१५ चैत्र २०८०, बिहीबार
कानुन व्यवसायीको धर्नामा प्रहरीले हस्तक्षेप गरेपछि घम्साघम्सी


काठमाडौं / प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग गर्दै आन्दोलनरत कानुन व्यवसायी र प्रहरीबीच आइतबार पनि घम्साघम्सी भएको छ । एक महिनायात प्रधानन्यायाधीशको राजीनामा माग्दै कानुन व्यवसायी आन्दोलनरत छन् ।

थप आन्दोलनको कार्यक्रम घोषणा गरेर प्रदर्शनमा उत्रिएका नेपाल बार एसोसिएसनका पदाधिकारी तथा कानुन व्यवसायीहरुको धर्नामा प्रहरीले हस्तक्षेप गरेपछि धकेलाधकेल भएको हो ।

नेपाल बार एसोसिएसनमा भेला भएका कानून व्यवसायीले हातमा कालोपट्टी बाँधेर प्रधानन्यायाधीशको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरिरहेका छन् । प्रधानन्यायाधीश राणाले अदालतको गरिमा कायम राख्न नसकेको, विकृति, विसंगति र भ्रष्टाचार रोक्न नसकेको लगायतका माग राखेर कानुन व्यवसायीहरुरु आन्दोलनरत छन् ।

Nabintech