६ बैशाख २०८१, बिहीबार
राप्तीसोनारीमा आगलागी हुँदा ७ लाख बराबरको क्षेती


राप्तीसोनारी(बाके)/राप्ती सोनारी ५ जुरपानीमा आज आगलागी हुँदा ७ लाख बराबरको नोक्सान भएको छ । करिव दिउँसो ३ बजेतिर आगलागि हुँदा २ वटा घर र ३ वटा गोठ पुर्ण रुपमा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय धामपुरले जनाएको छ । प्रहरीको अनुसार स्थानीय निखिल थारुको गोठबाट सल्कीएको आगो गरिवलाल थारुको घर गोठ, गजराज थारुको घर र सोनुलाल थारुको गोठ जलेर पुर्ण रुपमा नष्ट भएको हो । प्रहरी , स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको थियोे । बच्चाहरु खेल्ने क्रममा आगलागी भएको बुझीएको छ ।

Nabintech