकाले यो चेक भजाएर पैसा राख्नु म साझ आउछु भन्दै पिएस निर्माण सेवाको ८ लाखको सरिता कुमारी चौधरीको नाममा काटिएको चेक दिनु भयो । मैलो पनि सो चेक लिएर बैंक गए । तर सो दिन पैसा नभएका कारण सो चेक साटिएन । चेक साटिएन भन्दा त्यो चेक तिमी संगै राख केही दिनमा साटिन्छ भन्नु भयो । सो चेक मैले आफु संगै राखे ।

उहाँको प्रलोभनमा परेर आफुले सबैकुरा उहाँलाई सुम्पेको हुनाले मैले उहाँसंग थप छलफल गरौ भनेर समय मागे । उहाँले फागुनको ७ गते होटल म्याक्समा बसेर सबै कुरा गरौला भन्नु भयो । ७ गते बास बस्ने गरि होटल म्याक्समा म गए , उहाँ पनि आउनु भयो । कोठामा पुगिसके पछि उहाँको ध्यान मेरो शरिर माथि मात्रै थियो । मैले उहाँले देखाएको प्रलोभन सम्झाउन खोजे । त्यस पछि समान्य बिवाद भएपछि म रातको समयमा होटल म्याक्स बाट घर तर्फ गए ।

फागुन ८ गते बिहान उहाँले आज चेँक साटीन्छ बैंक जानु र साँझ पैसा लिएर मलाई भेटनु भन्नु भयो । त्यो दिन १२ बजेको आसपास चेक साटीयो र मैले साँझ नगद पैसा ल्याएर उहाँलाई दिए ।

पैसा दिई सकेपछि मैले उहाँलाई तपाईका प्रतिवबद्धता पुरा गनु पर्ने मेरो संरक्षकत्व लिनुपर्यो भन्न थाले । उहाँ अटेर गरि रहनु भयो । फागुनको २९ गते म निम बहादुर चलाउने निरज बिरुद्ध प्रलोभनमा पारेर यौन शोषणको मुद्धा लिएर ईलाका प्रहरी कार्यालय कोहलुर पुगे । तत्कालीन डिएसपि  रबिन्द्र खनालले एक चोटी वडा अध्यक्ष संग छलफल गर्नुहोस भन्ने आग्रह गनु भयो ।

म ठिक छ भन्दै दिन भर छलफलको पर्खाईमा ईलाका प्रहरी कार्यालयमा बसीरहे तर साँझ पख भने मलाई चेक चोरी मुद्धा भन्दै उल्टै प्रहरी हिरासतमा राखियो ।

चेक चोरी मुद्धाको अनुषन्धान त्यती जटिल नभएपनि मलाई आनाहकमा २३ दिन प्रहरी हिरासतमा राखियो ।

१ लाख पचास हजार धरौटीमा मलाई अदालतले छाडीदियो । मुद्धा चलिरहेको छ । आफ्नो तर्फबाट सबै प्रमाणहरु मैले अदालतमा पेश गरेकी छु ।

हाल मलाई बिभिन्न खाले धम्कीहरु आई रहेका छन । म म माथि भएका शोषण बारे छानबिन र कारवाही होस भन्ने माग सहित प्रहरीकोमा पुगेकी थिए । तर प्रहरीले पनि त्यती बेलामा पनि आनावश्यक मुद्धा बनाएर मलाई हिरासतमा राख्यो । अहिले मेरो मुद्धा द्धर्ता गरेको छैन । मलाई न्याय दिलाउन तपाईहरुले कलम चलाई दिनु पर्यो ।

(दिलमायाले पत्रकार सम्मेलामा बोलेका कुराहरु )

Nabintech