१३ बैशाख २०८१, बिहीबार
स्प्रिङडेलका प्रीन्सिपल रावलद्वारा १७ बर्षीय छात्रामाथी बलात्कार


बाँके / बाँके प्रहरीले एउटा बलात्कारको घटना लुकाउन खोजेको छ ।

नेपालगन्जका एक बोर्डिङ स्कुलका प्रिन्सिपलले आफूलाई बलात्कार गरेको भन्दै छात्राको उजुरीमा ती प्रिन्सिपल पक्राउ परेको घटना बाँके प्रहरीले लुकाउन खोजेको हो ।
कपडाको एउटा धोती समात्दा प्रेस विज्ञप्ती सार्वजनिक गर्ने बाँके प्रहरीले यति ठूलो बलात्कारको घटना भने गुपचुप राखिरहेकोछ । नेपालगन्ज कारकाँदो स्थित स्प्रिङडेल एकेडेमीका अध्यक्ष तथा प्लस टू तर्फका फाउण्डर प्रिन्सिपल हिक्मत रावलले छात्रालाई बलात्कार गरेको लिखित जाहेरीमा उल्लेखछ ।

छात्राको बलात्कारको उजुरी परेको र रावल पक्राउ परेको पाँच दिन वितिसक्दा पनि प्रहरीले यति ठूलो बलात्कारको घटना गोप्य राखेकोछ । शिक्षकले आफ्नै छात्रालाई ट्युसन पढाउने नाममा होटलमा लगि पटक–पटक बलात्कार गर्दा पनि प्रहरीले छात्राको जाहेरी परिसकेको यति ठूलो बलात्कारको घटना गोप्य राख्नु प्रहरीको नियतमाथि प्रश्न चिन्ह खडा भएकोछ ।
आफूलाई हिक्मत रावलले पटक–पटक बलात्कार गरेको भनि छात्राले जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी दिएपछि प्रहरीले रावललाई पक्राउ गरि हिरासतमा राखेकोछ । रावल नेपालगन्जको रङ्गशाला नजिकै रहेको नेपालगन्ज टेक्निकल कलेजको अङ्ग्रेजी विषयको शिक्षक समेत हुन् ।

छात्राले आफूलाई बलात्कार गरेको भनि यही मंसिर २३ गते जिल्ला प्रहरी कार्यालय बाँकेमा शिक्षक हिक्मत रावलका नाममा जाहेरी दर्ता गराएकी थिइन् । जाहेरी लगत्तै प्रहरीले शिक्षक रावललाई नेपालगन्ज टेक्निकल कलेजबाटै पक्राउ गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम डिएसपी मधुसुदन न्यौपानेले आफ्नै कलेजकी छात्रालाई बलात्कार गरेको आरोपमा रावललाई प्रहरीले हिरासतमा लिएर अनुसन्धान थालेको जानकारी दिए ।

४० वर्षिय रावलले १७ वर्षिया छात्रालाई पटक–पकट बलात्कार गरेको प्रहरीले जनाएकोछ । कोरोना कहरको दोस्रो लहरमा बन्द रहेका शैक्षिक संस्थाहरुले पढाई निरन्तरता दिन अनलाई कक्षा सञ्चालन गरेका थिए । अनलाईन कक्षा अध्ययन गरिरहेकी ती छात्रा कारणबस केही दिन अनलाई कक्षामा नियमित उपस्थित हुन सकिनन् ।
प्रहरीका अनुसार, अनलाईन कक्षामा शिक्षकले पढाएको कोर्ष छुटेपछि शिक्षक रावलले पढाईमा सहयोग गर्ने भन्दै अतिरिक्त कक्षाका लागि भेट्न थाले । ती छात्राले आफ्नो अध्ययनमा सहयोग पाइने भएपछि शिक्षक रावलप्रति विश्वस्त हुन्छिन् र छुटेको कोर्ष पुरा गर्ने भन्दै शिक्षक रावलले भनेको सबै कुरा मान्दै छात्रासंगको भेट बाक्लिदै जान्छ । आफूलाई पढाउने शिक्षकले अध्ययनमा सहयोग गर्ने भएपछि उनी शिक्षकप्रति विश्वस्त हुँदै शिक्षकले बोलाएको स्थानमा आउजाउ गर्न थाल्छिन् । यो सिलसिला नियमित चल्दै जान्छ । सामाजिक सञ्जाल र मोबाइलबाट शिक्षक रावलले छात्रामाथि दवावमुलक सम्बन्ध अगाडी बढाउँदै लग्छन् ।

आफ्नै छात्रामाथि कुदृष्टि राखेका रावलले डर, धम्की देखाउँदै विभिन्न बहाना र प्रलोभनमा पारि अन्तत्ः आफ्नै छात्रालाई बलात्कार गर्छन् । शिक्षक रावलले पहिलो पटक गत साउन २८ गते नेपालगन्जस्थित रोयल होटलमा छात्रालाई बोलाउँछन् । आफ्नो बासस्थान होटलमै रहेको भन्दै ती छात्रालाई पढ्न होटलमै आउन भन्छन् । अनि रावलले पहिलो पटक रोयल होटलमा छात्रामाथि बलात्कार गर्छन् । अनि रावलले ‘तिम्रो नग्न तस्विर म सँग छ’ भन्दै छात्रामाथि दवाव र मानसिक यातना दिन थाल्छन् । त्यसपछि उनले २ दिनपछि साउन ३० गते पुनः छात्रालाई सोही होटलको कोठा नम्बर १०४ मा लगेर बलात्कार गर्छन् ।

आफ्नै पिता समान शिक्षक रावलले आफूमाथि बलात्कार गरेपछि उनी मानसिकरुपमा प्रताडित बन्दै जान्छिन् । उनले छात्रामाथि झन्–झन् यौन सम्पर्कका लागि दवाव दिन्छन् । रावलले फोटो र भिडियो सार्वजनिक गरिदिने भन्दै निरन्तर दवाव दिन थालेपछि ती छात्राले फेरि रावलको कुरा स्वीकार्न बाध्य हुन्छिन् ।
अन्ततः शिक्षक रावलले यही मंसिर १० गते तेस्रोपटक छात्रालाई आफ्नै घरमा लगेर बलात्कार गर्छन् । रावलको पटक–पटकको बलात्कार र मानसिक तनाव थेग्न नसकेपछि छात्राले अन्तत्ः न्यायका लागि प्रहरीको ढोका ढकढकाउन पुग्छिन् ।

पक्राउ परेका शिक्षक रावललाई अदालतबाट ७ दिनको म्याद थप गराई अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी न्यौपानेले बताए ।

साभार सेतोखरी

Nabintech