७ बैशाख २०८१, शुक्रबार
माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटीमा बाँकेबाट १८ चएन


कोहलपुर /नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र लुम्बिनी प्रदेशको प्रथम सम्मेलन बाट बाँकेका १८ जना प्रदेश कमिटीमा चएन भएका छन ।
२ दिन सम्म चलेको प्रदेश सम्मेलन बाट भुगोल र समाबेसी गरी १८ जना प्रदेश समितीमा चएन भएका हुन ।भगोल तर्फ कोहलपुरबाट नरेन्द्र न्यौपाने , नेपालगंजबाट अकल बहादुर बम, खजुरबाट आई पि खरेल , राप्ती सोनारीबाट अमर खड्का , बैजनाथबाट दिपेन्द्र शाह युगान्त , नरैनापुरबाट शाब्बीर खान, डुडुवाबाट जगदीश बहादुर सिंह ठाकुर, जानकीबाट रक्षा राम बर्मा चएन भएका हुन । त्यसैगरी महिला बाट अञ्जना चौधरी , रेणुका खड्का , मञ्जु रोकाय , मनीषा चदारा कमला न्यौपाने , दलित बाट डम्बर बिक तुफान , अन्य बाट नरेन्द्र पाण्डे , नबिन शर्मा , डिल्ली प्रसाद बराल र तुला राज बिष्ट गरी १८ जना प्रदेश कमिटी चएन भएका हुन ।


सम्मेलन बाट प्रदेश कमिटी सदस्यहरु चएन भएको र कमिटीको पहिलो बैठक बाट पदाधिकारी चएन गर्ने माओवादी केन्द्रले जनाएको छ ।
प्रदेश कमिटी अध्यक्षका लागी लुम्बिनी प्रदेशका पुर्व मन्त्री सुर्दशन बरालको नाम सबै भन्दा अगाडी छ ।

Nabintech