७ बैशाख २०८१, शुक्रबार
बाँकेको संगठन बिस्तारमा एकीकृत समाजवादी


कोहलपुर/बाँकेको कोहलपुर नगरपालिकामा नेकपा एकीकृत समाजवादीले आफ्नो संगठन विस्तार वाड ,टोल सम्म पुर्‍याएको छ। संगठन विस्तारकै सिलसिलामा कोहलपुर २ मा वडा भेला गरि प्रताप सिह ठकुरीको अध्यक्षतामा ४५सदस्यीय वडा कमिटी गठन गरेको छ। कमिटिको उपाध्यक्षमा सिंह बहादुर मल्ल, टुकादेवि थापा, सचिवमा दुर्गा सुनार, सहसचिवमा यामकुमारि शर्मा रहेका छन। नगर उपाध्यक्ष प्रेमिका शाहीको अध्यक्षता भएको कार्यक्रममा केन्द्रीय सदस्य अव्दुल हुसेन खाँले पाटि पुर्नगठनका बरेमा आफ्ना धारणा राखेका थिए। प्रदेश सदस्य केश कुमारी भुषाल, रामकृष्ण विक, जिल्ला कमिटी सदस्य, तेजप्रसाद अधिकारी, यूवासंघ बाँके इन्चार्ज कुश्माखर बस्याल, कोहलपुर नगर सचिव शंकर खड्का लगायको उपस्थित रहेको थियो ।कार्यक्रमको संचालन जिल्ला सदस्य लोकनाथ शर्माले गरेका थिए ।

Nabintech