१३ बैशाख २०८१, बिहीबार
‘चतुरबहादुरको चर्तिकला’मा गगन र विश्वप्रकाश किन मौन ?


नेपाली क्रिकेटमा फेरि एकपटक डोजर चलेको छ । पहिलो पटक डोजर चल्दा पूर्वकप्तान पारस खड्कालाई कप्तानी छोड्न बाध्य पारिएको थियो । यसपटकको डोजर उनका उत्तराधिकारी कप्तान ज्ञानेन्द्र मल्लमाथि बज्रेको छ ।

मल्लको कप्तानी मात्र छिनिएको छैन, उनलाई २०२२ को पहिलो ६ महीना सेन्ट्रल कन्ट्रयाक्टबाट पनि बाहिर पारिएको छ । यही प्रकरणमा यस्तै सजायको भागीदार बनाइएका छन्, उनका उपकप्तान दीपेन्द्रसिंह ऐरी । अग्रज खेलाडी सोमपाल कामी र कमलसिंह ऐरी पनि यही घानमा पिसिएका छन् ।

चारै जनालाई दिइएको समान सजाय भनेको उनीहरूलाई २०२२ को पहिलो ६ महीना सेन्ट्रल कन्ट्रयाक्टमा बाहिर पारिएको हो । यसको अर्थ हो, ६ महीना उनीहरूले राष्ट्रिय टिममा भरसक खेल्न पाउँदैनन्, खेल्न पाइहाले पनि विना पारिश्रमिक खेल्नुपर्छ । अझ यसको सोझो अर्थ हुन्छ, उनीहरूले ६ महीनासम्म भोकै खेल्नुपर्छ ।

यो आफैंमा कति अमानवीय दण्ड हो रु गम्भीर भएर सोच्न जरूरी छ, सजाय दिनेहरूले त सोच्न जरूरी छ नै, यस्तो अमानवीय सजाय दिएको देख्नेरसुन्ने जो–कोहीले पनि सोच्न जरूरी छ । यो रमिता हेर्ने बेला हैन ।

यस्तो अमानवीय सजाय पाएका क्रिकेटरहरू जसले आफ्नो सारा युवा समय खर्च गरेर देशका लागि खेलिरहे, उनीहरूले एउटा साझा प्रश्न गरेका छन्, ‘हामीले देशका लागि खेलेबापत पाएको पुरस्कार यही हो रु’

यो प्रश्नले जो कोही नेपालीलाई पनि भावुक बनाउँछ । मल्ललाई हटाउँदा कप्तानी पाएका सन्दीप लामिछानेका केही फ्यान र यो निर्णय गर्ने क्यान पदाधिकारीका परिवार सदस्य र केही आसेपासेलाई अपवादमा राखौं, बाँकी घरदेशमा बसेका हुन् या परदेशमा सारा नेपाली स्तब्ध छन् ।

आखिर क्रिकेटरहरूले के त्यस्तो अपराध गरे रु र, यस्तो सजाय पाए रु के उनीहरूले देशलाई लज्जित पार्ने काम गरेका थिए रु के उनीहरूले टीमको नेतृत्व गर्न नसकेर हो रु के उनीहरू फर्ममा नभएर खेल्न नसक्ने भएर हो रु के उनीहरूले खेलमा अनुशासनहीन काम गरेर हो रु यी सबै प्रश्नको एउटै उत्तर छ, हैन । जब खेलसँग सम्बन्धित यी सबै प्रश्नको उत्तर ‘हैन’ हुन्छ भने उनीहरूले देशका लागि भोकभोकै भएर खेल्नुपर्ने, यो कस्तो सजाय हो रु

उनीहरूलाई निष्कासन गर्नेले नै कारण बताएका छन्( उनीहरू मिडियामा बोले रे । टिमको ग्रेडिङ गर्ने नाममा केही खेलाडीमाथि अन्याय भएको थियो, कप्तानका हिसाबले त्यसको बारेमा बोल्नु उनको धर्म थियो, बोले। जब जायज भनाइप्रति बेवास्ता गरियो तब उनीहरू खुला समाजमा जाने भनेको त मिडियामै हो । नेपालको संविधानले वाक् तथा प्रकाशन स्वतन्त्रताको पूर्ण प्रत्याभूति गरेको छ । यसको अर्थ हो, यो वा त्यो बहानामा कसैले पनि कसैको वाक् स्वतन्त्रता खोस्न पाउँदैन । तर, दुर्भाग्य नेपाल क्रिकेट संघले उनीहरूको संविधानप्रदत्त वाक् स्वतन्त्रतामाथि प्रहार गर्दै यस किसिमको कठोर सजाय दिएको छ ।

यो सजाय विरूद्ध जसले जहाँबाट जे गर्न सकिन्छ, गर्नुपर्छ, अहिलेको समयको माग भने पनि आदेश भने पनि यही नै हो । हात बाँधेर रमिते हुने छूट कसैलाई छैन ।

अब प्रश्न उठ्छ, चारतारे कांग्रेसका महामन्त्री गगन र विश्वप्रकाश मुखमा बुजो लगाउन खोज्ने आफ्नै पार्टीका जिल्ला सभापति चतुरबहादुरको चर्तिकला हेरेर मात्र बस्छन् कि केही गर्छन् पनि र? खासगरी देशका युवाहरूले यो प्रश्नको उत्तर कुरामा हैन, काममा खोजिरहेका छन्

यही सन्दर्भमा मुलुकले देशका दुई युवा आइकन गगन थापा र विश्वप्रकाश शर्मा जो भर्खरै नेपाली कांग्रेसको महामन्त्रीमा चुनिएका छन्, उनीहरूतिर ठूलो आशले हेरिरहेको छ । यसको कारण छ, त्यो के भने अहिले नेपाल क्रिकेट संघ ९क्यान० को अध्यक्ष छन् चतुरबहादुर चन्द । यी चतुरबहादुर नेपाली कांग्रेस बैतडीका सभापति हुन् । र, उनी कांग्रेसको गुट राजनीतिमा डा। शेखर कोइराला गुटका हुन् जुन गुटबाट गगन महामन्त्रीमा निर्वाचित भएका छन् भने विश्वप्रकाश पनि यस अर्थमा फरक कित्ताका मानिस हैनन् । यो निर्णयका लागि निर्णायक व्यक्ति नै यिनै चतुरबहादुर हुन् । यिनै चतुरबहादुर अहिले पनि यो निर्णयको बचाउ गर्दै बालुवाटार धाइरहेका छन् । उनले प्रधानमन्त्री देउवालाई भेटेर यस प्रकरणमा आईसीसी तानिने र फेरि नेपाली क्रिकेट प्रतिबन्धित हुने त्रास देखाइरहेका छन् ।

यसरी अन्याय गर्ने चतुरबहादुरलाई कताबाट हो, ठीक ठाउँमा ल्याएर यो निर्णय तुरून्त फिर्ता गराउनुपर्ने भएको छ । नेपालका लागि खेलिरहेका क्रिकेटरले यस्तो पुरस्कार पाउनुहुँदैन भन्ने नजिर स्थापना गर्नका लागि यसो गर्न आवश्यक मात्र हैन, अपरिहार्य नै छ । नेपाली क्रिकेटको सुन्दर भविष्यका लागि पनि यसो गरिनै पर्छ ।

नेपाली कांग्रेसमा नवनिर्वाचित महामन्त्रीद्वय थापा र शर्मा दुवै युवा हुन् । उनीहरू नेपाली युवा कसरी क्रिकेटसँग जोडिएका छन् र यो निर्णयले उनीहरूको संवेदनामाथि कसरी घनले ठोकिरहेको छ भन्ने पनि राम्ररी बुझ्छन् । र, यो पनि सत्य हो कि त्यस्तो अन्याय गर्ने चतुरबहादुर एक चारतारे जिल्ला सभापति हुन् र उनका महामन्त्री गगन र विश्वप्रकाश हुन् । जब स्थिति यस्तो छ, त्यस्तो अवस्थामा पनि गगन र विश्वप्रकाशले केही गर्दैनन् भने नेपाली युवाले उनीहरूप्रति पनि अमिलो मन बनाएर सोध्नेछन्, आफ्नो पार्टीका जिल्ला सभापतिले यस्तो अन्याय गर्दा पनि केही गर्न नसक्ने तिमीहरू हामीले के आशा गर्ने रु

जितको फूलमाला नओइल्याउँदै गगन र विश्वप्रकाशलाई समयले यो परीक्षामा आमन्त्रित गरेको छ । के कसरी हुन्छ रु यो अन्यायपूर्ण कदम सच्चिनुपर्छ र बेलाबेलामा सनकका भरमा नेपाली क्रिकेटमा बुल्डोजर चल्ने श्रृङ्खला अन्त्य हुनुपर्छ । सम्झौताका नाममा कुनै गल्ती नै नगरेका क्रिकेटरको स्वाभिमानमाथि खेल्ने काम गरिनुहुँदैन । वाक् स्वतन्त्रतालाई संविधानले नै प्रत्याभूत गरेको देशमा राष्ट्रिय गौरवका प्रतीक बनेका क्रिकेटरको मुखमा बुजो लगाउन खोज्ने चतुरबहादुर र उनका चौकडीमाथि कारबाही हुनैपर्छ । ताकि, क्यान अर्को एन्फा नहोस् र चतुरबहादुरको रूपमा गणेश थापाको अर्को अवतार पनि भोग्नु नपरोस् ।

गगन र विश्वप्रकाश, दुवैलाई राम्ररी थाहा छ, कांग्रेसको चारतारे झण्डामा अंकित एक ताराले प्रतिनिधित्व गर्छ, वाक् स्वतन्त्रताको । तर, दुस्खको कुरा, त्यो झण्डाधारी चतुरबहादुर नै क्रिकेटरको मुखमा बुजो लगाउन खोजिरहेका छन् यतिबेला । यस्तो बेला गगन र विश्वप्रकाश रमिते बन्न सक्दैनन्, बन्नु पनि हुँदैन।

समयको माग यही हो, जसले समयको पदचाप सुन्छ, उही हुन्छ हुन्छ। तपाईंहरूलाई समयले नेता बन्न दिने एउटा सुनौलो अवसर दिएको छ ।

पछिल्लो समय नेपाली क्रिकेट सबैलाई एक सूत्रमा बाँध्ने एक किसिमको कडी भएको छ । त्यसमा पनि युवा पुस्ताका लागि त यो एक दिउँसै देख्ने सपना भने पनि हुन्छ । यस्तो सपनामाथि जहाँ र जसले ऐंठन लगाउने कोशिश गरेका छन्, त्यसको सबैतिरबाट भर्त्सना हुनुपर्छ ।

अनलाईन खवरबाट

Nabintech