१३ बैशाख २०८१, बिहीबार
भेरी अस्पतालमा दुईजना कोरोना संक्रमितको मृत्यु


नेपालगञ्ज / बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा एकजना दाङकी महिला र एकजना बाँकेका पुरुष छन् ।

मंसिर २५ गते अस्पताल भर्ना भएकी गढवा गाउँपालिका–७, दाङकी ४९ वर्षीया महिलाको आज बिहान ३ बजे मृत्य भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए ।

यस्तै मंसिर ३० गते अस्पताल भर्ना भएका बाँकेको बैजनाथ गाउँपालिका–५ का ६८ वर्षीय पुरुषको गएराति ११ बजे मृत्यु भएको वलीले बताए ।

योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४१ पुगेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

Nabintech