१२ बैशाख २०८१, बुधबार
सिरहाबाट लागूऔषधसहित दुई युवक पक्राउ


प्रहरीले सिरहाबाट बिभिन्न लागूऔषधसहित दुई जना युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरीको खड्क नगरपालिका-७ बस्ने २५ बर्षीय नागेश्वर भगत र धनुषाधो औरही नगरपालिक(५ बस्ने २९ बर्षीय रमन कुमार कर्ण रहेका छन् ।

प्रदेश नम्बर ०२–०२३– प. ९३९ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई मोटरसाइकल चेकजाँच गर्ने क्रममा धनगढीमाई नगरपालिका १० बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट नोफिन १९४ एम्पुल, प्रोमिथोजाईन ३४२ एम्पुल, डाईजोपाम ३८२ एम्पुल र लेवल नभएको १८२ एम्पुल फेला परेको सिरहा प्रहरीका प्रबक्ता एवं डीएसपी सुवास बुढाथोकीले जानकारी दिए ।

पक्राउ परेका उनीहरुलाई इलाका प्रहरी कार्यालय लहानको नियन्त्रणमा राखी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Nabintech