१५ असार २०७९, बुधबार
उद्घोषित‘क्रमभंग’ र क्रान्तिकारीहरुमा जागेको उमंग


*Every Communist must grasp the truth:“Political power grows out of the barrel of a gun.”

*Politics is war without bloodshed while war is politics with bloodshed.Mao Tse-tung

यतिवेला नेपालका मुख्य राजनीतिक पार्टीहरु महाधिवेशनमा केन्द्रित भएका छन।नेकपा एमालेले के पि ओली लाई अध्यक्ष चयन गर्दै महाधिवेशन सम्पन्न गरको छ।भर्खरै नेपाली काङ्ग्रेसको केन्द्रीय अधिवेशनमा शेरबहादुर देउपाले विजय हासिल गरेको सन्दर्भ छ। हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र)ले पनि स्थानीयतह देखि प्रादेशिकतह सम्मका आफ्ना पार्टी कमिटिहरुको सम्मेलन गरेर आउँदो पौषमा हुने भनिएको राष्ट्रीय सम्मेलनको तयारीमा जुटेकोछ।यही सिलसीलामा अध्यक्ष कामरेड प्रचण्डले पार्टीका नौ वटै प्रदेशका सम्मेलनहरु लाई एकैपटक (जुम प्रविधिको प्रयोग गर्दै)सारगर्भित सम्बोधन गर्नुभएकोछ।संबोधनको क्रममा “परिवर्तनको संवाहक भएर पनि हाम्रो पार्टी अरु संसदवादी पार्टीहरु भन्दा फरकहुन नसकेको तथा सारमा ‘विग्रिएको निश्कर्ष निकाल्दै आफु हरेक यथास्थितिमा ‘क्रमभङ्ग’ गर्दै यहाँसम्म आएको र अब पनि विद्यमान विसंगतियुक्त यथास्थितिमा रमाउन नसकिने तर्कराख्नु भयो। अध्यक्षको ‘क्रमभंग’को यो संदेशले जहाँ क्रान्तिकारीहरु भित्र एकप्रकारको उमंग शृजना गरेको छ त्यहीं शेयर मार्केट को नामबाट प्रतिकृयावादी खैलावैला शुरु भैसकेको छ।

जति वेला अर्धसामन्ति र अर्ध औपनिवेशिक उत्पिडनबाट ग्रस्त नेपालको राजनीतिक संघर्षको इतिहासमा जमेको अकर्मन्य यथास्थिति माथि अध्यक्ष क०प्रचण्डको नेतृत्वमा तत्कालिन हाम्रोपार्टी नेकपा (माओवादी)ले २०५२ फागुन १ गते बाट ‘क्रमभंग’को बन्चरो उध्यायो।अन्तर्राष्ट्रीय कम्युनिष्ट आन्दोलन रक्षात्मक स्थितिमा र पेरुमा चलेको जनयद्धले पनि धक्का खादै गरेको अवस्था थियो।

विषम परिस्थितिमा पनि प्रारम्भमा उल्लेखित क.माओका उद्ग्गार कुनैपनि कम्युनिष्टले बलियो गरी बुझ्नु पर्दछ कि “राजनीतिक सत्ता बन्दुकको नालबाट जन्मिन्छ”भन्ने यही एक शुत्रीय मार्गदर्शनमा १२ बर्ष सम्म चलेको युगान्तकारी महान जनयुद्धको प्रक्रीयाबाट सामन्तवादको अन्त गरीयो र पुनःयही शुत्रको आलोकमा बृहद शान्ति सम्झौता सम्पन्न मात्र भएन‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ स्थापना गरेर देशलाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२समेत दिने सफलता प्राप्तभयो !

तर शान्तिकालमा प्रवेश गरेपछि हाम्रो पार्टी विचार र आचरणका दृष्टिले कम्युनिष्टहरुको मुख्य मार्क्सवादी आदर्श ‘सामुहिक निर्णय र ब्यक्तिगत जवाफदेहिता’ बाट चिप्लिएर ‘सामुहिक निर्णय, (कृयाशिलता एवं त्याग,समर्पण) र ब्यक्तिगत ब्रह्मलुट’मा रुपान्तरण हुनपुग्यो।संसद,सत्ता र शक्तिमा भएका पार्टीका प्रतिनीधि (सांसद)हरु जिल्लातिर फर्केको वेला जिल्लाका सरकारी कार्यालयहरुले गाडि र पेट्रोल टक्र्याउन पर्ने।साहु महाजनहरुले प्लेनको टिकट ब्यवस्था गरिदिनु पर्ने।संघीय सांसदको मुख्य तजविजीमा बाँडिने स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रमबाट निर्माणहुने आयोजना बाट १० % कमिसन अनिवार्य हासिलहुने।कार्यक्रम बाँडफाँड आवश्यक्ताको आधारमा भन्दा आफु पुनः निर्वाचितहुने मनसाय बाट प्रेरित भएर पाहीक पारेर वितरण गरिने।आफुले सिफारिस गरेका प्रत्येक योजनाबाट अटोमेटिक १० % कमिशन प्राप्तहुने परिपाटी संगै आफैले निर्वाचित गरेर पठाईएका स्थानीय होस वा केन्द्रीय प्रतिनीधिहरु मालिक जस्ता र कार्यकर्ता दास जस्ता बन्न पुगेको अवस्था नग्नरुपमा स्थापित हुन पुग्यो। संगठनात्मक रुपमा पुस्ताहस्तान्तरण भए चकाचौंध पारिने जस्ता फोश्रा आस्वासनको भरमा नवगठित स्थानीय कमिटीहरुले कुनै तात्विक भिन्नता देखाउन भन्दा कमिटिगत स्टाटस भजाएर नीजि आर्थिक स्तर विकास गर्ने र गुटगत क्रियाकलापमा तल्लिन हुनुबाहेक अरुकुनै उदाहरणीय उपलब्धि दिन सक्ने कुरै थिएन।पार्टी गुट उपगुट र वार्गेनींगको प्रदुषित संस्कृतिबाट अध्यक्षको सम्बोधन पश्चात पनि माथि उठ्न सकेको देखिंदैन।भर्खरै सम्पन्न गरीएका प्रदेशकमिटीहरुमा सम्मेलनले नेतृत्व चयन गर्न नसकेको तितो यथार्थ विद्यमान छ भन्न लाज वा दकस मान्न पर्ने देखिन्न।

उत्पादन र विकास तिर हेर्ने हो भने विगतमा देशको ८० % भुभाग माओवादी नियन्त्रणमा रहेको यथार्थ किवदंति बन्न पुगेको छ।अवैज्ञानिक कतिपय विकासे योजनाहरु पनि सरकारी नियन्त्रण बाहिर छन। गाउँमा स्थानीयतहमा निर्वाचित जनप्रतिनीधि आँफै स्कावेटरका मालिक छन र जनताका खेतबारी खनेर जहाँपायो त्यहाँ अवैज्ञानिक तवरबाट बाटो निर्माणकार्यले बाढी र पहिरो निम्तिएर उठिवास पारेकोछ।निश्चयपनि यही र यस्तै विसंगतिहरुलेनै अरुपार्टी र हाम्रो पार्टी विच खासै भिन्नता नदेखिएको हुनु पर्दछ।

जनयुद्धकालमा आफ्नो आधारईलाकाको रुपमा स्थापित क्षेत्रहरु तथा सहीद वेपत्ता योद्धाहरु का परिवारहरुको अद्यावधि दुरुह अवस्था र अर्कोतिर देशमा विद्यमान विद्युत उत्पादन बृद्धिको स्थितिले हिमाली तथा मध्यपहाडी ईलाकाहरुमा गाउँ गाउँमा केबुलकार र रोपवेको जाल बिच्छ्याएर खेत बारी खन्ने र पहीरो पिडितहुनु पर्ने अवस्थाको अन्त्य गर्न सकिने दृष्टिक्षितिजमा प्रकट स्पष्टचित्रको सलवलाहटले पनि अवश्य प्रेरित गरेको हुनुपर्दछ। हिमाली र मध्यपहाडी क्षेत्रमा फलफुल,जडिबुटी उत्पादन र मौरी,चौंरी, भेडा तथा च्याङ्रा पालन लगायत कृषिजन्य उत्पादन र वजारीकरणको निमित्त रोप वे र केबुलकारको महत्व नितान्त बढेर गएको र यसरी गाउँलाई बजारसंग जोड्न सकिने तर्फ कुनैपनि सरकारले सिन्को नभाँचेको स्थितिले पनि त्यत्तिकै पिरोलेको हुनु पर्दछ।

पार्टीको वैचारिक मार्गदर्शन गरेको क०माओको त्यही सुत्र ‘…..शान्तिपुर्ण राजनीति रक्तविहीन युद्ध हो’को आलोकमा अब विगतका आधारईलाका (९७ % भुभाग) लाई पहिला युद्धस्तरमा अझ भनौं माओवादी स्प्रिटमा पुजींवादमा रुपान्तरण नगरिकन यही तालले समाजवादको यात्राको कुरा गर्नुले अरुहरुभन्दा भिन्दैपरिचय असम्भव छ भन्नेकुरा स्वतःसिद्धछ।अतः क.अध्यक्षको दिमागमा राष्ट्रीय तथा अण्तर्राष्ट्रीय स्तरमा विकसित घटनाक्रमहरु संगै देश र पार्टी भित्र पन्पिरहेका यी र यस्तै थुप्रै लथालिंगे स्थितिले पनि थपविचारको विकास तथा राजनीतिक र आर्थिक उत्पादनको क्षेत्रमा विद्यमान असंगतिबाट मुक्तिको निम्ति ‘क्रमभंग’ र विचार शंस्लेषण अनिवार्य बोध भएको हुनु पर्दछ ।

लेखक ओमप्रकाश के सी ’प्रयत्न’ नेकपा (माओवादी केन्द्र) का नेता हुनुहुन्छ ।

 

Nabintech