१३ बैशाख २०८१, बिहीबार
कमैयाडाँडाको नवनिर्मित आधारभुत स्वास्थ्य सेवा केन्द्र भवनको उद्घाटन


राप्तीसोनारी(बाके)/आधारभुत स्वास्थ्य सेवा केन्द्र राप्तीसोनारी ६ कमैयाडाँडाको नवनिर्मित भवन उद्घाटन गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथी लुम्बिनी प्रदेश सभा सदस्य कृष्णा केसी एवम् राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले संयुक्त रुपमा भवन उद्घाटन गर्नु भएको हो ।

राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष जनकबहादुर थारुको सभापतित्वमा सम्पन्न भवन उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष लाहुराम थारु, प्रहरी चौकी फत्तेपुर ९ख० का इन्चार्ज यज्ञबहादुर खत्री, वडा सदस्य कुलबहादुर थारु, पशु शाखा गाउपालिकाका प्राविधिक रुपबहादुर थारुलगायतले मन्तब्य दिनु भएको थियो । लुम्बिनी प्रदेश सभा सदस्य कृष्णा केसी नमुनाले प्रदेश सरकार पनि नागरिकको स्वास्थ्यप्रति संबेदनसिल रहेको बताउनुभयो । उहाँले भन्नुभयो, यो क्षेत्र बाढीबाट प्रभावित हुने गर्छ, त्यस्तो अवस्था आएमा आधारभूत स्वास्थ्य सेवाबाट बन्चित हुनुपर्ने छैन ।गरिब, कोरोनाबाट प्रभावित, दीर्घ रोगी नागरिकका लागि केन्द्र सरकारले विशेष राहतको व्यवस्था गरेको छ । यसबाट धेरै बिपन्न परिवारलाई लाभ पुग्नेछ ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष थारुले सरकारले तोकेका सबै औषधी अपुग भएमा गाउपालिकाको स्वास्थ्य शाखामा तत्काल खबर गर्न आग्रह गर्नुभएको छ । साथै अब यस क्षेत्रका नागरिकलाई सामान्य उपचारका लागि नेपालगन्ज पुग्नुपर्ने अवस्थाको अन्त्य भएको बताउनुभएयो ।

उहाँले ३३ लाख २७ हजार लागतमा भवन निर्माण भएको जानकारी दिँदै स्वास्थ्य सेवालाई सहज र सर्वसुलभ बनाउन गाउपालिका प्रतिबद्ध रहेको पनि बताउनुभयो ।

त्यस्तै उहाँले यहि भवनबाट २४ सै घण्टा प्रसुति सेवा पाउने भन्दै अब सुत्केरी हुन नपाएर कोही महिलाको अकालमा मृत्यु नहुने जिकिर गर्नुभयो । कार्यक्रमको समापन कार्यक्रमका अध्यक्ष एवम् राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष जनकबहादुर थारुले गरेका थिए भने कार्यक्रमको संचालन आधारभूत स्वास्थ्य सेवा केन्द्रका इन्चार्ज नियामत साईले गरेका थिए ।

Nabintech